Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

खबरडबली संवाददाता

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम हुने विश्वास व्यक्त गरेका छन् ।

विश्वका अन्य देशबाट उद्योगका लागि आयत गरिन कच्चा पदार्थलगायतका सामाग्री सडक मार्गको तुलनामा रेलमार्फत ल्याइदा ढुवानी खर्चमा ३५ देखि ४० प्रतिशतसम्म बचत हुने उनीहरुको भनाइ छ।

मोरङ व्यापार सङ्घका अध्यक्ष अनुपम राठीका अनुसार रेलमार्फत सामान आयात गरिदा लागत मात्र नभई समय पनि ठूलो बचत हुने बताए। उनले सबै कन्टेनरमा जडित विद्युतीय कार्गो ट्रयाकिङ सिस्टम (इसिटीएस)का कारण सामान सुरक्षित रहने, बाटोमा हुने चोरी वा क्षतिको जोखिम अन्त्य हुने, सामान तथा रेलको निगरानी मोबाइलबाटै गर्न सकिने बताए।

अध्यक्ष राठीले बन्दरगाहमा लाग्ने विलम्ब शुल्कलगायतका शुल्क घट्ने भएकाले पनि नेपाली उद्योगी–व्यवसायीलाई बहुआयामिक लाभ प्राप्त हुने जानकारी दिए।  आगामी दिनमा उक्त सेवाको निरन्तरताले नेपालमा उत्पादिन सामाग्री भारत र तेस्रो मुलुक निर्यात गर्न समेत सस्तो र छिटो हुने अपेक्षा गरिएको छ । पछिल्लो समय कार्गाे रेलका लागि विराटनगरमै कार्यालय खोली कन्टेनर उपलब्ध गराउन थालेपछि नेपाली उद्योगको अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता समेत सुदृढ हुने विश्वास गरिएको छ।

मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगी–व्यवसायीले वर्षौंदेखिको सपना पछिल्लो एक दशकदेखि परिणाममुखी प्रयासले हर्षित तुल्याएको उद्योगी व्यवसायिको भनाइ छ। नेपाल र भारत सरकारका निकायसमक्ष सङ्घले उद्योगका लागि आवश्यक पर्ने सबै प्रकारका कच्चा पदार्थ कन्टेनर कार्गोमार्फत विराटनगर ल्याउन पाउने व्यवस्था मिलाउन माग माग गर्दैआएको थियो ।

दुवै देशका सरकारले त्यससम्बन्धी नीतिगत र कानुनी जटिलता फुकाइदिएपछि कोलकाता–विराटनगर सीधा कार्गो रेल सेवा सञ्चालनमा आएको छ। सङ्घका उपाध्यक्ष अनिलकुमार साह र महासचिव सञ्जयकुमार श्रेष्ठले विराटनगरसम्म कार्गो रेल आउँदा भविष्यमा उद्योग र व्यापारमा लगानी गर्न चाहने उद्योगी र व्यापारीका लागि पनि लाभदायिक हुने भएको छ।

मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष नवीन रिजालले उद्योगी र व्यापारीहरुको यो प्रयासलाई सरकारले स्वीकार गरी समस्या समाधानमा भएको यो प्रगतिप्रति सरकारलाई धन्यवाद दिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपूर्वमा नयाँ शक्ति समीकरणको संकेतः साउदी, पाकिस्तान र टर्कीबीच ‘मक्का संयुक्त रक्षा सम्झौता’

काठमाडौँ । मध्यपूर्वमा सैन्य तनाव चर्किरहेका बेला साउदी अरब, पाकिस्तान र टर्कीले सुरक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने गरी ‘मक्का संयुक्त रक्षा सम...

खाली सिलिन्डर बोकेर लाइनमा नबस्न आयल निगमका प्रमुख साहको आग्रह

५ दिनभित्र ग्यास समस्या हट्ने दाबी

सुनसरीदेखि सिरहासम्म गोली चल्दा जेनजीको प्रश्न– नागरिकमाथि राज्यको बल किन ?

काठमाडौँ । सुनसरीको देवानगन्जदेखि सिरहाको गोलबजारसम्म सुरक्षा निकायको गोली प्रहारबाट नागरिकको ज्यान गएको घटनाले राज्यको बल प्रयोग र सुरक्षा संयन्त्रको...

काठमाडौँका यी क्षेत्रमा आज र भोलि बत्ती जाने, कुन ठाउँमा कति बजे?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् संरचना सुधार तथा मर्मतसम्भारका लागि काठमाडौँका विभिन्न क्षेत्रमा दुई दिन विद्युत् आपूर्ति बन्द गर्ने भए...

‘झिँगेदाउ २’ को टिजर सार्वजनिक, देउरानी–जेठानीको झगडामा थपियो नयाँ ट्विस्ट

काठमाडौँ । प्रतीक्षित नेपाली चलचित्र ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ। ललितपुरस्थित क्यूएफएक्स लबिममा आयोजित कार्यक्रमबीच चलचित्रको १ मिनेट ५१ से...

घरको नक्सा डिजाइनमा देभको इन्जिनियरिङको ३३ प्रतिशत छुट

काठमाडौँ । घर निर्माणको तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले नक्सा डिजाइन तथा इन्जिनियरिङ सेवामा ३३ प्रतिशत छ...

बक्यौता महसुल तिर्ने ग्राहकलाई नेपाल टेलिकमको जरिवाना छुट

काठमाडौँ । नेपाल टेलिकमले दूरसञ्चार सेवा प्रयोग गरेबापतको बक्यौता महसुल भुक्तानी गर्न बाँकी ग्राहकलाई जरिवानामा छुट दिने भएको छ। कम्पनीले सार्वजनिक...

टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’, अब हरेक साता कमेडी बाजमा देखिँदै

काठमाडौँ । नेपाली टेलिभिजनमा ‘हर्के हल्दार’का रूपमा लोकप्रिय बनेका कलाकार विष्णु सापकोटा फेरि टेलिभिजन पर्दामा देखिने भएका छन्। लामो समय नियमित कार्यक...

कपिलवस्तुका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन, जंगलमा भेटियो मोटरसाइकल

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख किरण सिंह शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएका छन्। उनी चढेर हिँडेको मोटरसाइकल गोरुसिङ्गे जंगलमा भेटि...

आज देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज पनि देशका अधिकांश भूभागमा वर्षाको सम्भ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending