Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

महाधिवेशन नभए सम्पूर्ण दोष सभापतिले लिनुपर्छ : केसी

जगदीश नरसिंह केसी

जसले फर्म लग्यो त्यसैले भर्‍यो पठायो । यस्तो तरिकाले पार्टी चल्छ ? सबैले विधान, विधि, केन्द्रीय समितिको निर्देशन र निर्देशिकालाई पूर्णरुपले पालना गर्ने गराउने हो भने विवाद कतै पनि छैन ।

नेपाली कांग्रेसले वैधानिकता पाउन अबको एक महिनाभित्र महाधिवेशन गर्नैपर्ने बाध्यता छ । कोरोना महामारीका कारण मुलुकमा विषम परिस्थिति उत्पन्‍न भएकोले त्यो सम्भव छैन ।  यो सबै दोष नेतृत्वको हो । अझै पनि नेतृत्वले चाहे तोकेको दिन अधिवेशन गर्न हामी तयार छौं । अधिवेशन कोभिड-१९, भूकम्प र बाढीपहिरोले रोकिएको होइन । गर्न नचाहेको हो । विधान अनुसार चार वर्ष कार्यकाल सकिएपछि आफुले १४ औँ महाधिवेशन गर्नुपर्छ भन्‍ने नेतृत्वलाई थाहा छैन ? सभापतिले अधिवेशन नगरेर लम्ब्याउन खोज्‍नुभयो । यसअघिका सभापतिले ५ वर्ष चलाए मैले किन चलाउन नहुने भन्‍ने गलत सोच नेतृत्वमा हावी भएकोले हामी अप्ठ्यारोमा फसेका छौँ । सम्पूर्ण अधिवेशन नगर्नुमा केन्द्रीय नेतृत्वले  दोष लिनुपर्छ ।  

पार्टी नेतृत्वको कारण कांग्रेसबारे बाहिर राम्रो म्यासेज गएको छैन । सम्पूर्ण क्रियाशिल सदस्यहरू १४ औँ महाधिवेशनको प्रतिक्षामा छन् । सबै जना निर्धारित मितिमा सक्नुपर्छ भन्‍ने कुरा स्वभाविकरुपमा लागेका छन् । नेतृत्व अहिले पनि अधिवेशन गर्ने पक्षमा देखिँदैन । नेपाली कांग्रेस जस्तो ऐतिहासिक पार्टी जसले लोकतान्त्रिक मूल्य, मान्यता, स्थायीत्व, विधि र कानूनी शासनका लागि ७० वर्ष लड्यो । आज उसकै वैधानिकतामाथि प्रश्न उठ्न थालेको छ । अन्य पार्टीमाथि विधिको शासन भएन भनेर प्रश्न उठाउनेले आफ्नो पार्टीभित्र विधि र कानूनी शासन चाहिने कि नचाहिने ? यस्तै रवैयाले अन्य पार्टीले अलोकतान्त्रिक काम गर्‍यो भनेर कुन मुखले आवाज उठाउने ? नेतृत्वको गलत कामले समयमै अधिवेशन हुन सकेको छैन । समयमै अधिवेशन हुन सकेन, नेपाली कांग्रेस जस्तो पार्टीमा वैधानिक संकट आयो भने यसको सम्पूर्ण दोष सभापतिलगायत पदाधिकारीले लिनुपर्छ । 

विधान अनुसार विभागको अधिकतम संख्या ५१ हो । अहिले कांग्रेसका विभागहरू ७७ सय नियुक्ति भइसक्यो । हरेक जिल्लामा मुठाका मुठा हस्ताक्षर गरेको प्रमाण पठाउने । आफ्नो अनुकुल मानिसलाई जहाँ भेट्यो त्यहि लेखेर दिने काम भयो । त्यसको अर्थ पार्टी कब्जा गर्ने कुनियत हो ।

नेपाली कांग्रेसको विधान, निमावली र निर्देशीकाले स्पष्टसँग साधारण सदस्य लिएकाले एक वर्षमा क्रियाशिल सदस्य लिने भनेको छ । क्रियाशिल सदस्य केन्द्रबाट जिल्ला सभापति हुँदै क्षेत्र, प्रदेश, नगरपालिका गाउँपालिका, वडा सभापतिलाई दिने हो । वडा सभापतिले कार्यसमितको बैठक बसाल्ने र त्यहाँ क्रियाशिल सदस्यको आवेदन माग गर्ने हो । आवेदन प्राप्त भएका सबैलाई सके दिने नसके वडा समितिको बैठकले आवेदन दिएका मध्ये वरिष्ठता, लामो समय पार्टी निर्माणमा लागेका, पार्टीको विभिन्‍न कार्यक्रमा सहभागिता भएको आधारमा क्रियाशिल दिने हो । तर, यी कुनै काम भएको छैन । वडा कार्यसमितिले कतिपय ठाउँमा कार्यसमितिको बैठक नै नबसी फर्म भर्ने काम भएको छ ।

तराईमा कतिपय वडा सभापतिले क्रियाशिल सदस्य वितरण गरेको नै थाहा पाएनन् । जसले फर्म लग्यो त्यसैले भर्‍यो पठायो । यस्तो तरिकाले पार्टी चल्छ ? सबैले विधान, विधि, केन्द्रीय समितिको निर्देशन र निर्देशिकालाई पूर्णरुपले पालना गर्ने गराउने हो भने विवाद कतै पनि छैन । यहाँ बलजफति पावर, पहुँचका आधारमा आफ्नो बनाउन खोज्दा तराईको सबै जिल्लाहरूमा विवाद छ । यो सबै अधिवेशन र पार्टी कब्जा गर्ने षड्यन्त्रका कारण क्रियाशिल सदस्य विवाद भएको हो । महाधिवेशन आफुलाई अनुकुल नभएको कारणले नेतृत्वले गर्न चाहेन । एक महिनामा वडादेखि केन्द्रसम्म आठ तहको अधिवेशन सम्पन्‍न गर्नुपर्छ । यो गर्न धेरै कठिन छ । 

अझै यसको विकल्पको रुपमा एक वर्षका लागि विशेष महाधिवेशन गर्न सकिन्छ । १३ औँ महाधिवेशनको प्रतिनिधिबाट संघ र प्रदेशको अधिवेशन सम्पन्‍न गर्ने एउटा उपाय छ । किनकी निर्वाचन आयोग र नेपालको संविधानले नेपाली कांग्रेसको स्थानीय तहको अधिवेशन चिन्दैन । उसले चिन्‍ने भनेको प्रदेश र संघको निर्वाचन मात्र हो । एक महिनाभित्र संघ र प्रदेशको विशेष अधिवेशन गरौँ । त्यसपछि एक वर्षभित्रमा वडादेखि केन्द्रीय समितिको अधिवेशन गरौँ । यो बाहेक कांग्रेसको वैधानिकता जोगाउन अन्य विकल्प छैन । (केसी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोट जिल्ला सभापति हुन्)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपूर्वमा नयाँ शक्ति समीकरणको संकेतः साउदी, पाकिस्तान र टर्कीबीच ‘मक्का संयुक्त रक्षा सम्झौता’

काठमाडौँ । मध्यपूर्वमा सैन्य तनाव चर्किरहेका बेला साउदी अरब, पाकिस्तान र टर्कीले सुरक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने गरी ‘मक्का संयुक्त रक्षा सम...

खाली सिलिन्डर बोकेर लाइनमा नबस्न आयल निगमका प्रमुख साहको आग्रह

५ दिनभित्र ग्यास समस्या हट्ने दाबी

सुनसरीदेखि सिरहासम्म गोली चल्दा जेनजीको प्रश्न– नागरिकमाथि राज्यको बल किन ?

काठमाडौँ । सुनसरीको देवानगन्जदेखि सिरहाको गोलबजारसम्म सुरक्षा निकायको गोली प्रहारबाट नागरिकको ज्यान गएको घटनाले राज्यको बल प्रयोग र सुरक्षा संयन्त्रको...

काठमाडौँका यी क्षेत्रमा आज र भोलि बत्ती जाने, कुन ठाउँमा कति बजे?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् संरचना सुधार तथा मर्मतसम्भारका लागि काठमाडौँका विभिन्न क्षेत्रमा दुई दिन विद्युत् आपूर्ति बन्द गर्ने भए...

‘झिँगेदाउ २’ को टिजर सार्वजनिक, देउरानी–जेठानीको झगडामा थपियो नयाँ ट्विस्ट

काठमाडौँ । प्रतीक्षित नेपाली चलचित्र ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित कार्यक्रमबीच चलचित्रको १ मिनेट ५१ से...

घरको नक्सा डिजाइनमा देभको इन्जिनियरिङको ३३ प्रतिशत छुट

काठमाडौँ । घर निर्माणको तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले नक्सा डिजाइन तथा इन्जिनियरिङ सेवामा ३३ प्रतिशत छ...

बक्यौता महसुल तिर्ने ग्राहकलाई नेपाल टेलिकमको जरिवाना छुट

काठमाडौँ । नेपाल टेलिकमले दूरसञ्चार सेवा प्रयोग गरेबापतको बक्यौता महसुल भुक्तानी गर्न बाँकी ग्राहकलाई जरिवानामा छुट दिने भएको छ। कम्पनीले सार्वजनिक...

टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’, अब हरेक साता कमेडी बाजमा देखिँदै

काठमाडौँ । नेपाली टेलिभिजनमा ‘हर्के हल्दार’का रूपमा लोकप्रिय बनेका कलाकार विष्णु सापकोटा फेरि टेलिभिजन पर्दामा देखिने भएका छन्। लामो समय नियमित कार्यक...

कपिलवस्तुका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन, जंगलमा भेटियो मोटरसाइकल

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख किरण सिंह शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। उनी चढेर हिँडेको मोटरसाइकल गोरुसिङ्गे जंगलमा भेटि...

आज देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज पनि देशका अधिकांश भूभागमा वर्षाको सम्भ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending