काठमाडौं । कोरोना महामारीविरुद्व लकडाउन घोषणा गरेको सरकारले व्यवस्थापनामा भने निकै कमजाेर व्यवहार देखाएकाे । सरकारले लकडाउन त घोषणा गर्यो तर लकडाउनकै कारण सिर्जना भएको आम समस्यालाई भने वेवास्ता गरेकाे देखिएकाे छ ।
यहाँ लकडाउन लगाईरहँदा व्यवस्थापना कहाँ कहाँ चुक्यो भनि उल्लेख गरिएको छ ।
कहाँ–कहाँ चुक्यो सरकार ?
– लकडाउनको सिद्धान्त भनेकै जो जहाँ छ, त्यहि बस्ने भन्ने हो । त्यसको लागि सरकारले विपन्न वर्ग पहिचान गरेर जीविका धान्न पुग्ने गरि राहत दिनुपर्थ्यो ।
– लकडाउनमा नागरिक घरभित्र बस्ने सरकार फिल्डमा उत्रिनु पर्ने हो ।
– पहुँच, पास, बल मिच्याई, लेनदेनआदिबाट आवतजावतको अनुमति लकडाउनमा नहुनुपर्ने हो ।
– लकडाउनको समयमा हरेक समुदायमा व्यापक टेष्ट गरेर देशको संक्रमणको स्थिति पत्ता लगाउनु पर्ने हो ।
– लकडाउनको समयमा उच्च, मध्यम र निम्न आय भएका व्यक्तिको विवरण संकलन गरेर विपन्न आय भएकालाई परिचय पत्रको व्यवस्था गर्नुपर्ने हो ।
– व्यापक टेष्ट बढाएर हरियो, पहेंलो र रातो क्षेत्र पत्ता लगाउनुपर्ने हो ।
– ७७ जिल्लामा कम्तीमा एउटा एऋच् मेसिन उपलब्ध गराउनुपर्ने हो ।
– लकडाउन उल्लङ्घन गर्नेलाई फाइनको व्यवस्था गर्नुपर्ने हो ।
– हरेक आन्तरिक नाकामा प्रहरी खटाएर आवतजावत ठाउँको ठाउँ रोक्नु हो ।
– लकडाउनलाई अर्थतन्त्रसँग जोड्नको लागि मजदुरहरुको टेस्ट गरेर तथा उद्योगमा आवासीय व्यवस्था गरेर उद्योग चलाउने, कृषकलाई मल, बिउ, औषधि तथा अनुदान दिने, औषधि उद्योगबाट पर्याप्त औषधि उत्पादन गर्न लगाउने, एक वर्षको लागि औषधि र खाद्यान्न स्टक राख्ने, अस्पतालको क्षमता बढाउने, आइसीयु र भेन्टिलेटर चलाउन तालिम दिने लगायतका तयारी गर्नुपर्ने हो ।
– अर्थतन्त्रलाई जोगाउन मितव्ययी हुने, एक रुपैयाँ पनि भ्रष्ट्राचार गर्ने जो कोहिलाई कारबाही गर्ने, अनावश्यक शिर्षकका बजेटलाई अत्यावश्यकमा परिणत गर्ने आदि गर्नुपर्ने हो ।
– लकडाउन र सामाजिक दुरी उल्लङ्घन गर्दा विश्वका धेरै देशको कुन अवस्था भएको छ, त्यसबाट पाठ सिकेर रोकथामको लागि मन, बचन र कर्मले काम गर्नु हो ।
– सम्भावित भोकमरीको रोकथाम गर्ने जमिन बाँझो राख्न नपाइने, सामुहिक खेतीलाई प्रश्रय दिने, परम्परागत खेतीलाई प्रोत्साहित गर्ने, हरेक स्थानीय निकायलाई आत्मनिर्भर बनाउने सामग्री र उपाय दिनुपर्ने हो ।
– धरासायी भएका क्षेत्रलाई उठाउन बैकल्पिक व्यवस्था गर्नुपर्ने हो ।
– दीर्घरोगीका औषधि सरल, सुलभ र सहज रुपमा पाउने वातावरण सिर्जना गर्नु हो ।
– परामर्श सेवा हरेक स्थानीय निकायमा सुरु गर्नुपर्ने हो ।
– दुर शिक्षा, अनलाइन कक्षाको मापदण्ड, विषयवस्तु तथा इन्टरनेटमा पहुँच बढाएर एकरुपता कायम गर्नु हो ।
– लकडाउन पछिको जीवन संचालन गर्ने चरण, तरिका र सुरक्षित उपाय तयार गर्नु हो ।
– विदेशमा फसेका नेपालीलाई ल्याएर पुनर्थापन गर्नको लागि तयारी गर्नु हो ।
– मजदुरबीच दुरी कायम गरेर हाइड्रो पावर, सडक मर्मत, चक्रपथ विस्तारका बाँकी काम चीनलाई हस्तान्तरण गर्नुपूर्वका काम सक्नु हो ।
– लकडाउनको अनुगमन मुल सडकमा होइन, भित्रि बस्तीमा बढाउनु हो ।
– सिमानामा १०० प्रतिशत शिल गर्न सिमाबासी र सुरक्षाकर्मीको संयुक्त गस्ती २४ घण्टा कायम गर्नु हो ।
– दातृराष्ट्र तथा छिमेकबाट सक्दो उपकरण, औषधि तथा प्रबिधि सहयोग लिन अग्रसर भइरहनु हो ।
– देशमा सबैको लागि बराबर कानुनी शाशन स्थापित गर्नु हो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...


प्रतिकृया लेख्नुहोस्: