दमौली । देशभित्रै प्रशस्त अवसर हुँदाहुँदै पनि रोजगारीको सिलसिलामा धेरै युवा विदेशिएका छन् । तर केही त्यस्ता युवा पनि छन्, जो देशभित्रै बसेर कृषि र पशुपालनमा रमाइरहेका छन् ।
त्यस्तै मध्येका एक हुन् तनहुँको व्यास नगरपालिका–५ फुस्रेटारका रवीन्द्र श्रेष्ठ । माध्यमिक तहको पढाइ सकेर श्रेष्ठले भैँसीपालन व्यवसाय शुरु गरेका हुन् । विदेशमा गर्ने श्रम देशभित्रै गर्न सके मनग्य आम्दानी हुने सोचका साथ श्रेष्ठले मामा भान्जा भैँसी फार्म दर्ता गरेर भैँसीपालन शुरु गरेका छन् ।
पाँच रोपनी जग्गा खरिद गरेर शुरु भएको भैँसीपालन व्यवसायमा करिब रु २२ लाख लगानी भएको उनले जानकारी दिए । उनकै भैँसी फार्ममा हाल १३ भैँसी र नौ पाडापाडी छन् । भैँसीको दानाका लागि श्रेष्ठले घाँसखेतीसमेत गरेका छन् । बिहानदेखि नै श्रेष्ठ भैँसीको स्याहारसुसारमा खटिने गरेका छन् । “केही समय वैदेशिक रोजगारीमा पनि गएँ, तर विदेशमा सन्तुष्टि मिलेन,” उनले भने, “अहिले आफ्नै देशमा व्यवसाय गर्दा आत्मसन्तुष्टि मिलेको छ ।”
दैनिक ४५ लिटर दूध विक्री गर्दै आउनुभएको श्रेष्ठले व्यवसायमा थप लगानी गरेर भैँसीफार्मलाई विस्तार गर्ने योजना बताएका छन् । “व्यावसायिक रुपमा नै भैँसीपालनलाई लैजानका लागि थप लगानी गर्दैछु,” उनले भने, “भैँसीपालनलाई नै मुख्य परिचय बनाउने उद्देश्य हो ।” दूध विक्रीबाट सम्पूर्ण खर्च र बैंकको किस्ता तिरेर मासिक रु ३० हजार आम्दानी हुने उनले जानकारी दिए ।
भैँसीपालनमा नै रमाएका अर्का युवा हुनुहुन्छ व्यास नगरपालिका–१४ का मोहन आले । सोही वडाको निर्वाचित वडा सदस्यसमेत रहेका आलेले तीन रोपनी क्षेत्रफलमा भैँसीपालन रहेका छन् । उनको भैँसीफार्ममा ११ भैँसी रहेका छन् । दैनिक ७५ लिटर दूध विक्री गरेर मासिक रु ५० हजार आम्दानी हुने गरेको उनको भनाइ छ । उनले भैँसीपालनका लागि रु १८ लाख लगानी गरेका छन् । “राजनीति सँगसँगै पशुपालन व्यवसायलाई समेत अगाडि बढाएको छु”, उनले बताए, “राजनीतिले मात्रै जीवन गुजारा हुँदैन, आम्दानीको स्रोतका लागि व्यवसाय गरेको हूँ ।”
भैँसीपालनसँगै बङ्गुरपाल गर्नुभएका उहाँले काम गर्न लाज मान्न नहुने बताए । “जनप्रतिनिधि भएर पनि कहाँ भैँसी पालेको भन्छन्, तर मलाई काम गर्न लाज लाग्दैन,” उनले भने, “जनप्रतिनिधि त केही समयका लागि मात्रै हो, यही व्यवसायलाई निरन्तरता दिन्छु ।” भैँसीपालनबाट आत्मसन्तुष्टि मिलेको बताउँदै उनले व्यवसायमा थप लगानी गर्ने योजना रहेको बताए ।
विदेश जानुभन्दा पनि स्वदेशमै बसेर व्यवसाय गर्नुपर्ने सुझाव दिँदै उनले भने, “विदेशमा गएर अरुको दास बन्नुभन्दा स्वदेशमै मालिक बन्नुपर्छ ।” दूध विक्रीका लागि बजारको कुनै अभाव नरहेको उनको भनाइ छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: