Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

चुनपहिरोको पहिरो पन्छाइएपछि पृथ्वीराजमार्ग एकातर्फी सञ्चालन, यात्रुहरूलाई उच्च सतर्कता अपनाउन आग्रह

खबरडबली संवाददाता

तनहुँ । लगातारको वर्षापछि खसेको पहिरो हटाइएपछि पृथ्वीराजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी सडकखण्ड एकातर्फी सञ्चालनमा आएको छ।

तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित विमलनगरको चुनपहिरो क्षेत्रमा मंगलबार बिहान करिब ८ बजे पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। नेपाल प्रहरीले पहिरो पन्छाएपछि करिब सवा एक घण्टापछि सडक एकातर्फी सञ्चालनमा आएको हो।

सिद्धगुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठका अनुसार निरन्तर वर्षा भइरहेकाले उक्त क्षेत्रमा थप पहिरो र ढुङ्गा खस्ने जोखिम अझै कायम छ। उनले अत्यावश्यक सावधानी अपनाएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

लगातारको वर्षासँगै तनहुँका नदी किनार र सडकखण्ड जोखिमपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले उच्च सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

प्रशासनद्वारा जारी सूचनामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विभागबाट प्राप्त जानकारीका आधारमा मस्र्याङ्दी, सेती, मादी, त्रिशूली, कालीगण्डकीलगायत साना–ठूला नदी तथा खोला किनारमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन आग्रह गरिएको छ।

यस्तै, राजमार्ग तथा भित्री सडक प्रयोग गर्ने यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले सुरक्षा निकाय, सडकसम्बन्धी कार्यालय तथा स्थानीय तहलाई उच्च सतर्क अवस्थामा राखिएको जानकारी दिँदै नागरिकलाई अनावश्यक आवतजावत नगर्न आग्रह गरेका छन्। कुनै समस्या परे जिल्ला आपत्कालीन सञ्चालन केन्द्र, नेपाल प्रहरी वा सम्बन्धित निकायमा तत्काल सम्पर्क गर्न पनि उनले अनुरोध गरेका छन्।

प्रशासनका अनुसार सोमबार राति आँबुखैरेनी–२ मा खसेको लेदो पहिरो हटाएर सडक सञ्चालनमा ल्याइए पनि आँबुखैरेनी–मुग्लिन सडकखण्डसहित पृथ्वीराजमार्गका विभिन्न स्थानमा वर्षायामभर पहिरो र ढुङ्गा खस्ने जोखिम कायमै रहेकाले यात्राका क्रममा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा बैठकमा चार विधेयक प्रस्तुत हुँदै, दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तर...

विशेष महाधिवेशनले कांग्रेस कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र अहिले फुटको अवस्थामा पुगेको बताएका छन्। आ...

दोलालघाटबाट बेपत्ता ६७ वर्षीया तिलकुमारीको शव सुनकोशीमा भेटियो

काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित सुनकोशी नदीमा फेला ...

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्याल...

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र ...

आगामी निर्वाचनको तयारी थाल्न महामन्त्री आचार्यको आग्रह

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले शनिबार भैरहवामा विभिन्न कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तय...

तुलसीपुरमा एम्बुलेन्स दुर्घटनामा डेढ महिने शिशुको मृत्यु

दाङ। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्...

नेतृत्व फेरे प्रधानमन्त्री नै बन्छु भन्नेले पनि हार्ने परिस्थिति आयो: नेता महत

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने...

हामी कानुनी रूपमा बलिया छौँ, सर्वोच्चको आदेशबाट नडराउन सभापति थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लि...

ठेक्का लागेर पनि रोकियो तटबन्ध : सुस्तावासीको श्रमदानमै छ गाउँको भरोसा

पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending