कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख किरण सिंह शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। उनी चढेर हिँडेको मोटरसाइकल गोरुसिङ्गे जंगलमा भेटिए पनि सिंहको अवस्था अझै अज्ञात रहेको छ।
सिंह सम्पर्कविहीन भएपछि शुक्रबार रातिदेखि नै प्रहरीले स्थानीय बासिन्दा र आफन्तको सहयोगमा खोजी थालेको थियो। राति करिब डेढ बजेसम्म विभिन्न क्षेत्रमा खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेपछि शनिबार बिहानदेखि खोजीलाई थप तीव्र पारिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको टोलीले शनिबार बिहानैदेखि गोरुसिङ्गे जंगल तथा आसपासका क्षेत्रमा खोजी गरिरहेको छ। प्रहरीले सम्भावित स्थानहरूमा पैदल खोजी गर्नुका साथै स्थानीय बासिन्दा र आफन्तसँग समन्वय गरेर खोजी अभियान अघि बढाएको जनाएको छ।
शुक्रबार राति ढेकहरी क्षेत्र आसपास पनि ठूलो संख्यामा प्रहरी, स्थानीय बासिन्दा र आफन्त परिचालन गरेर खोजी गरिएको थियो। तर लामो समयसम्म खोजी गर्दा पनि सिंह फेला परेका छैनन्।
प्रहरीका अनुसार सिंहको मोटरसाइकल भने जंगल क्षेत्रमा फेला परेको हो। मोटरसाइकल जंगलमा भेटिएपछि उनको अवस्था र उनी त्यहाँ कसरी पुगे भन्ने विषय थप रहस्यमय बनेको छ।
पूर्वनगरप्रमुख सिंह ढेकहरी क्षेत्रमा व्यावसायिक कृषि फार्म सञ्चालन गर्ने तयारीमा रहेको र त्यस सिलसिलामा यसअघि पनि पटक–पटक उक्त क्षेत्रमा जाने गरेको बताइएको छ।
उनको खोजीका लागि प्रहरी टोलीसँगै स्थानीय बासिन्दा र आफन्तसमेत परिचालित छन्। प्रहरीले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान अघि बढाउँदै सिंहको खोजी जारी राखेको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २३ गते, २०८३ - ०९:०१
काठमाडौँ । मध्यपूर्वमा सैन्य तनाव चर्किरहेका बेला साउदी अरब, पाकिस्तान र टर्कीले सुरक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने गरी ‘मक्का संयुक्त रक्षा सम...
श्रावण २३ गते, २०८३ - ०८:५४
५ दिनभित्र ग्यास समस्या हट्ने दाबी
श्रावण २३ गते, २०८३ - ०८:४९
काठमाडौँ । सुनसरीको देवानगन्जदेखि सिरहाको गोलबजारसम्म सुरक्षा निकायको गोली प्रहारबाट नागरिकको ज्यान गएको घटनाले राज्यको बल प्रयोग र सुरक्षा संयन्त्रको...
श्रावण २३ गते, २०८३ - ०८:४३
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् संरचना सुधार तथा मर्मतसम्भारका लागि काठमाडौँका विभिन्न क्षेत्रमा दुई दिन विद्युत् आपूर्ति बन्द गर्ने भए...
श्रावण २३ गते, २०८३ - ०८:३७
काठमाडौँ । प्रतीक्षित नेपाली चलचित्र ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित कार्यक्रमबीच चलचित्रको १ मिनेट ५१ से...
श्रावण २३ गते, २०८३ - ०८:२८
काठमाडौँ । घर निर्माणको तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले नक्सा डिजाइन तथा इन्जिनियरिङ सेवामा ३३ प्रतिशत छ...
श्रावण २३ गते, २०८३ - ०८:२४
काठमाडौँ । नेपाल टेलिकमले दूरसञ्चार सेवा प्रयोग गरेबापतको बक्यौता महसुल भुक्तानी गर्न बाँकी ग्राहकलाई जरिवानामा छुट दिने भएको छ। कम्पनीले सार्वजनिक...
श्रावण २३ गते, २०८३ - ०८:१३
काठमाडौँ । नेपाली टेलिभिजनमा ‘हर्के हल्दार’का रूपमा लोकप्रिय बनेका कलाकार विष्णु सापकोटा फेरि टेलिभिजन पर्दामा देखिने भएका छन्। लामो समय नियमित कार्यक...
श्रावण २३ गते, २०८३ - ०८:०२
कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख किरण सिंह शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। उनी चढेर हिँडेको मोटरसाइकल गोरुसिङ्गे जंगलमा भेटि...
श्रावण २३ गते, २०८३ - ०७:५७
काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज पनि देशका अधिकांश भूभागमा वर्षाको सम्भ...



प्रतिकृया लेख्नुहोस्: