सुलीकोट। उत्तरी गोरखाको मनास्लु पदमार्गअन्तर्गत चुमनुब्री गाउँपालिका-६ मा पर्ने रेन्जम क्षेत्रमा पदमार्ग स्तरोन्नतिका लागि साउन २० देखि ३० गतेसम्म खच्चड आवतजावतमा रोक लगाइएको छ। पदमार्ग सुधार कार्यक्रमअन्तर्गत ढलान कार्य भइरहेकाले १० दिनका लागि खच्चड सञ्चालन बन्द गरिएको हो।
चुमनुब्री गाउँपालिकाले निर्माण कार्यको गुणस्तर, सुरक्षा तथा सहज सञ्चालन सुनिश्चित गर्न अस्थायी रूपमा खच्चड आवागमन रोक्नुपरेको जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेका अनुसार तोकिएको अवधिभर वैकल्पिक मार्ग प्रयोग गर्न सबैमा आग्रह गरिएको छ। निर्माणका कारण हुन सक्ने असुविधाप्रति क्षमायाचना गर्दै स्थानीय पर्यटन पूर्वाधार सुदृढीकरणका लागि सञ्चालित यस महत्त्वपूर्ण कार्यमा सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो।
सडक सञ्जाल नपुगेको उत्तरी गोरखामा दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री ढुवानीको मुख्य माध्यम खच्चड नै हो। पदमार्ग बन्द हुँदा दैनिक उपभोग्य सामग्री ढुवानी, यात्रु आवतजावत तथा स्थानीय आर्थिक गतिविधिमा केही असुविधा हुने भए पनि दीर्घकालीन पूर्वाधार सुधारका लागि यो काम आवश्यक रहेको प्रशासकीय अधिकृत लामिछानेले बताए। उनका अनुसार निर्माण सम्पन्न भएपछि यात्रु तथा स्थानीयवासीलाई थप सुरक्षित र सहज आवतजावतको सुविधा उपलब्ध हुनेछ।
सूचनाको बोधार्थ इलाका प्रहरी कार्यालय आरुघाट, प्रहरी चौकी छेकेम्पार तथा पर्यटक एवं वन पैदावार चेकपोस्ट छेकेम्पारलाई पठाइएको गाउँपालिकाले जनाएको छ। निर्माण कार्य सम्पन्न हुनासाथ पदमार्ग पूर्ववत रूपमा सञ्चालनमा ल्याइनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - १७:३६
काठमाडौं। नेकपा (एमाले) ले आफ्ना सांसदहरूले परिवारका सदस्यलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न नपाउने व्यवस्था लागू गरेको छ। संसदीय दलको शुक्रबार बसेक...
श्रावण २२ गते, २०८३ - १७:२७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिध...
श्रावण २२ गते, २०८३ - १७:१४
मकवानपुर। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एल.पी. ग्यास कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गर्ने भएको छ । केही दिनदेखि एल.पी. ग्य...
श्रावण २२ गते, २०८३ - १६:५५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा आर्थिक प्रभाव, पहुँचको दुरुपयोग तथा कुनै...
श्रावण २२ गते, २०८३ - १६:४४
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण र आधुनिक प्रविधिको प्रभावकारी उपयोग सुनिश्चित गर्न दूरसञ्चार ...
श्रावण २२ गते, २०८३ - १६:३५
काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला स...
श्रावण २२ गते, २०८३ - १६:२२
काठमाडौं। विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको प्रहरी छापामारी प्रकरणमा नेपाल प्रहरी प्रधान कार्यालयले सूचनाको प्रमाणीकरण (भेरिफाइ) प्रक्रि...
श्रावण २२ गते, २०८३ - १३:५५
काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...
श्रावण २२ गते, २०८३ - १३:४८
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...
श्रावण २२ गते, २०८३ - १३:३३
काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...



प्रतिकृया लेख्नुहोस्: