काठमाडौं । आम जनता पार्टी (आजपा)ले वर्तमान दुईतिहाइ बहुमतको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको निष्कर्ष निकाल्दै आर्थिक अवस्था झन् जटिल बन्दै गएको दाबी गरेको छ। सरकारले सुशासन, आर्थिक सुधार र विकासको प्रतिबद्धता जनाए पनि व्यवहारमा ती सबै प्रतिबद्धता पूरा गर्न असफल भएको पार्टीको आरोप छ।
पार्टीका प्रवक्ता सुभाष साहले जारी गरेको प्रेस विज्ञप्तिमा आर्थिक वर्ष २०८२/८३ मा राजस्व संकलन लक्ष्यभन्दा निकै कम भएको र राजस्व वृद्धिदर विगतका वर्षकै न्यून स्तरमा झरेको उल्लेख गरिएको छ। विकास निर्माणका लागि छुट्याइएको पुँजीगत बजेटको करिब आधा मात्र खर्च हुनु सरकारको कमजोर कार्यसम्पादनको उदाहरण भएको आजपाको भनाइ छ।
आजपाका अनुसार सार्वजनिक ऋण निरन्तर बढ्दै कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को करिब ४५ प्रतिशत पुगेको छ। संकलित राजस्व र वैदेशिक सहायताले चालु खर्चसमेत धान्न नसक्ने अवस्था सिर्जना भएकाले ऋणको साँवा–ब्याज तिर्नकै लागि नयाँ ऋण लिनुपर्ने अवस्था आएको दाबी गरिएको छ।
पार्टीले न्यून मूल्यांकनमार्फत पुँजी पलायन भइरहेको र सम्पत्ति शुद्धीकरण नियन्त्रणमा कमजोरी देखिएकाले नेपाल वित्तीय कारबाही कार्यदल (एफएटीएफ)को ‘ग्रे लिस्ट’मा परेको उल्लेख गर्दै यसले अन्तर्राष्ट्रिय बैंकिङ कारोबार महँगो र जटिल बन्न सक्ने चेतावनी दिएको छ।
विज्ञप्तिमा सरकारले सुरुमा सुशासन, डिजिटल पारदर्शिता र योग्यताका आधारमा नियुक्तिको प्रतिबद्धता जनाए पनि व्यवहारमा आफ्ना निकट व्यक्तिलाई मात्र अवसर दिएको आरोप लगाइएको छ। मन्त्रालय संख्या घटाएको दाबी गरे पनि सल्लाहकार र स्वकीय सचिवालय विस्तार गरेर अनावश्यक खर्च बढाइएको आजपाको भनाइ छ।
सरकारका धेरै राजनीतिक निर्णय अदालतबाट स्थगित वा बदर हुनु पनि शासकीय अपरिपक्वताको प्रमाण भएको आजपाले जनाएको छ।
आजपाले ‘जेन–जी आन्दोलन’को लहरमा बनेको र दुईतिहाइ बहुमत प्राप्त गरेको सरकार छोटो समयमै जनविश्वास गुमाउन पुगेको दाबी गर्दै राजनीतिक दलहरूबीच न्यूनतम सहमति कायम गरी बेरोजगारी, गरिबी र जनजीविकासँग जोडिएका मुद्दामा तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २ गते, २०८३ - २०:४६
काठमाडौं । राइड सेयरिङ सेवा प्रयोग गर्ने चालक (राइडर/क्याप्टेन) माथि सरकारले नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार १०० ...
श्रावण २ गते, २०८३ - २०:४०
तेह्रथुम । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका पहाडी गाउँहरूलाई पुनर्जीवित गर्ने उद्देश्यसहित तेह्रथुमको छथर गाउँपालिकाले नयाँ सामाजिक सुरक...
श्रावण २ गते, २०८३ - २०:२९
सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय...
श्रावण २ गते, २०८३ - २०:१८
रोल्पा । रोल्पामा बाटोमा हिँडिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको परिवर्तन गाउँपालिका–४ पाछावाङस्थित सल्लाबोट ...
श्रावण २ गते, २०८३ - २०:११
पोखराबाट दमौलीसम्म सतर्कता आवश्यक
श्रावण २ गते, २०८३ - २०:०४
हेटौंडा । अविरल वर्षा र सम्भावित बाढी–पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौंतर्फ सञ्चालन हुने रात्रीकालीन सवारी स...
श्रावण २ गते, २०८३ - १९:५२
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट २० जना बालबालिकाको उद्धार गरेको छ। बालगृ...
श्रावण २ गते, २०८३ - १९:३९
काठमाडौं । आम जनता पार्टी (आजपा)ले वर्तमान दुईतिहाइ बहुमतको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको निष्कर्ष निकाल्दै आर्थिक अवस्था झन् जटिल बन्दै गएक...
श्रावण २ गते, २०८३ - १९:३५
दाङ । ‘राजाको गाउँ’ भन्नेबित्तिकै व्यवस्थित सडक, सहज खानेपानी, विद्युत् र पर्यटकीय पूर्वाधारले भरिपूर्ण बस्तीको चित्र मनमा आउँछ। तर दाङको तुलसीपुर उपम...
श्रावण २ गते, २०८३ - १९:३४
काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी आन्तरिक शक्ति संघर्ष अब निर्णायक मोडमा पुगेको देखिएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले सभापति ग...



प्रतिकृया लेख्नुहोस्: