Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

मनाङमा लगियो हेलिकप्टरबाट खोप

खबरडबली संवाददाता

मनाङ । कोरोना भाइरस विरुद्धको खोप हेलिकप्टरबाट ल्याइएको छ । जिल्ला स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार नासो गाउँपालिकाका नागरिकलाई लगाउन लगिएको खोप बाढीपहिरोको चपेटामा परेपछि हेलिकप्टरबाट ल्याइएको हो ।

खोप नासो गाउँपालिका वडा नम्बर ४ स्थित अस्थायी स्वास्थ्य चौकीमा सुरिक्षत तरिकाले राखिएको स्वास्थ्य प्रमुख आचार्यले बताए ।

बाढीपहिरोमा परेपछि नासोका नागरिक कोरोना भाइरस विरुद्धको खोप लगाउनबाट बञ्चित भएका छन् । खोप लगाउने भनिएको दिन नै अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीपहिरोले नासो क्षेत्र डुवानमा परेको हो । 

मनाङमा ६ हजार नागरिकलाई पहिलो र दोस्रो चरणमा एक हजार नौ सयले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएका छ । अझै तीन हजार तीन सय जनालाई खोप लगाउन बाँकी रहेको स्वास्थ्य प्रमुख आचार्यले बताए । जिल्लाको चामे गाउँपालिकामा दोस्रो चरणको खोप पनि लगाइसकिएको छ ।  

सोमबार नार र फू गाउँमा ७० डोज भेरोसिल र २५ डोज कोभिशिल्ड खोप हेलिकप्टर मार्फत लगिएको स्वास्थ्य प्रमुख आचार्यको भनाइ छ । नार्पाभूमिमा पहिलो चरणमा १ सय ५० डोज खोप लगाइएको थियो । दोस्रो चरणमा १ सय ९० जनालाई खोप लगाइने छ ।

यस्तै जिल्लामा बाढीपहिरो पश्चात् आउनसक्ने विभिन्न खालका महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य कार्यालयले काम अगाडि बढाएको छ । बाढीपहिरो गएपछि जिल्लामा शुद्ध खानेपानीको अभाव देखिएको छ । 

बाढीपहिरोले ठाउँठाउँमा खानेपानीको पाइपहरु बगाएको छ । त्यस कारणले पनि अहिले यहाँका नागरिक आकाशे पानी खाएर बस्न बाध्य भएको स्वास्थ्य प्रमुख आचार्यले बताए । आकाशे पानी खाएर बस्दा स्वास्थ्यमा असर पर्ने भएकाले पानीमा क्लोरिन ट्याब्लेटको माध्यमबाट पानी शुद्धीकरण गरिएको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा पञ्जावले चेन्नईलाई ७ विकेट...

रोशीका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रेपलाञ्चोक । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ ।  उक्त गाउँका १५ परिवारलाई जिल्ला विपद् ...

एक हप्ताभित्रै संसद अधिवेशन बोलाउने सरकारको तयारी

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निरन्तर अवरोध जारी राखेपछि अन्त्य गरिएको संसद अधिवेशन बोलाउने तयारी गरेको छ । बजेट अधिवेशन भनेर चिनिने...

इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

भक्तपुर। चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसास्सिएर बिहीबार दुईजनाको मृत्यु भएको छ ।  भाडाको जग्गा टहरो हा...

सत्तारूढ दलमा असन्तुष्टि बढ्दा गठबन्धन खुकुलाे बन्दै

काठमाडौं। सत्तारूढ गठबन्धन खुकुलो बन्दै गएको छ। सत्तारूढ दलमै रहेका नेताहरूले तीव्र रूपमा असन्तुष्टि पोखिरहेका छन्। गठबन्धन फेरि कतिखेर टुट्ने र नयाँ ...

नेपाल र वेस्ट इन्डिज ए बीचको चौथो खेल आज हुदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको सिरिजको चौथो खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल अपराह्न्न १२: १५ बजेदेखि शुरु हुने छ ।  सिरिजमा अहिले...

तीन प्रदेशका पहाडी क्षेत्रमा हुरीबतासको सम्भावना

काठमाडौं।  हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं ।  आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका  साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने...

जसलाई जसलाइ श्रमिक दिवसले छोएन

बिदा र दिवसले खान लाउन दिँदैन, पेट पाल्न काम नै गर्न पर्याे

विकराल बन्दै वन डढेलोको अवस्था, देशभर १६५ ठाउँमा डढेलो

काठमाडौं  ।  देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । गर्मी बढेसँगै पछिल्लो समय हावाहुरीका कारण देशभर वन डढेलोको अवस्था विकराल बन्दै गईरहेको ह...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies