काठमाडौं । उपभोक्ताहरूलाई छाला गोरो बनाउने क्रिमहरूले रङ्ग मेट्ने वस्तु जस्तै काम गर्ने भन्दै प्रयोग नगर्न सुझाव दिइएको छ । ब्रिटेनको स्थानीय सरकारको सङ्घले हालै विभिन्न ठाउँमा छापा मारेपछि प्राप्त जानकारीका आधारमा त्यस्ता उत्पादनहरू कुनै हालतमा प्रयोग नगर्न सुझाव दिएको हो।
त्यस्ता धेरै उत्पादनमा रङ्ग खुइल्याउने हाइड्रोक्विनोन भन्ने तत्व रहेको र तिनमा पारो तत्व (मर्करी) पनि हुन सक्ने बताइएको छ । द ब्रिटिश स्किन फाउन्डेशनले आफ्नो छालाबारे कुनै चिन्ता भए डाक्टरसँग कुराकानी गर्न आग्रह गरेको छ।
घातक : हाइड्रोक्विनोन
सङ्घले भनेको छ –यस्ता उत्पादनहरू अनलाइन, खुद्रा विक्रेता र अन्य पसलमा राख्ने गरिएको छ । र, तिनले धेरैजसो त्यसमा प्रयोग भएका सामग्री र तिनको मात्रा स्पष्ट रुपमा उल्लेख गर्ने गरेका छैनन् जसले उपभोक्ताहरू खतरामा परेका छन् । एलजीएले भनेको छ – हाइड्रोक्विनोनले छालाको माथिल्लो तह नै नष्ट पारिदिन सक्छ जसले छालाको क्यान्सर, कलेजो र मृगौलामा पनि घातक असर पार्न सक्छ । पारोले पनि जीवन खतरामा पार्ने खालका स्वास्थ्य समस्या निम्त्याउन सक्छ । मानव स्वास्थ्यमा गम्भीर असर पर्न सम्भावना भएकाले नै चिकित्सकले प्रेसक्रिप्शनमा नलेखेसम्म हाइड्रोक्विनोन स्टेरोइड वा पारोयुक्त पदार्थ प्रयोग गर्न यूकेमा प्रतिबन्धित छ ।
जस्तोसुकै अवस्थामा प्रयोग नगर्नू
एलजीएले हालै विभिन्न स्थानबाट कैयौँ उत्पादन नियन्त्रणमा लिएको थियो। डागेनह्यामस्थित एउटा पसलबाट हाइड्रोक्विनोनयुक्त ३६० वटा उत्पादन नियन्त्रणमा लिइएको थियो। त्यसमा प्रयोग भएका सामग्रीहरू सही रूपमा उल्लेख गरिएका थिएनन्। पसलेहरूलाई ठूलो जरिवाना लगाइयो। त्यसैगरी साउथवार्क काउन्सिलले छाला गोरो बनाउने २, ९०० प्रकारका क्रिम नियन्त्रणमा लिएको थियो।
तीमध्ये धेरैजसो नाइजेरियाबाट सिधा आयात गरिएको थियो। यो प्रकरणमा त्यस्ता उत्पादन विक्री गरेका व्यक्तिलाई जेल हालिएको थियो जसलाई यूकेकै पहिलो घटना भनिएको छ। त्यसैगरी क्यामरुनबाट ल्याइएका त्यस्ता उत्पादन ग्याटविक विमानस्थलमा पक्रिएको थियो। तिनमा पनि हाइड्रोक्विनोन पाइएको थियो।
सङ्घका एक अधिकारी सिमोन ब्ल्याकबर्नले भने ‘छाला गोरो बनाउने क्रिममा प्रतिबन्धित सामग्रीहरू पाइएका छन् जुन असाध्यै खतरनाक छन्। तिनले तपाईँका स्वास्थ्य खतरामा पार्छन्। जिन्दगीभरिका लागि दागी बनाइदिन सक्छन् या ज्यानै पनि लिन सक्छन्। त्यसैले कुनै हालतमा प्रयोग गर्न हुँदैन।’
‘उपभोक्ताले आफूले लगाउने छालाका क्रिममा के तत्व प्रयोग गरिएको छ भन्ने जाँच्नुपर्छ र अति कम मूल्य छ भने कतै नक्कली त होइन भन्ने शङ्का पनि गर्नुपर्छ। हाइड्रोक्विनोन तत्व भएको क्रिम त कहिल्यै प्रयोग गर्न हुँदैन।’
द ब्रिटिश स्किन फाउन्डेशनकी प्रवक्ता लिसा बीकरस्टाफले भनिन्, छाला गोरो बनाउने गैरकानुनी क्रिमको मुद्दा हरके वर्षजसो आउने गरेको छ।
उनले भनिन्, ‘यस्ता उत्पादनमा प्रयोग भएका सामग्रीले गम्भीर स्वास्थ्य समस्या ल्याउन सक्छन्। त्यसैले ती प्रयोग नगर्न आग्रह गर्छौँ।’ उनले आफ्नो छालाको रङ्गबारे कुनै चिन्ता भए चिकित्सकसँग सल्लाह लिन सुझाइन्।
(एजेन्सीको सहयोगमा)
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: