Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

एमालेबाट चार समूह टाढिएको पोखरेलको स्वीकारोक्ति, ‘पपुलिज्म’ चुनौती बन्दै

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनयता पार्टीसँग जोडिएका चार महत्वपूर्ण समुदाय क्रमश: टाढिँदै गएको बताएका छन्। उनले सहरी मध्यम वर्ग, भूमिहीन तथा सहरी गरिब, नयाँ पुस्ताका युवा र वैदेशिक रोजगारीमा रहेका नेपाली पार्टीबाट टाढिनु एमालेका लागि चुनौती बनेको बताए।

तारकेश्वरमा आयोजित ‘मिसन पार्टी जागरण, २०८३’ तथा संगठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले यी समुदायमा पार्टीप्रतिको आकर्षण कमजोर बन्दै गएको विश्लेषण सुनाए।

उनका अनुसार विशेषगरी २०७९ सालको निर्वाचनपछि राजधानीसहित सहरी क्षेत्रमा रहेको मध्यम वर्ग एमालेबाट टाढिन खोजेको देखिएको छ। त्यस्तै भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासमा रहेका तथा सहरी गरिब समुदायसँग पनि पार्टीको सम्बन्ध कमजोर भएको उनले बताए।

पोखरेलले नयाँ पुस्ताका युवाको सहभागिता एमालेमा घट्दै गएकोप्रति विशेष चिन्ता व्यक्त गरे। अहिले पार्टीका कार्यक्रममा युवाहरूको उपस्थिति फाट्टफुट्ट मात्र देखिने र उनीहरूमा विगतको जस्तो उत्साह नरहेको उनको भनाइ छ।

‘तेस्रो, नवयुवाको सहभागिता हाम्रो आन्दोलनमा क्रमश: घट्दै गयो। अहिले त युवाहरू फाट्टफुट्ट मात्र देखिन्छन्, त्यो पनि उत्साहित ढङ्गले होइन,’ उनले भने।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरू पनि एमालेप्रति नकारात्मक बन्दै गएको पोखरेलले बताए। यी चार समुदाय पार्टीबाट टाढिँदै जाँदा त्यसको राजनीतिक लाभ वैकल्पिक शक्तिका नाममा अघि बढिरहेको ‘पपुलिज्म’ ले लिन खोजिरहेको उनको विश्लेषण छ।

‘नेपालको राजनीतिमा वैकल्पिक शक्तिका नाममा पपुलिज्म अगाडि आउन खोजिरहेको छ,’ पोखरेलले भने।

‘मिसन ग्रासरुट’को प्रभावकारी कार्यान्वयनमा चुनौती

पार्टीबाट टाढिँदै गएका समुदायसँगको सम्बन्ध सुधार गर्न एमालेले विभिन्न अभियान सञ्चालन गरेको पोखरेलले बताए। कमजोरी पहिचान गरेर सुधारका लागि ‘मिसन ग्रासरुट’ लगायतका कार्यक्रम अघि बढाइएको र पार्टीका तल्लो तहलाई आवश्यक निर्देशनसमेत दिइएको उनले जानकारी दिए।

युवालाई पार्टीसँग पुन: जोड्न विशेष योजना बनाइएको उनको भनाइ छ। ‘मिसन ग्रासरुट’ अन्तर्गत प्रत्येक वडामा १० जना युवा पहिचान गरी उनीहरूलाई नेतृत्व विकाससम्बन्धी तालिम दिने र पार्टीको काममा जोड्ने निर्देशन दिइएको पोखरेलले बताए।

तर, उक्त योजना अपेक्षित रूपमा कार्यान्वयन हुन नसकेको उनले स्वीकार गरे। वडास्तरमा युवा पहिचान र प्रशिक्षणको काम व्यापक रूपमा अघि बढ्न नसकेपछि स्थानीय तहअनुसार १०० देखि २५० जनासम्म युवा भेला गराएर प्रशिक्षण दिने अर्को योजना बनाइएको उनले बताए।

तर उक्त योजना पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको पोखरेलको भनाइ छ।

पार्टी केन्द्रले जारी गरेका निर्देशन तल्लो तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्नु अहिलेको प्रमुख चुनौतीमध्ये एक रहेको उनले बताए। संगठन सुदृढीकरणका लागि केन्द्रले बनाएका योजना व्यवहारमा कार्यान्वयन गर्न स्थानीय तहका पार्टी कमिटीहरू थप सक्रिय हुनुपर्नेमा पोखरेलले जोड दिए।

एमाले महासचिव पोखरेलले पार्टीबाट टाढिएका समुदायसँगको सम्बन्ध पुन: स्थापित गर्दै संगठनलाई नयाँ पुस्तासँग जोड्नु आगामी दिनमा पार्टीका लागि महत्वपूर्ण कार्यभार भएको संकेत गरेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान र संघीयतामाथि आक्रमण भए ‘अग्रगामी मोर्चा’ले प्रतिवाद गर्ने परियारको चेतावनी

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय समिति अध्यक्ष सन्तोष परियारले संघीयता, गणतन्त्र, समावेशिता र सामाजिक न्यायजस्ता राजनीतिक उपलब्धिम...

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु

नयाँदिल्ली। उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशमा शनिबार एउटा निजी बस सडकबाट चिप्लिएर दुर्घटना हँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै र अन्य दश जना ...

एमालेबाट चार समूह टाढिएको पोखरेलको स्वीकारोक्ति, ‘पपुलिज्म’ चुनौती बन्दै

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनयता पार्टीसँग जोडिएका चार महत्वपूर्ण समुदाय क्रमश: टाढिँदै गएको बताएका छन्। उनले सहर...

देउवा नेपाल फर्किने मिति परिवर्तन

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किने मिति परिवर्तन भएको छ। कांग्रेस नेता मीन विश्वकर्माका अनुसार देउवा अब साउन ...

काम गर्ने कार्यकर्तालाई राप्रपामा अवसर, निष्क्रियलाई विदाइ गर्ने लिङ्देनको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र जिम्मेवारी लिएर सक्रिय रूपमा काम गर्ने कार्यकर्तालाई अवसर...

पूर्व नगर प्रमुख सिंह सम्पर्कविहीन

कपिलबस्तु। सम्पर्कविहीन भएका कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंहको खोजी कार्य शनिबार बिहानदेखि पुन: सुरु गरिएको छ । शुक्रबार राति २ बजेसम...

आठदलीय अग्रगामी मोर्चाको अवधारणापत्र सार्वजनिक, जनार्दन शर्माले भने– ‘देश सङ्कटपूर्ण अवस्थामा छ’

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले मुलुक गम्भीर सङ्कटको अवस्थाबाट गुज्रिरहेको भन्दै राजनीतिक शक्तिहरूबीचको सहकार्यका लागि...

दैलेखमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पञ्चकोशी दैलेख। दैलेखमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको च्यापिएर चालकको मृत्यु भएको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका–२, तल्लो डुङ्गेश्वर...

सुनसरीमा ४ क्विन्टल १८ किलो गाँजासहित ४ जना पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन् । बराहक्षेत्रबाट चतरातर्फ आउँदै गर...

धरानमा ग्यास अभाव भएपछि डिलरको अनुगमन

धरान। धरानमा खाना पकाउने ग्यासको अभाव देखिएपछि धरान उपमहानगरपालिकाले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको छ । शनिबार धरान उपमहानगरपालिकाका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending