Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

महाधिवेशन नभए सम्पूर्ण दोष सभापतिले लिनुपर्छ : केसी

जगदीश नरसिंह केसी

जसले फर्म लग्यो त्यसैले भर्‍यो पठायो । यस्तो तरिकाले पार्टी चल्छ ? सबैले विधान, विधि, केन्द्रीय समितिको निर्देशन र निर्देशिकालाई पूर्णरुपले पालना गर्ने गराउने हो भने विवाद कतै पनि छैन ।

नेपाली कांग्रेसले वैधानिकता पाउन अबको एक महिनाभित्र महाधिवेशन गर्नैपर्ने बाध्यता छ । कोरोना महामारीका कारण मुलुकमा विषम परिस्थिति उत्पन्‍न भएकोले त्यो सम्भव छैन ।  यो सबै दोष नेतृत्वको हो । अझै पनि नेतृत्वले चाहे तोकेको दिन अधिवेशन गर्न हामी तयार छौं । अधिवेशन कोभिड-१९, भूकम्प र बाढीपहिरोले रोकिएको होइन । गर्न नचाहेको हो । विधान अनुसार चार वर्ष कार्यकाल सकिएपछि आफुले १४ औँ महाधिवेशन गर्नुपर्छ भन्‍ने नेतृत्वलाई थाहा छैन ? सभापतिले अधिवेशन नगरेर लम्ब्याउन खोज्‍नुभयो । यसअघिका सभापतिले ५ वर्ष चलाए मैले किन चलाउन नहुने भन्‍ने गलत सोच नेतृत्वमा हावी भएकोले हामी अप्ठ्यारोमा फसेका छौँ । सम्पूर्ण अधिवेशन नगर्नुमा केन्द्रीय नेतृत्वले  दोष लिनुपर्छ ।  

पार्टी नेतृत्वको कारण कांग्रेसबारे बाहिर राम्रो म्यासेज गएको छैन । सम्पूर्ण क्रियाशिल सदस्यहरू १४ औँ महाधिवेशनको प्रतिक्षामा छन् । सबै जना निर्धारित मितिमा सक्नुपर्छ भन्‍ने कुरा स्वभाविकरुपमा लागेका छन् । नेतृत्व अहिले पनि अधिवेशन गर्ने पक्षमा देखिँदैन । नेपाली कांग्रेस जस्तो ऐतिहासिक पार्टी जसले लोकतान्त्रिक मूल्य, मान्यता, स्थायीत्व, विधि र कानूनी शासनका लागि ७० वर्ष लड्यो । आज उसकै वैधानिकतामाथि प्रश्न उठ्न थालेको छ । अन्य पार्टीमाथि विधिको शासन भएन भनेर प्रश्न उठाउनेले आफ्नो पार्टीभित्र विधि र कानूनी शासन चाहिने कि नचाहिने ? यस्तै रवैयाले अन्य पार्टीले अलोकतान्त्रिक काम गर्‍यो भनेर कुन मुखले आवाज उठाउने ? नेतृत्वको गलत कामले समयमै अधिवेशन हुन सकेको छैन । समयमै अधिवेशन हुन सकेन, नेपाली कांग्रेस जस्तो पार्टीमा वैधानिक संकट आयो भने यसको सम्पूर्ण दोष सभापतिलगायत पदाधिकारीले लिनुपर्छ । 

विधान अनुसार विभागको अधिकतम संख्या ५१ हो । अहिले कांग्रेसका विभागहरू ७७ सय नियुक्ति भइसक्यो । हरेक जिल्लामा मुठाका मुठा हस्ताक्षर गरेको प्रमाण पठाउने । आफ्नो अनुकुल मानिसलाई जहाँ भेट्यो त्यहि लेखेर दिने काम भयो । त्यसको अर्थ पार्टी कब्जा गर्ने कुनियत हो ।

नेपाली कांग्रेसको विधान, निमावली र निर्देशीकाले स्पष्टसँग साधारण सदस्य लिएकाले एक वर्षमा क्रियाशिल सदस्य लिने भनेको छ । क्रियाशिल सदस्य केन्द्रबाट जिल्ला सभापति हुँदै क्षेत्र, प्रदेश, नगरपालिका गाउँपालिका, वडा सभापतिलाई दिने हो । वडा सभापतिले कार्यसमितको बैठक बसाल्ने र त्यहाँ क्रियाशिल सदस्यको आवेदन माग गर्ने हो । आवेदन प्राप्त भएका सबैलाई सके दिने नसके वडा समितिको बैठकले आवेदन दिएका मध्ये वरिष्ठता, लामो समय पार्टी निर्माणमा लागेका, पार्टीको विभिन्‍न कार्यक्रमा सहभागिता भएको आधारमा क्रियाशिल दिने हो । तर, यी कुनै काम भएको छैन । वडा कार्यसमितिले कतिपय ठाउँमा कार्यसमितिको बैठक नै नबसी फर्म भर्ने काम भएको छ ।

तराईमा कतिपय वडा सभापतिले क्रियाशिल सदस्य वितरण गरेको नै थाहा पाएनन् । जसले फर्म लग्यो त्यसैले भर्‍यो पठायो । यस्तो तरिकाले पार्टी चल्छ ? सबैले विधान, विधि, केन्द्रीय समितिको निर्देशन र निर्देशिकालाई पूर्णरुपले पालना गर्ने गराउने हो भने विवाद कतै पनि छैन । यहाँ बलजफति पावर, पहुँचका आधारमा आफ्नो बनाउन खोज्दा तराईको सबै जिल्लाहरूमा विवाद छ । यो सबै अधिवेशन र पार्टी कब्जा गर्ने षड्यन्त्रका कारण क्रियाशिल सदस्य विवाद भएको हो । महाधिवेशन आफुलाई अनुकुल नभएको कारणले नेतृत्वले गर्न चाहेन । एक महिनामा वडादेखि केन्द्रसम्म आठ तहको अधिवेशन सम्पन्‍न गर्नुपर्छ । यो गर्न धेरै कठिन छ । 

अझै यसको विकल्पको रुपमा एक वर्षका लागि विशेष महाधिवेशन गर्न सकिन्छ । १३ औँ महाधिवेशनको प्रतिनिधिबाट संघ र प्रदेशको अधिवेशन सम्पन्‍न गर्ने एउटा उपाय छ । किनकी निर्वाचन आयोग र नेपालको संविधानले नेपाली कांग्रेसको स्थानीय तहको अधिवेशन चिन्दैन । उसले चिन्‍ने भनेको प्रदेश र संघको निर्वाचन मात्र हो । एक महिनाभित्र संघ र प्रदेशको विशेष अधिवेशन गरौँ । त्यसपछि एक वर्षभित्रमा वडादेखि केन्द्रीय समितिको अधिवेशन गरौँ । यो बाहेक कांग्रेसको वैधानिकता जोगाउन अन्य विकल्प छैन । (केसी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोट जिल्ला सभापति हुन्)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending