काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व विवादसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले नयाँ मोड ल्याएको छ। विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई वैधानिकता दिने अघिल्लो आदेशमाथि पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ।
प्रधानन्यायाधीश मनोजकुमार शर्मा तथा न्यायाधीशद्वय नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार पुनरावलोकन निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै मुद्दा पुनः सुनुवाइका लागि अघि बढाउने निर्णय गरेको हो।
यससँगै पूर्वसभापति शेरबहादुर देउवाले दायर गरेको रिट खारेज गर्दै गगन थापाको नेतृत्वमा बनेको कार्यसमितिलाई वैधानिक मान्यता दिने सर्वोच्च अदालतको अघिल्लो फैसला पुनः परीक्षण हुने भएको छ।
यसअघि गत वैशाख ४ गते न्यायाधीश सारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई कानुनी मान्यता दिँदै देउवा पक्षको रिट खारेज गरेको थियो।
उक्त आदेशमा कानुनी त्रुटि भएको दाबी गर्दै पूर्वसभापति देउवाले साउन ७ गते पुनरावलोकनका लागि निवेदन दर्ता गराएका थिए। पूर्ण इजलासले उक्त निवेदनमा सुनुवाइ हुनुपर्ने ठहर गरेपछि अब अघिल्लो आदेशको कानुनी वैधतामाथि फेरि बहस हुनेछ।
विशेष महाधिवेशनलाई निर्वाचन आयोगले आधिकारिक मान्यता दिएपछि त्यसविरुद्ध देउवा र नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा निर्वाचन आयोग, विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा तथा उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाइएको थियो।
सर्वोच्चको पछिल्लो आदेशसँगै कांग्रेसको नेतृत्व विवाद पुनः न्यायिक प्रक्रियामा प्रवेश गरेको छ। अब पुनरावलोकन सुनुवाइबाट आउने निर्णयले विशेष महाधिवेशनको वैधानिकता र वर्तमान नेतृत्वको कानुनी हैसियतबारे अन्तिम टुंगो लगाउने अपेक्षा गरिएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २१ गते, २०८३ - २३:२७
पहाडी गाउँको एउटा कुनामा जन्मिएको थियो विराज। घरमा अभाव थिएन। खेतबारी, गाईवस्तु, परिवारको माया—सबै थियो। गाउँलेहरू भन्थे, "यो केटो भाग्यमानी छ।" तर भा...
श्रावण २१ गते, २०८३ - २३:१४
कपिलवस्तु । प्रविधिलाई सही रूपमा प्रयोग गर्न सके त्यसले जीवन नै बदल्न सक्छ भन्ने उदाहरण बनेका छन् कपिलवस्तुको शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्...
श्रावण २१ गते, २०८३ - २२:५२
काठमाडौं । बिहान ६ बज्न नपाउँदै ध्रुव तिवारी नियमित स्वास्थ्य परीक्षणका लागि मीनभवनस्थित निजामती अस्पताल पुगे। उनको योजना स्पष्ट थियो—छिट्टै टिकट लिने...
श्रावण २१ गते, २०८३ - २२:४८
काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्ने सहमति भएको १२ दिन बितिसक्दा पनि अधिकांश प्रदेशमा नय...
श्रावण २१ गते, २०८३ - २२:३१
काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व विवादसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले नयाँ मोड ल्याएको छ। विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको न...
श्रावण २१ गते, २०८३ - २२:३०
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको संसद्प्रतिको व्यवहारलाई लिएर प्रतिनिधिसभाभित्र र बाहिर प्रश्नहरू थप चर्किन थालेका छन्। संसद्मा निरन्तर उनको उपस्थ...
श्रावण २१ गते, २०८३ - २२:२१
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवी केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।...
श्रावण २१ गते, २०८३ - १७:४७
काठमाडौँ। नेपाली काङ्ग्रेसको विवादसम्बन्धी मुद्दालाई पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ। काङ्ग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारि...
श्रावण २१ गते, २०८३ - १७:१०
काठमाडौं। नेपालभरका प्रहरी कार्यालय र हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख निश्चित अवधिसम्म सुरक्षित राख्ने व्यवस्था ...
श्रावण २१ गते, २०८३ - १६:०९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका क्रममा हङकङमा रहेका थिए। उनी साउन २६ गते राति स्वदेश फर्किने त...



प्रतिकृया लेख्नुहोस्: