Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

सुरक्षित भनिएको सेवा किन बन्दैछ असुरक्षित?

गर्भपतनकै जटिलतामा अकालमै गुमिरहेका छन् आमाहरू

खबरडबली संवाददाता

काठमाडौं । कागजमा ‘अधिकार’, व्यवहारमा ‘जोखिम’  नेपालमा सुरक्षित गर्भपतन सेवा यस्तै विरोधाभासबीच गुज्रिरहेको छ। कानुनले सुनिश्चित गरेको सेवा, सरकारी अस्पतालमा निःशुल्क व्यवस्था, हजारौँ तालिमप्राप्त स्वास्थ्यकर्मी  तर पनि असुरक्षित गर्भपतनकै कारण महिलाहरूको मृत्यु रोकिन सकेको छैन।

महामारीको समयले यो समस्यालाई झन् नाङ्गो बनायो । COVID-19 को नियन्त्रणमा केन्द्रित स्वास्थ्य प्रणालीले अन्य सेवाहरूलाई छायामा पार्दा २०७६ चैतदेखि २०७७ साउनसम्म मात्रै १३४ गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाए। परिवार नियोजन सेवा प्रयोगदर घट्यो, सुरक्षित गर्भपतन सेवामा पहुँच झन् सीमित बन्यो।

सेवा छ, तर किन जोखिम बढ्दैछ?

नेपालमा सुरक्षित गर्भपतन कानुनी रूपमा मान्य छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ ले १२ हप्तासम्म महिलाको इच्छाअनुसार र विशेष अवस्थामा २८ हप्तासम्म गर्भपतनको अनुमति दिन्छ।

तर व्यवहारमा अवस्था फरक छ । असूचीकृत क्लिनिकहरू सञ्चालन,तालिम नपाएका स्वास्थ्यकर्मी सक्रिय औषधि पसलबाट अवैध रूपमा गर्भपतनका औषधि बिक्री जस्तजा कारणले ‘सुरक्षित’ भनिएको सेवा जोखिमपूर्ण बन्दै गएको छ।

मृत्युका कथाहरू: प्रणालीको कमजोरीको मूल्य

चितवन, पर्सा, पाल्पा ठाउँ फरक, कथा एउटै छ। चितवनमा एक महिलाको अत्यधिक रक्तस्रावका कारण मृत्यु भयो, जहाँ सेवा दिने संस्था नै सूचीकृत थिएन। पर्सामा एक युवतीले औषधि पसलबाट सल्लाहविनै औषधि खाँदा ज्यान गुमाइन्। पाल्पाकी गीता पाण्डे तीन–तीन स्वास्थ्य संस्था धाउँदा धाउँदै जीवन गुमाउन बाध्य भइन्। यी घटना अपवाद होइनन्  प्रणालीगत कमजोरीका उदाहरण हुन्।

आधाभन्दा बढी गर्भपतन अझै असुरक्षित

स्वास्थ्य सेवा विभाग को तथ्यांक झन् चिन्ताजनक छ।  नेपालमा हुने करिब ५२ प्रतिशत गर्भपतन असुरक्षित छन् । वार्षिक लाखौँ महिलाले सेवा लिन्छन्, तर ठूलो हिस्सा स्वास्थ्य संस्था बाहिर दैनिक औसतमा २ महिलाको मृत्यु गर्भपतनकै जटिलतासँग जोडिन्छ । यसले देखाउँछ— समस्या सेवा अभाव मात्र होइन, प्रणाली र पहुँचको असमानता पनि हो।

किन पुग्दैनन् महिलाहरू सुरक्षित सेवामा?

यसका कारण धेरै छन्—

१. गोपनीयताको डरः सरकारी अस्पतालमा गोपनीयता नहुने डरले महिलाहरू निजी क्लिनिक वा औषधि पसलतिर धकेलिन्छन्।

२. चेतनाको अभावः ‘कहाँ जाने?’, ‘कसरी सेवा लिने?’— धेरैलाई थाहा छैन।

३. कमजोर अनुगमनः सूचीकृत नभएका क्लिनिक खुलेआम सञ्चालनमा छन्, तर कारबाही न्यून।

४. सामाजिक संकोचः गर्भपतन अझै पनि खुला रूपमा छलफल गर्न सकिने विषय बनेको छैन।

सरकारी दाबी बनाम वास्तविकता

सरकारले ७७ जिल्ला अस्पतालमा सेवा उपलब्ध रहेकाे, २,८०० भन्दा बढी स्वास्थ्य संस्था सूचीकृत भएफकाे र ७,००० भन्दा बढी तालिमप्राप्त स्वास्थ्यकर्मी  रहेकाे बताए पनि  वास्तविकता के देखिन्छ भने “सेवा छ, सेवाग्राही छैनन्” भन्ने सरकारी भनाइमै समस्या लुकेको छ।

सेवा किन प्रयोग हुँदैन?
किन महिलाहरू अझै जोखिमपूर्ण विकल्प रोज्छन्? यी प्रश्नको जवाफ खोज्नु नै मुख्य चुनौती हो।

औषधि दुरुपयोग: लुकेको संकट 

गर्भपतनका लागि प्रयोग हुने मिफेप्रिस्टोन र मिसोप्रोस्टोल जस्ता औषधि सुरक्षित मानिन्छन्— तर सही सल्लाह र निगरानीमा मात्र।  तर बजारमा यी औषधि बिना प्रेस्क्रिप्सन बिक्री भइरहेका छन्। परिणाम—गलत प्रयोग, अत्यधिक रक्तस्राव, जटिलता, मृत्यु, 

कानुन बलियो, कार्यान्वयन कमजोर

कानुनले अधिकार दिएको छ, तर कार्यान्वयन फितलो छ।  नेपाल मेडिकल काउन्सिल ले समेत हालैका घटनामा अनुगमन कमजोर, दर्ताविहीन सेवा, आर्थिक लाभका लागि जोखिमपूर्ण अभ्यास जस्ता समस्या औँल्याएको छ।

स्थानीय तहलाई अनुमति दिने अधिकार भए पनि धेरैले जिम्मेवारी लिनै चाहेका छैनन्।

अब के गर्नुपर्छ?

समाधान स्पष्ट छन्, तर कार्यान्वयन जरुरी कडा अनुगमन, असूचीकृत क्लिनिक तुरुन्त बन्द गर्नुपर्छ। 

चेतना अभियानः महिलालाई सुरक्षित सेवा कहाँ र कसरी पाइन्छ भन्ने जानकारी दिनुपर्छ।

गोपनीयता सुनिश्चितताः सरकारी अस्पतालमा सेवा लिन सहज वातावरण बनाउनुपर्छ।

औषधि नियन्त्रणः प्रेस्क्रिप्सन बिना औषधि बिक्रीमा कडाइ गर्नुपर्छ।

अधिकारलाई व्यवहारमा उतार्ने समय

नेपालमा सुरक्षित गर्भपतन कानुनी अधिकार हो । तर त्यो अधिकार अझै सबै महिलासम्म पुगेको छैन।  जबसम्म सेवा पहुँचयोग्य, सुरक्षित र विश्वासिलो हुँदैन । ‘सुरक्षित गर्भपतन’ कागजमै सीमित रहनेछ, र असुरक्षित अभ्यासकै कारण आमाहरूको अकाल मृत्युको श्रृंखला रोकिने छैन।

अब प्रश्न एउटै छ हामी अधिकार घोषणा गरेर सन्तुष्ट हुने कि त्यसलाई व्यवहारमा उतार्ने?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending