Khabar Dabali २२ श्रावण २०८३ शुक्रबार | 7th August, 2026 Fri
Investment bank

अस्पतालमा बिरामी होइन, लाइन बस्छ पर्चा ! सरकारी स्वास्थ्य सेवाको अव्यवस्थाले बढायो नागरिकको सास्ती

खबरडबली संवाददाता

काठमाडौं । बिहान ६ बज्न नपाउँदै ध्रुव तिवारी नियमित स्वास्थ्य परीक्षणका लागि मीनभवनस्थित निजामती अस्पताल पुगे। उनको योजना स्पष्ट थियो—छिट्टै टिकट लिने, चिकित्सकलाई देखाउने र कार्यालय पुग्ने। तर अस्पताल परिसरमा देखिएको दृश्यले उनको त्यो योजना मात्र बिगारेन, सरकारी स्वास्थ्य सेवाप्रतिको भरोसामै प्रश्न खडा गरिदियो।

टिकट काउन्टर अगाडि मानिसभन्दा बढी पर्चा, झोला र पासबुकको लाइन थियो। लाइनमा मानिस होइन, सामानले पालो कुरिरहेको थियो। बिरामीहरू भने अस्पताल परिसरमा यताउता हिँडिरहेका थिए।

"पहिलो पटक यस्तो दृश्य देखेँ," तिवारी भन्छन्, "मानिस होइन, पर्चाले लाइन समातेको रहेछ।"

उनका अनुसार धेरै सेवाग्राही बिहान ५ बजेदेखि नै आफ्नो झोला वा पर्चा लाइनमा राखेर अन्य काममा निस्कन्छन्। पालो नजिकिँदा मात्रै फर्किन्छन्। यस्तो अभ्यासले अस्पतालको व्यवस्थापन कति कमजोर छ भन्ने स्पष्ट देखाउँछ।

तिवारी अस्पतालका चिकित्सक वा कर्मचारीप्रति असन्तुष्ट छैनन्। उनको गुनासो व्यवस्थापनसँग छ।

"समस्या सेवा दिने व्यक्तिमा होइन, सेवा सञ्चालन गर्ने प्रणालीमा छ। यदि प्रभावकारी अनलाइन टिकट वा टोकन प्रणाली लागू भएको भए कसैले रातारात लाइन बस्नुपर्ने अवस्था आउने थिएन," उनी भन्छन्। 

बिहानदेखि साँझसम्म लाइनकै यात्रा

निजामती अस्पतालको दृश्य कुनै अपवाद होइन। सरकारी अस्पतालमा उपचार लिन पुगेका अधिकांश बिरामीको पहिलो उपचार भने लाइनमै सुरु हुन्छ।

भक्तपुरका रत्न दंगाल श्रीमतीको उपचार गराउन बिहानै अस्पताल पुगे। तर ११ बज्दासम्म पनि चिकित्सकको पालो आएन।

"बिहानै आए पनि डाक्टरसम्म पुग्न सकिएन," उनी भन्छन्, "सरकार फेरिएपछि केही सुधार होला भन्ने लागेको थियो, तर अवस्था झन् बिग्रिएको जस्तो लाग्छ।"

सरकारी अस्पतालमा बिरामीले एउटा मात्र होइन, अनेकौं लाइन पार गर्नुपर्छ। टिकट लिन एउटा लाइन, चिकित्सकलाई भेट्न अर्को, शुल्क तिर्न अर्को, प्रयोगशाला परीक्षणका लागि अर्को र औषधि लिन फेरि अर्को।

घण्टौँ उभिएपछि वृद्धवृद्धा भुइँमै बस्न बाध्य हुन्छन्। कतिपय बिरामी रोगभन्दा बढी थकान र तनावसँग जुधिरहेका देखिन्छन्।

'लाइन होइन, अनलाइन' अझै नारामै सीमित

सरकारले डिजिटल स्वास्थ्य सेवाको व्यापक प्रचार गरे पनि व्यवहारमा बिरामीले त्यसको लाभ पाएका छैनन्।

२५ वर्षीय चन्दन शाहले आफ्नी हजुरआमाको ओपीडी टिकट अनलाइनबाट काट्न खोजे। तर सर्भर लामो समयसम्म चल्दै चलेन। धेरै प्रयासपछि टिकट काटियो, तर बिरामीको नामको ठाउँमा आफ्नै नाम दर्ता भएको थियो।

त्यसपछि उनले दुई पटक लाइन बसे, प्रशासनिक शाखा धाए र धेरै आग्रह गरेपछि मात्रै नाम सच्याउन सके।

"सरकारले अनलाइनको कुरा धेरै गर्छ," शाह भन्छन्, "तर अस्पतालभित्र डिजिटल प्रणाली प्रभावकारी देखिँदैन।"

सुधारका घोषणा धेरै, परिणाम न्यून

सरकारले १२ घण्टा स्वास्थ्य सेवा, डिजिटल अभिलेख, रियल–टाइम स्वास्थ्य पोर्टल, निःशुल्क बेड, सुलभ फार्मेसी, एयर एम्बुलेन्सलगायतका महत्वाकांक्षी योजना घोषणा गरेको छ।

तर तीमध्ये अधिकांश योजना कागजमै सीमित छन्।

सरकारी अस्पतालमा अझै बिहानैदेखि अत्यधिक भिड, शल्यक्रियाका लागि महिनौँ लामो प्रतीक्षा, बेड अभाव, स्वास्थ्य बीमाको झन्झट र जनशक्ति व्यवस्थापनको समस्या उस्तै छ।

स्वास्थ्य बीमा : राहतभन्दा झन्झट

स्वास्थ्य बीमाले उपचार सहज बनाउने उद्देश्य राखे पनि व्यवहारमा धेरै बिरामी थप सास्ती खेपिरहेका छन्।

बीमित बिरामीले छुट्टै प्रक्रिया पूरा गर्नुपर्छ। औषधि उपलब्ध नहुने, परीक्षण बाहिर गर्नुपर्ने, रेफरलको झन्झट र कागजी प्रक्रिया अझै हटेको छैन।

स्वास्थ्य बीमा कार्यक्रममा करोडौँ नागरिक आबद्ध भए पनि उल्लेख्य संख्याले नवीकरण नगर्नुको मुख्य कारण यही असन्तुष्टि रहेको अधिकारीहरू स्वीकार गर्छन्।

'सुलभ फार्मेसी' नाम फेरियो, सेवा फेरिएन

सरकारले 'सुलभ फार्मेसी'लाई नयाँ उपलब्धि भन्दै प्रचार गरिरहेको छ। तर स्वास्थ्य मन्त्रालयकै अधिकारीहरूका अनुसार अधिकांश अस्पतालमा पुरानै अस्पताल फार्मेसीको नाम मात्रै परिवर्तन गरिएको हो।

सेवा, औषधि आपूर्ति, सञ्चालन प्रक्रिया र व्यवस्थापनमा खासै परिवर्तन आएको छैन।

निमित्त नेतृत्वमा चलिरहेको स्वास्थ्य प्रशासन

स्वास्थ्य मन्त्रालयअन्तर्गतका धेरै महत्वपूर्ण निकाय अझै निमित्त प्रमुखको भरमा सञ्चालन भइरहेका छन्।

यसले नीति निर्माण, बजेट कार्यान्वयन, जनशक्ति व्यवस्थापन र दीर्घकालीन सुधारका निर्णय प्रभावित भएका छन्। मन्त्रालयले स्थायी नेतृत्व नियुक्त गर्न ढिलाइ गर्दा स्वास्थ्य प्रशासन नै 'कामचलाउ' अवस्थामा सीमित भएको टिप्पणी हुँदै आएको छ।

विज्ञको निष्कर्ष : समस्या अस्पतालको होइन, प्रणालीको

जनस्वास्थ्यविद् डा. शरद वन्तका अनुसार अहिले देखिएको समस्या अस्पतालको मात्रै होइन, सम्पूर्ण स्वास्थ्य प्रणालीको कमजोरी हो।

उनका अनुसार स्थानीय र प्रदेश तहका अस्पतालले प्रभावकारी सेवा दिन सकेका भए सामान्य बिरामी पनि काठमाडौंका केन्द्रीय अस्पताल धाउनुपर्ने थिएन।

उनी भन्छन्, "सेवा लिने बिरामीको संख्या लगातार बढिरहेको छ, तर सेवा दिने क्षमता उही छ। एउटा काउन्टरले नपुग्ने हो भने थप काउन्टर खोल्नुपर्छ, एउटा ओपीडीले धान्न नसके थप ओपीडी सञ्चालन गर्नुपर्छ। क्षमता नबढाई व्यवस्थापनको कुरा मात्रै गरेर समस्या समाधान हुँदैन।"

सुधारको प्रतीक्षामा नागरिक

स्वास्थ्य मन्त्रालयले सुधारको प्रक्रिया सुरु भएको दाबी गरे पनि अस्पताल पुगेका बिरामीले त्यसको अनुभूति गर्न सकेका छैनन्।

अहिले सरकारी अस्पताल पुग्ने धेरै बिरामीका लागि उपचारभन्दा कठिन काम टिकट लिनु, लाइन बस्नु र पालो कुर्नु बनेको छ। संविधानले प्रत्याभूत गरेको सहज र गुणस्तरीय स्वास्थ्य सेवा अझै पनि धेरै नागरिकका लागि कागजको प्रतिबद्धतामै सीमित देखिन्छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रक्सीको घुट्कोसँगै बग्दै गएको जीवन

पहाडी गाउँको एउटा कुनामा जन्मिएको थियो विराज। घरमा अभाव थिएन। खेतबारी, गाईवस्तु, परिवारको माया—सबै थियो। गाउँलेहरू भन्थे, "यो केटो भाग्यमानी छ।" तर भा...

युट्युब हेरेर सुरु गरेको ड्र्यागन खेतीले दियो आम्दानी, कपिलवस्तुका किसानको उदाहरणीय सफलता

कपिलवस्तु । प्रविधिलाई सही रूपमा प्रयोग गर्न सके त्यसले जीवन नै बदल्न सक्छ भन्ने उदाहरण बनेका छन् कपिलवस्तुको शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्...

अस्पतालमा बिरामी होइन, लाइन बस्छ पर्चा ! सरकारी स्वास्थ्य सेवाको अव्यवस्थाले बढायो नागरिकको सास्ती

काठमाडौं । बिहान ६ बज्न नपाउँदै ध्रुव तिवारी नियमित स्वास्थ्य परीक्षणका लागि मीनभवनस्थित निजामती अस्पताल पुगे। उनको योजना स्पष्ट थियो—छिट्टै टिकट लिने...

प्रदेश सरकार गठनमा अंकगणित र आन्तरिक किचलो बाधक, १२ दिन बित्दा पनि पाँच प्रदेश अन्योलमा

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्ने सहमति भएको १२ दिन बितिसक्दा पनि अधिकांश प्रदेशमा नय...

गगन थापालाई मान्यता दिने आदेश पुनः परीक्षणमा, कांग्रेस विवाद फेरि सर्वोच्च अदालतमा

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व विवादसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले नयाँ मोड ल्याएको छ। विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको न...

बालेनको संसद् बहिष्कार कि जवाफदेहिताबाट पलायन ?

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको संसद्प्रतिको व्यवहारलाई लिएर प्रतिनिधिसभाभित्र र बाहिर प्रश्नहरू थप चर्किन थालेका छन्। संसद्मा निरन्तर उनको उपस्थ...

चिस्यान केन्द्र र गाडी खरिदमा भ्रष्टाचार आरोप, आठबीसकोटका नगरप्रमुख तानिए अदालत

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवी केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।...

देउवाको निवेदनमा सर्वोच्चको आदेश, गगन थापालाई आधिकारिकता दिने फैसलामाथि पुन: सुनुवाइ हुने

काठमाडौँ। नेपाली काङ्ग्रेसको विवादसम्बन्धी मुद्दालाई पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ। काङ्ग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारि...

प्रहरी हिरासतमा अनिवार्य सीसीटीभीको माग गर्दै दायर हुन लागेको रिट सर्वोच्चबाट दरपिठ

काठमाडौं। नेपालभरका प्रहरी कार्यालय र हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख निश्चित अवधिसम्म सुरक्षित राख्ने व्यवस्था ...

देउवा साउन २६ गते स्वदेश फर्किँदै

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका क्रममा हङकङमा रहेका थिए। उनी साउन २६ गते राति स्वदेश फर्किने त...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending