Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

मोदी खोलाले सडक बगाएपछि घान्द्रुकमा ३०० पर्यटक अलपत्र

खबरडबली संवाददाता

कास्की। मोदी खोलामा आएको बाढीले पक्की सडक बगाएपछि पर्यटकीय गाउँ घान्द्रुक घुम्न पुगेका करिब ३०० जना पर्यटक अलपत्र परेका छन्।

कास्कीको अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमा क्षेत्र स्याउलीबजार नजिक मोदी खोलाले सडक बगाएपछि नयाँपुल–विरेठाँटी–घान्द्रुक सडकखण्डमा यातायात अवरुद्ध भएको छ।

अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला थुनिएर आएको बाढीका कारण उर्लिएको मोदी खोलाले सडक कटान गरेपछि घान्द्रुकसँगको सडक सम्पर्क विच्छेद भएको हो।

सडक अवरुद्ध भए पनि पैदल आवतजावत भने सम्भव रहेको छ। तर, निजी सवारीसाधन लिएर घान्द्रुक पुगेका पर्यटक भने गाउँमै रोकिएका छन्।

घान्द्रुक पर्यटन व्यवसायी समितिका कोषाध्यक्ष कृष्ण गुरुङका अनुसार तीन दिनको बिदा मनाउन घान्द्रुक पुगेका करिब ३०० जना पर्यटक सडक अवरुद्ध भएपछि फर्कन नपाएका हुन्।

“खोलाले सडक बगाएपछि अहिले सवारीसाधन सञ्चालन हुन सकेको छैन। अधिकांश पर्यटक आफ्नै सवारीसाधन लिएर आएको छन्। बाटो खुल्ने प्रतीक्षामा छन्। साना सवारीका लागि वैकल्पिक सडक खोजी भइरहेको छ,” गुरुङले बताए।

मोटरसाइकल तथा स्कुटरमा आएका पर्यटकलाई घान्द्रुक–खुलिबाङ–मोहरिया–तमु हुँदै विरेठाँटी निस्कने कच्ची सडकमार्फत आवतजावत गराउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ। उक्त वैकल्पिक सडक मर्मतको काम भइरहेको छ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले घान्द्रुक भ्रमणमा आएका तथा अन्नपूर्ण आधार शिविर ९एबिसी० पदयात्रामा रहेका पर्यटक समस्यामा परेपछि सडक खुलाउन स्थानीय प्रशासन र प्राविधिक टोली स्याउलीबजार पुगेको जानकारी दिए।

उनका अनुसार हाल वर्षा कम भएको र नदीको बहावसमेत घटेकाले सडक बगेको स्थानमा एकतर्फी रूपमा भए पनि यातायात सञ्चालन गर्न सकिन्छ कि भन्ने विषयमा प्रशासनसँग छलफल भइरहेको छ।

“समस्यामा परेका पर्यटकलाई वैकल्पिक सडक मर्मत गरेर आवतजावत गराउने वा तत्कालका लागि अन्य विकल्प खोज्ने विषयमा छलफल भइरहेको छ,” अध्यक्ष केसीले बताए।

अन्नपूर्ण गाउँपालिका–११ मा पर्ने घान्द्रुक अन्नपूर्ण आधार शिविर ९एबिसी० तथा घोरेपानी–पुनहिल पदयात्राको प्रमुख प्रवेशद्वारका रूपमा परिचित पर्यटकीय गन्तव्य हो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगन थापाको निवास अगाडि पनि शंकास्पद गाडी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित निवास अगाडि पनि शंकास्पद रूपमा एउटा गाडी राखिएको पाइएको छ। स्थानीयका अनुसार बीएसी ९...

सञ्चारगृह अगाडि शंकास्पद गाडी राखिएको घटनाप्रति एमाले: लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार

काठमाडौं । नेकपा (एमाले) ले अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुरका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति आपत्ति जनाएको छ। एमा...

मोदी खोलाले सडक बगाएपछि घान्द्रुकमा ३०० पर्यटक अलपत्र

कास्की। मोदी खोलामा आएको बाढीले पक्की सडक बगाएपछि पर्यटकीय गाउँ घान्द्रुक घुम्न पुगेका करिब ३०० जना पर्यटक अलपत्र परेका छन्। कास्कीको अन्नपूर्ण गाउ...

सिंहदरबार प्रवेश गर्न नदिएपछि गेटमै धर्ना बसेका निहारिका र बिनु को हुन् ?

काठमाडौं । सिंहदरबारस्थित गृह मन्त्रालयमा आफ्ना समस्या राख्न पुगेका दुई महिलालाई प्रहरीले प्रवेशमा रोक लगाएपछि निहारिका राजपुत र बिनु यादव मुख्य गेटमै...

बजेट विवाद मिलाउन मुख्यमन्त्रीको सक्रियता

धनगढी। सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट विवाद मिलाउन प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाह आज काठमाडौं प्रस्थान गरेको छन् ।  सत...

रोशी खोलाको जोखिम बढेपछि बीपी राजमार्गमा सवारी आवागमन रोकियो

काभ्रेपलाञ्चोक । रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएसँगै बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन अस्थायी रूपमा ...

सञ्चारगृह र भाटभटेनीबाहिर शंकास्पद सवारी पार्किङ, क्रेन लगाएर उठाइयो

काठमाडौँ । काठमाडौँका विभिन्न सञ्चारगृह तथा भाटभटेनी सुपरमार्केटबाहिर सोमबार बिहान शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएपछि सुरक्षा निकाय सतर्क बनेको ...

नयाँ प्रणालीबाट ई–पासपोर्ट छपाइ सुरु, पहिलो चरणमा दुई जना नाबालकको राहदानी छापियो

काठमाडौं। राहदानी छपाइसम्बन्धी ठेक्का विवादका बीच नेपालमा नयाँ प्रणालीमार्फत ई–पासपोर्ट उत्पादन तथा वितरण सेवा औपचारिक रूपमा सुरु भएको छ। राहदानी व...

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्षको नियुक्तिसँगै कर्मचारीको तीन महिनाको तलब सहित अन्य खर्चको भुक्तानी सुरुआत गरि...

गणेश नेपाली आत्मदाह प्रकरण: परिवारले प्रहरीमा जाहेरी दिंदै

काठमाडौं । आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको घटनामा उनका परिवारले प्रहरीमा जाहेरी दर्ता गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि परिवारका सदस्यहरू प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending