करिब डेढ वर्षअघि उनले रुपन्देहीको रानीबगियाबाट ६२८ वटा ड्र्यागन फ्रुटका बिरुवा खरिद गरी चार कठ्ठा जमिनमा व्यावसायिक खेती सुरु गरेका थिए। १५७ वटा पोलमा प्रत्येक पोलमा चार–चार वटा बिरुवा रोपिएको छ। उनले प्रतिविरुवा १६० रुपैयाँका दरले खरिद गरेको बताए।
बिरुवा अझै पूर्ण रूपमा परिपक्व नभए पनि उनले हालसम्म तीन पटक फल टिपिसकेका छन्। आगामी भदौमा चौथो पटक उत्पादन संकलन गर्ने तयारी भइरहेको उनको भनाइ छ। आगामी वर्षदेखि उत्पादन उल्लेखनीय रूपमा बढ्ने विश्वास उनले व्यक्त गरे।
ड्र्यागन फ्रुटको बजार राम्रो भएकाले बिक्रीमा कुनै समस्या नभएको बेलवासे बताउँछन्। हाल प्रतिकिलो करिब ४०० रुपैयाँसम्ममा बिक्री भइरहेको र फल पाकेपछि ग्राहकहरू बारीमै आएर किन्ने गरेको उनको अनुभव छ।
युट्युबबाट खेतीसम्बन्धी जानकारी लिएर सुरु गरिएको यो प्रयास सफल भए पनि सिँचाइ सुविधा र रोग व्यवस्थापन अझै चुनौतीका रूपमा रहेको उनले बताए। प्राविधिक सहयोग र आधुनिक व्यवस्थापन उपलब्ध भए उत्पादन अझ बढाउन सकिने उनको विश्वास छ।
उनका अनुसार चितवनको हावापानी ड्र्यागन फ्रुटका लागि बढी उपयुक्त मानिए पनि कपिलवस्तुमा उचित व्यवस्थापन गर्न सके राम्रो उत्पादन लिन सकिन्छ। तर अत्यधिक गर्मीका कारण खेती व्यवस्थापनमा केही कठिनाइ हुने गरेको उनले सुनाए।
कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीका अनुसार जिल्लामा ड्र्यागन फ्रुट खेती गर्ने किसानको आधिकारिक तथ्यांक नभए पनि पछिल्ला वर्षहरूमा सानो स्तरबाट व्यावसायिक खेतीतर्फ किसानहरूको आकर्षण बढ्दै गएको छ।
राम्रो बजार, आकर्षक मूल्य र बढ्दो उपभोक्ता मागका कारण ड्र्यागन फ्रुट खेती कपिलवस्तुका किसानका लागि सम्भावनायुक्त नगदे बालीका रूपमा स्थापित हुँदै गएको कृषि क्षेत्रका जानकारहरू बताउँछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २१ गते, २०८३ - २३:२७
पहाडी गाउँको एउटा कुनामा जन्मिएको थियो विराज। घरमा अभाव थिएन। खेतबारी, गाईवस्तु, परिवारको माया—सबै थियो। गाउँलेहरू भन्थे, "यो केटो भाग्यमानी छ।" तर भा...
श्रावण २१ गते, २०८३ - २३:१४
कपिलवस्तु । प्रविधिलाई सही रूपमा प्रयोग गर्न सके त्यसले जीवन नै बदल्न सक्छ भन्ने उदाहरण बनेका छन् कपिलवस्तुको शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्...
श्रावण २१ गते, २०८३ - २२:५२
काठमाडौं । बिहान ६ बज्न नपाउँदै ध्रुव तिवारी नियमित स्वास्थ्य परीक्षणका लागि मीनभवनस्थित निजामती अस्पताल पुगे। उनको योजना स्पष्ट थियो—छिट्टै टिकट लिने...
श्रावण २१ गते, २०८३ - २२:४८
काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्ने सहमति भएको १२ दिन बितिसक्दा पनि अधिकांश प्रदेशमा नय...
श्रावण २१ गते, २०८३ - २२:३१
काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व विवादसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले नयाँ मोड ल्याएको छ। विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको न...
श्रावण २१ गते, २०८३ - २२:३०
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको संसद्प्रतिको व्यवहारलाई लिएर प्रतिनिधिसभाभित्र र बाहिर प्रश्नहरू थप चर्किन थालेका छन्। संसद्मा निरन्तर उनको उपस्थ...
श्रावण २१ गते, २०८३ - २२:२१
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवी केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।...
श्रावण २१ गते, २०८३ - १७:४७
काठमाडौँ। नेपाली काङ्ग्रेसको विवादसम्बन्धी मुद्दालाई पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ। काङ्ग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारि...
श्रावण २१ गते, २०८३ - १७:१०
काठमाडौं। नेपालभरका प्रहरी कार्यालय र हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख निश्चित अवधिसम्म सुरक्षित राख्ने व्यवस्था ...
श्रावण २१ गते, २०८३ - १६:०९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका क्रममा हङकङमा रहेका थिए। उनी साउन २६ गते राति स्वदेश फर्किने त...



प्रतिकृया लेख्नुहोस्: