काठमाडौँ । नेपाली टेलिभिजनमा ‘हर्के हल्दार’का रूपमा लोकप्रिय बनेका कलाकार विष्णु सापकोटा फेरि टेलिभिजन पर्दामा देखिने भएका छन्। लामो समय नियमित कार्यक्रमबाट टाढा रहेका सापकोटा हास्य कार्यक्रम ‘कमेडी बाज’मार्फत पुनः दर्शकमाझ फर्किन लागेका हुन्।
आफ्नो लोकप्रिय पात्र ‘हर्के हल्दार’कै परिचित हुलियामा सापकोटाले अब हरेक साता हास्य प्रस्तुति दिनेछन्। हरेक आइतबार राति ८ बजे इमेज टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘कमेडी बाज’मा उनी नियमित प्रस्तोता नभई विशेष हास्य प्रस्तोता अर्थात् कलाकारका रूपमा देखिनेछन्।
आगामी आइतबार प्रसारण हुने नयाँ भागबाटै सापकोटाको प्रस्तुति सुरु हुनेछ। उक्त भागमा सुशील नेपाल, प्रताप दास, सिडी विजय अधिकारी र श्याम राना अतिथिका रूपमा सहभागी भएका छन्।
कार्यक्रमका निर्माता, निर्देशक तथा सञ्चालक सुन्दर खनालले दर्शकले लामो समयदेखि रुचाउँदै आएको ‘हर्के हल्दार’ पात्रलाई पुनः पर्दामा ल्याउने उद्देश्यले सापकोटालाई कार्यक्रममा जोडिएको बताए।
‘हर्के हल्दार दर्शकले निकै मन पराएको पात्र हो। त्यसैले दाइलाई आग्रह गरेर कमेडी बाजमा ल्याएका हौँ। उहाँको प्रस्तुतिबाट दर्शकले भरपूर मनोरञ्जन लिनुहुनेछ भन्ने विश्वास छ,’ खनालले भने।
सापकोटा लामो समयदेखि ‘हर्के हल्दार’ हास्य टेलिशृंखलासँग जोडिएका थिए। तर पछिल्लो करिब चार वर्षदेखि उनी उक्त टेलिशृंखलाबाट अलग छन्। टेलिशृंखला भने अझै प्रसारणमा रहेको छ।
टेलिभिजनबाट केही समय टाढा रहेका सापकोटाको पुनरागमनलाई उनका पुराना दर्शकले चासोका साथ हेर्ने अपेक्षा गरिएको छ। विशेषगरी ‘हर्के हल्दार’कै पहिचानमा पुनः पर्दामा आउन लागेकाले उनको प्रस्तुति कार्यक्रमको आकर्षण बन्ने देखिएको छ।
यसैबीच ‘कमेडी बाज’को प्रस्तुतिको ढाँचामा समेत परिवर्तन गरिएको निर्माण पक्षले जनाएको छ। यसअघि हास्य प्रतिस्पर्धामार्फत अघि बढाइएको कार्यक्रममा अब त्यस्तो प्रतिस्पर्धात्मक शैलीलाई निरन्तरता नदिई मनोरञ्जनात्मक प्रस्तुति र अन्य नयाँ सामग्री थपिनेछन्।
कार्यक्रममा सुन्दर खनालसँगै आरती थापा प्रस्तोताका रूपमा छन्। विकास धमला सहायक निर्देशकका रूपमा जोडिएका छन् भने कार्यक्रमको लेखन सुन्दर खनाल र सन्देश देवकोटाले गरिरहेका छन्। अमृत सुनुवारको टोलीले कार्यक्रमको छायांकन गर्दै आएको छ।
‘हर्के हल्दार’का रूपमा लामो समय दर्शकमाझ छुट्टै पहिचान बनाएका विष्णु सापकोटाको पुनरागमनले ‘कमेडी बाज’लाई थप रोचक बनाउने अपेक्षा निर्माण पक्षको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २३ गते, २०८३ - ०९:०१
काठमाडौँ । मध्यपूर्वमा सैन्य तनाव चर्किरहेका बेला साउदी अरब, पाकिस्तान र टर्कीले सुरक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने गरी ‘मक्का संयुक्त रक्षा सम...
श्रावण २३ गते, २०८३ - ०८:५४
५ दिनभित्र ग्यास समस्या हट्ने दाबी
श्रावण २३ गते, २०८३ - ०८:४९
काठमाडौँ । सुनसरीको देवानगन्जदेखि सिरहाको गोलबजारसम्म सुरक्षा निकायको गोली प्रहारबाट नागरिकको ज्यान गएको घटनाले राज्यको बल प्रयोग र सुरक्षा संयन्त्रको...
श्रावण २३ गते, २०८३ - ०८:४३
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् संरचना सुधार तथा मर्मतसम्भारका लागि काठमाडौँका विभिन्न क्षेत्रमा दुई दिन विद्युत् आपूर्ति बन्द गर्ने भए...
श्रावण २३ गते, २०८३ - ०८:३७
काठमाडौँ । प्रतीक्षित नेपाली चलचित्र ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित कार्यक्रमबीच चलचित्रको १ मिनेट ५१ से...
श्रावण २३ गते, २०८३ - ०८:२८
काठमाडौँ । घर निर्माणको तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले नक्सा डिजाइन तथा इन्जिनियरिङ सेवामा ३३ प्रतिशत छ...
श्रावण २३ गते, २०८३ - ०८:२४
काठमाडौँ । नेपाल टेलिकमले दूरसञ्चार सेवा प्रयोग गरेबापतको बक्यौता महसुल भुक्तानी गर्न बाँकी ग्राहकलाई जरिवानामा छुट दिने भएको छ। कम्पनीले सार्वजनिक...
श्रावण २३ गते, २०८३ - ०८:१३
काठमाडौँ । नेपाली टेलिभिजनमा ‘हर्के हल्दार’का रूपमा लोकप्रिय बनेका कलाकार विष्णु सापकोटा फेरि टेलिभिजन पर्दामा देखिने भएका छन्। लामो समय नियमित कार्यक...
श्रावण २३ गते, २०८३ - ०८:०२
कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख किरण सिंह शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। उनी चढेर हिँडेको मोटरसाइकल गोरुसिङ्गे जंगलमा भेटि...
श्रावण २३ गते, २०८३ - ०७:५७
काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज पनि देशका अधिकांश भूभागमा वर्षाको सम्भ...



प्रतिकृया लेख्नुहोस्: