Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

डनका नाइके मन्त्री बनेपछि...

\"dipak-giri-minister-1\"२७ भदौ । सिंचाई मन्त्री दीपक गिरीले दाङका सर्वसाधारणलाई ‘म पनि गुन्डा हुँ’ भन्दै धम्क्याएको अडियो हालै सार्वजनिक भएको छ । मन्त्रीले नै आफूलाई गुन्डा हुँ भन्दै जिल्लावासीलाई थर्काएको घटना सार्वजनिक हँुदा पनि नेपाली कांग्रेसले यस विषयमा केही बोलेको छैन । दृष्टि साप्ताहिकमा खबर छ– किनकी नेपाली कांग्रेसमा गिरीजस्तै गुन्डागर्दी पृष्ठभूमिका नेताहरुको बोलवाला छ । वनमन्त्री बनाइएका शंकर भण्डारी यसका अर्का उदाहरण हुन् । भण्डारीलाई प्रहरी अधिकारीहरु गुन्डाहरुको ‘एजेन्ट’का रुपमा चिन्दछन् । जो गुन्डाहरु पक्राउ पर्दा सँधै छुटाउन आफैं जाने गर्दथे । कतिपय प्रहरीलाई गुन्डासँग् सेटिङ मिलाउने काम समेत गर्दथे । उनले घुस्याहा प्रहरीहरुसँग मिलेर पक्राउ गराउने र छुटाउने धन्दा गर्दै आएका थिए । दरबारमार्गका होटल÷रेष्टुराँमा उनी देशका चर्चित गुन्डाहरु वरिपरि राखेर बस्ने गर्दथे । नेपाली कांग्रेस मात्र होइन सबै पार्टीका गुन्डाहरुको उनी संरक्षक थिए । प्रहरीको दलालबाटै उनले प्रशस्त पैसा कमाए । त्यस्ता व्यक्ति अहिलेको सरकारको महत्वपूर्ण मन्त्रालय सम्हाल्ने मन्त्री भएका छन् । सबै जिल्लामा नेटवर्क भएको वन मन्त्रालय सम्हालेपछि मन्त्री भण्डारीले असुली धन्दा सुरु गरिसकेका छन् । वन मन्त्रालयमा भ्रष्ट सहसचिवका रुपमा चिनिएका कृष्णप्रसाद आचार्यलाई उनले वन विभागको महानिर्देशक बनाएका छन् । आचार्य करोडौं खर्च गरेर वन विभागको महानिर्देशक भएको स्रोत बनाउँछ । अन्य एक दर्जन सहसचिवहरु महानिर्देशक बन्ने दौडधुपमा थिए । तर, आचार्यमार्फत् आफूले चाहेअनुसार डिएफओ तथा रेञ्जरहरुको सरुवा गर्न सक्ने र तस्करीको लाइन खुलाउन सकिने भएपछि उनी मन्त्री भण्डारीको रोजाइमा परेका हुन् । डिएफओहरुको सरुवामा पनि असुली हुने गरेको छ । तराईका जिल्लाको डिएफओ बन्न कर्मचारीहरुबीच टेन्डर नै चल्ने गरेको छ । मन्त्री निकटका व्यक्तिहरुले सरुवाको लागि पैसा उठाउन थालिसकेका छन् । अर्कोतर्फ झ्याउ व्यवसायीहरु भने फेरि झ्याउ संकलन र निकासीलाई खुलाउने लबिङमा लागेका छन् । जसका लागि मन्त्री भण्डारीले ग्रिन सिंग्नल दिइसकेका छन् । खुमबहादुर खड्काको सिफारिसमा मन्त्री भएका भण्डारी पैसा उठाउने मामिलामा खुमबहादुरभन्दा अगाडि रहेको कांग्रेस नेताहरु बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending