Khabar Dabali २२ श्रावण २०८३ शुक्रबार | 7th August, 2026 Fri
Investment bank

२५० को खरिदले दिलायो १० लाख, करदाता प्रोत्साहन उपहार योजनाको पहिलो बम्पर विजेता घोषणा

खबरडबली संवाददाता

काठमाडौं । सरकारले बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक गरेको छ। यस अवधिमा रु,२५० बराबरको सामान खरिद गरी बिल लिएका एक उपभोक्ताले १० लाख रुपैयाँ नगद पुरस्कार जितेका छन्।

आन्तरिक राजस्व विभागले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपहार विजेताको घोषणा गरेको हो। विभागका अनुसार शिव कृष्ण जनरल स्टोरबाट खरिद गरेका उपभोक्ताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ बम्पर पुरस्कारका लागि छनोट भएको हो।

बम्पर पुरस्कारसँगै अन्य १५ जना उपभोक्ताले जनही १ लाख रुपैयाँका दरले नगद पुरस्कार जितेका छन्।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुरु गरेको यो कार्यक्रम उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रेरित गर्ने तथा कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले लागू गरिएको हो।

यसका लागि prize.ird.gov.np वेबसाइट सञ्चालनमा ल्याइएको छ। नगदमार्फत एकपटकमा १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तु वा सेवा व्यक्तिगत प्रयोजनका लागि खरिद गरी सक्कली बिल लिएका उपभोक्ताले उक्त वेबसाइटमा बिल दर्ता गरेर योजनामा सहभागी हुन सक्छन्।

विभागका अनुसार बैंक वा डिजिटल वालेटको क्यूआर ९त्तच्० प्रयोग गरी १०० रुपैयाँभन्दा बढीको भुक्तानी गर्ने उपभोक्ताको कारोबार भने प्रणालीमा स्वत: समावेश हुने भएकाले छुट्टै बिल दर्ता गर्नुपर्ने छैन। त्यस्ता कारोबारको ट्रान्स्याक्सन नम्बर नै उपहार योजनाका लागि योग्य मानिनेछ।

आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदाताको दायरा विस्तार गर्ने र बिल लिने अभ्यासलाई संस्थागत बनाउने लक्ष्यसहित करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा गरेका थिए। सोही घोषणाअनुसार अर्थ मन्त्रालयले असार अन्तिम साता कार्यविधि स्वीकृत गरेपछि योजना कार्यान्वयनमा आएको हो।

कार्यविधिअनुसार हरेक दिन एक जना योग्य उपभोक्तालाई कर कट्टीपछि १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ भने प्रत्येक १५ दिनमा एक जना उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले बडडाँडा–बुढीचौर सडक तीन दिनदेखि अवरुद्ध

सुलीकोट । गोरखाको पालुङटार नगरपालिका–२ र ४ जोड्ने बडडाँडा सडकखण्डअन्तर्गत बुढीचौरमा पहिरो खसेपछि सडक तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । बुधबार ब...

राष्ट्रिय सभा बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौँ। संघीय संसद् राष्ट्रिय सभाको बैठकको मिति परिवर्तन गरिएको छ । शुक्रबार (साउन २२ गते) दिउँसो १:१५ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश उक्त द...

२५० को खरिदले दिलायो १० लाख, करदाता प्रोत्साहन उपहार योजनाको पहिलो बम्पर विजेता घोषणा

काठमाडौं । सरकारले बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत पहिलो १५ दिनको बम्पर उपहारको न...

रक्सीको घुट्कोसँगै बग्दै गएको जीवन

पहाडी गाउँको एउटा कुनामा जन्मिएको थियो विराज। घरमा अभाव थिएन। खेतबारी, गाईवस्तु, परिवारको माया—सबै थियो। गाउँलेहरू भन्थे, "यो केटो भाग्यमानी छ।" तर भा...

युट्युब हेरेर सुरु गरेको ड्र्यागन खेतीले दियो आम्दानी, कपिलवस्तुका किसानको उदाहरणीय सफलता

कपिलवस्तु । प्रविधिलाई सही रूपमा प्रयोग गर्न सके त्यसले जीवन नै बदल्न सक्छ भन्ने उदाहरण बनेका छन् कपिलवस्तुको शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्...

अस्पतालमा बिरामी होइन, लाइन बस्छ पर्चा ! सरकारी स्वास्थ्य सेवाको अव्यवस्थाले बढायो नागरिकको सास्ती

काठमाडौं । बिहान ६ बज्न नपाउँदै ध्रुव तिवारी नियमित स्वास्थ्य परीक्षणका लागि मीनभवनस्थित निजामती अस्पताल पुगे। उनको योजना स्पष्ट थियो—छिट्टै टिकट लिने...

प्रदेश सरकार गठनमा अंकगणित र आन्तरिक किचलो बाधक, १२ दिन बित्दा पनि पाँच प्रदेश अन्योलमा

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्ने सहमति भएको १२ दिन बितिसक्दा पनि अधिकांश प्रदेशमा नय...

गगन थापालाई मान्यता दिने आदेश पुनः परीक्षणमा, कांग्रेस विवाद फेरि सर्वोच्च अदालतमा

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व विवादसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले नयाँ मोड ल्याएको छ। विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको न...

बालेनको संसद् बहिष्कार कि जवाफदेहिताबाट पलायन ?

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको संसद्प्रतिको व्यवहारलाई लिएर प्रतिनिधिसभाभित्र र बाहिर प्रश्नहरू थप चर्किन थालेका छन्। संसद्मा निरन्तर उनको उपस्थ...

चिस्यान केन्द्र र गाडी खरिदमा भ्रष्टाचार आरोप, आठबीसकोटका नगरप्रमुख तानिए अदालत

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवी केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending