Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

देउवा नेपाल फर्किने मिति परिवर्तन

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किने मिति परिवर्तन भएको छ। कांग्रेस नेता मीन विश्वकर्माका अनुसार देउवा अब साउन २८ गते दिउँसो १२ बजे नेपाल आइपुग्ने भएका छन्।

यसअघि कांग्रेसका निवर्तमान प्रवक्ता डा। प्रकाशशरण महतले देउवा साउन २६ गते राति स्वदेश फर्किने जानकारी दिएका थिए। तर, उनको स्वदेश फिर्तीको समय परिवर्तन भएको विश्वकर्माले बताएका हुन्।

उपचारका लागि गत फागुन १३ गते नेपालबाट सिंगापुर गएका देउवाले त्यहाँ स्वास्थ्य परीक्षण तथा उपचार गराएका थिए। सिंगापुरको उपचारपछि उनी ७ चैत २०८२ मा हङकङ पुगेका थिए।

देउवा स्वदेश फर्किएपछि नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम रहेको छ।

संस्थापन इतर समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा भेला आयोजक समितिका संयोजक डा। शशांक कोइरालाले साउन २९ गतेदेखि काठमाडौंमा सुरु हुने राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने जानकारी दिएका थिए।

यसबीच देउवा नेपाल फर्किने तयारीमा रहेका बेला उनीविरुद्ध कुनै कानुनी मुद्दा वा पक्राउ पुर्जी भए–नभएको विषयमा प्रहरीले रेकर्ड अध्ययन गरिरहेको जनाएको छ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता अविनारायण काफ्लेले देउवाविरुद्ध मुद्दा वा पक्राउ पुर्जी रहे–नरहेको विषयमा रेकर्ड हेर्ने काम भइरहेको बताए।

सञ्चारकर्मीहरूले देउवा स्वदेश फर्किएपछि उनलाई पक्राउ गर्ने वा अनुसन्धानको दायरामा ल्याउने कुनै आधार छ कि छैन भनेर प्रश्न गरेका थिए। जवाफमा प्रवक्ता काफ्लेले आवश्यकताअनुसार प्रक्रिया अघि बढाइने बताए।

‘हामीले यसबारे रेकर्डहरू हेरिरहेका छौँ। के छ, हेरेर आवश्यकताअनुसार कारबाही प्रक्रिया अघि बढाउँछौँ,’ उनले भने।

देउवाको स्वदेश फिर्तीको मिति तय भएसँगै कांग्रेसभित्रको संस्थापन इतर समूहको राष्ट्रिय भेला र प्रहरीको भनाइका कारण उनको नेपाल आगमन थप चासोको विषय बनेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान र संघीयतामाथि आक्रमण भए ‘अग्रगामी मोर्चा’ले प्रतिवाद गर्ने परियारको चेतावनी

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय समिति अध्यक्ष सन्तोष परियारले संघीयता, गणतन्त्र, समावेशिता र सामाजिक न्यायजस्ता राजनीतिक उपलब्धिम...

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु

नयाँदिल्ली। उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशमा शनिबार एउटा निजी बस सडकबाट चिप्लिएर दुर्घटना हँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै र अन्य दश जना ...

एमालेबाट चार समूह टाढिएको पोखरेलको स्वीकारोक्ति, ‘पपुलिज्म’ चुनौती बन्दै

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनयता पार्टीसँग जोडिएका चार महत्वपूर्ण समुदाय क्रमश: टाढिँदै गएको बताएका छन्। उनले सहर...

देउवा नेपाल फर्किने मिति परिवर्तन

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किने मिति परिवर्तन भएको छ। कांग्रेस नेता मीन विश्वकर्माका अनुसार देउवा अब साउन ...

काम गर्ने कार्यकर्तालाई राप्रपामा अवसर, निष्क्रियलाई विदाइ गर्ने लिङ्देनको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र जिम्मेवारी लिएर सक्रिय रूपमा काम गर्ने कार्यकर्तालाई अवसर...

पूर्व नगर प्रमुख सिंह सम्पर्कविहीन

कपिलबस्तु। सम्पर्कविहीन भएका कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंहको खोजी कार्य शनिबार बिहानदेखि पुन: सुरु गरिएको छ । शुक्रबार राति २ बजेसम...

आठदलीय अग्रगामी मोर्चाको अवधारणापत्र सार्वजनिक, जनार्दन शर्माले भने– ‘देश सङ्कटपूर्ण अवस्थामा छ’

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले मुलुक गम्भीर सङ्कटको अवस्थाबाट गुज्रिरहेको भन्दै राजनीतिक शक्तिहरूबीचको सहकार्यका लागि...

दैलेखमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पञ्चकोशी दैलेख। दैलेखमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको च्यापिएर चालकको मृत्यु भएको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका–२, तल्लो डुङ्गेश्वर...

सुनसरीमा ४ क्विन्टल १८ किलो गाँजासहित ४ जना पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन् । बराहक्षेत्रबाट चतरातर्फ आउँदै गर...

धरानमा ग्यास अभाव भएपछि डिलरको अनुगमन

धरान। धरानमा खाना पकाउने ग्यासको अभाव देखिएपछि धरान उपमहानगरपालिकाले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको छ । शनिबार धरान उपमहानगरपालिकाका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending