गण्डकी । गण्डकी प्रदेशमा चालु वर्षको धान रोपाइँ लगभग सम्पन्न भएको छ। प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म ९९ दशमलव ३९ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ।
मन्त्रालयका अनुसार प्रदेशभर ९३ हजार ६०६ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ। वरिष्ठ कृषि अर्थविज्ञ शशी अधिकारीका अनुसार अधिकांश क्षेत्रमा रोपाइँ सकिएको छ भने छिटपुट स्थानमा बाँकी रहेको रोपाइँ पनि साउन महिनाभित्र सम्पन्न हुनेछ।
प्रदेशमा कुल चार लाख ७९ हजार ६१७ हेक्टर खेतीयोग्य जमिन रहेकामा बर्खे र चैते गरी करिब एक लाख हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ। मुस्ताङ र मनाङबाहेक गण्डकीका अन्य नौ जिल्लामा धानखेती हुँदै आएको छ। नवलपुर, कास्की, स्याङ्जा र तनहुँ धान उत्पादनका प्रमुख जिल्ला मानिन्छन्।
यद्यपि, प्रदेशमा धानखेतीको क्षेत्रफल भने वर्षेनि घट्दै गएको देखिएको छ। चार वर्षअघि ९७ हजार ७६९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो। त्यसपछिको वर्ष यो घटेर ९६ हजार ५३ हेक्टर मा सीमित भयो भने गत आर्थिक वर्षमा ९४ हजार १८२ हेक्टर मा मात्रै रोपाइँ भएको थियो।
कृषि विज्ञका अनुसार जग्गा खण्डीकरण, खेतीयोग्य जमिन बाँझो छाड्ने प्रवृत्ति, बस्ती विस्तार तथा पूर्वाधार निर्माणका कारण धानखेतीको क्षेत्रफल लगातार घटिरहेको छ।
गण्डकी प्रदेशमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली र सुनौलो सुगन्धलगायतका धानका जातको खेती हुँदै आएको छ। गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ र नवलपुरका विभिन्न फाँट तथा समथर क्षेत्रलाई धान उत्पादनका प्रमुख पकेट क्षेत्रका रूपमा विकास गरिएको मन्त्रालयले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २८ गते, २०८३ - २१:१७
काठमाडौँ । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार सात बुँदे सम्झौता भएको छ। सम्झौतासँगै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले आफ...
श्रावण २८ गते, २०८३ - २१:११
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार सञ्चालनमा नेपाली कांग्रेसले गरेको सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छ...
श्रावण २७ गते, २०८३ - २२:१३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...
श्रावण २७ गते, २०८३ - २२:०९
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...
श्रावण २७ गते, २०८३ - २२:००
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...
श्रावण २७ गते, २०८३ - २१:४२
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...
श्रावण २७ गते, २०८३ - २१:३२
पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...
श्रावण २७ गते, २०८३ - २१:२९
काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...
श्रावण २७ गते, २०८३ - २१:२६
काठमाडौँ । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...
श्रावण २७ गते, २०८३ - २१:२१
काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...



प्रतिकृया लेख्नुहोस्: