कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजनाको काम शुरु भएको हो ।
वर्षातको समयमा आकाशको पानीबाट हुने डुबानलाई रोक्ने उद्देश्यले काम शुरु गरिएको टीकापुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष भैरवसिंह रावलले बताए । “ढल निकासका लागि हामीले वषौँदेखि प्रक्रिया अगाडि बढाएका थियौँ । जुन आज आएर सफल भएको छ”, संस्थाका अध्यक्ष रावलले भने, “टीकापुरमा बर्सेनि वर्षात्को समयमा हुने ठूलो क्षति कम हुने छ । टीकापुरवासीको लामो समयको सपना पनि पूरा हुने भएको छ ।”
खानेपानी संस्थाले सुपरीवेक्षणको काम गर्दै आएको छ । संस्थाले यस आयोजनाको प्रक्रिया अगाडि बढाएको थियो भने टीकापुर नगरपालिकाले समन्वय गर्दै आएको थियो । २९.५ किलोमिटर लम्बाइको ढल निकासको पानी जमरा कुलोमा व्यवस्थापन गरिनेछ । सडकमा आएको पानी सडकमा जम्मा नभई नालीमार्फत व्यवस्थापन हुनेछ । जसले डुबानका कारण बर्सेनि खेप्दै आएको सास्ती कम हुने अनुमान गरिएको छ । पहिलो चरणमा नगरपालिकाको वडा नं १ बजार क्षेत्रमा र शक्तिनगर शिविरमा काम हुनेछ । बाढीका कारण सबैभन्दा प्रभावित हुने पनि बजार क्षेत्र र शिविर क्षेत्र भएकाले पहिलो चरणमा त्यहीअनुसार काम अगाडि बढाइएको खानेपानी संस्थाका अध्यक्ष रावलले बताए ।
रु ६० करोड ६९ लाख तीन हजार लगानीमा निर्माण हुनलागेको आयोजनाको ठेक्का टुडी कन्ट्रकशनले पाएको छ । कूल लागतको ८५ प्रतिशत रकम एडिबीले सहयोग गरेको छ भने बाँकी १५ प्रतिशत नगरपालिकाले लगानी गरेको छ । आयोजनाले दुई क्षेत्रमा काम गर्दै आएको शहरी खानेपानी तथा सरसफाइ आयोजना क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय पश्चिम क्षेत्र आयोजना कार्यान्वयन समूहका परामर्शदाता अरुण रोस्याराले जानकारी दिए । “ढल निकास र मानव मलमूत्र व्यववस्थापन गरी दुई क्षेत्रमा काम भइरहेको छ ।” परामर्शदाता रोस्याराले भने, “दुई कार्यक्रममध्ये मानव मलमूत्र व्यवस्थापन कार्यक्रम एक वर्षमा र ढलको नाली निर्माणको काम दुई वर्षमा सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको छ ।” उनले सन् २०२० डिसेम्बरमा ठेकेदार कम्पनीसँग आयोजनाको सम्झौता भएको बताउँदै समयमै काम सम्पन्न हुने गरी नै काम अगाडि बढाइएको बताए ।
मानव मलमूत्रको व्यवस्थापनले पदूषणलाई कम गर्दै जैविक मल उत्पादनमा सहयोग पुग्ने छ । अहिले नागरिकको शौचालयको सेफ्टी ट्याङ्कीमा जम्मा भएको मलमूत्रलाई प्रविधिको प्रयोग गरी मल उत्पादन गरिने टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले बताए । जसले प्राकृतिक पदूषणलाई रोक्नुका साथै जैविक मल उत्पादनमा टेवा पु¥याउने विश्वास गरिएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: