काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले औपचारिक रूपमा सपथ ग्रहण गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित समारोहमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले सपथ ग्रहण गरेपछि अन्य केन्द्रीय सदस्यहरूलाई सपथ गराइएको हो ।
सपथ ग्रहण समारोहमा जेष्ठ कम्युनिस्ट मञ्चका अध्यक्ष एनके प्रसाईंले संयोजक प्रचण्ड र सह–संयोजक नेपाललाई सपथ खुवाउँदै परिचय पत्रसमेत हस्तान्तरण गरेका थिए । त्यसपछि संयोजक प्रचण्डले उपस्थित केन्द्रीय सदस्यहरूलाई सपथ गराएका हुन् ।
समारोहलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले परम्परागत ढर्रा र चल्तीको राजनीतिक शैलीबाट मात्रै देशले भोगिरहेको जटिल परिस्थितिको सामना गर्न नसकिने स्पष्ट पारे । राष्ट्रलाई थप एकताबद्ध बनाउने, राष्ट्रिय एकता मजबुत पार्ने र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्न नयाँ संकल्प र साहसी पहल आवश्यक रहेको उनको भनाइ थियो । यही निष्कर्षका आधारमा पार्टीलाई सबैलाई एकताबद्ध गर्दै अगाडि बढाइएको उनले बताए ।
प्रचण्डले बुधबार राष्ट्रिय सभा गृहमा काठमाडौं उपत्यकासहित देशैभर बलियो राजनीतिक सन्देश दिने गरी अर्को एकता समारोह आयोजना गरिएको उल्लेख गर्दै पार्टीले नयाँ चरणको राजनीतिक यात्रामा प्रवेश गरेको दाबी गरे । उनले भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने परिकल्पनाबाट पछि नहट्ने अठोट दोहोर्याउँदै भने, “भ्रष्टाचारमुक्त समाजको परिकल्पना बनाएरै छाड्छु, त्यसका लागि पार्टी र नेतृत्व प्रतिबद्ध छ।”
सपथ ग्रहणपछि अब पार्टीको केन्द्रीय संरचनालाई पूर्णता दिने, संगठनात्मक कामलाई तीव्रता दिने र जनतासँग जोडिने अभियानमा केन्द्रित हुनुपर्ने आवश्यकता रहेको प्रचण्डको भनाइ छ ।
त्यसैगरी सह–संयोजक माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनलाई पार्टीको अर्को अग्निपरीक्षाका रूपमा व्याख्या गरे । उनले चुनावको तयारीमा ढिलाइ नगरी संगठन परिचालन, घोषणापत्र निर्माण र जनस्तरसम्म पार्टीको सन्देश पुर्याउने काममा सबै नेता–कार्यकर्ता जुट्न आग्रह गरे ।
नेपालले निर्वाचन जित्न सक्ने वातावरण निर्माण भइसकेको दाबी गर्दै अब जिम्मेवारीपूर्वक काम गर्न सके पार्टीले अपेक्षित सफलता हासिल गर्ने विश्वास व्यक्त गरे । उनले पार्टी एकतापछि अबको मुख्य चुनौती जनविश्वास जित्दै चुनावी मैदानमा मजबुत रूपमा उत्रिनु रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - १८:१२
काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको सम्भावना अझै जीवित रहेको बताएका छन् । संसद विघटनसम्बन्धी मुद्दा...
पौष २९ गते, २०८२ - १८:०२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले आगामी निर्वाचन आफ्नो पार्टीका लागि निर्णायक र अग्निपरीक्षा हुने बताएका छन् । उनले निर्वाचन...
पौष २९ गते, २०८२ - १७:५८
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताको समय आज साँझ साढे ७ बजेसम्म कायम रहने भएको छ । विशेष महाधिवे...
पौष २९ गते, २०८२ - १७:५७
काठमाडौं । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाई (एफआइयू–नेपाल) ले आर्थिक वर्ष २०८१/८२ (सन् २०२4/२५) को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको ...
पौष २९ गते, २०८२ - १७:५१
नेकपाका केन्द्रीय सदस्यले लिए सपथ
पौष २९ गते, २०८२ - १७:४७
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता ...
पौष २९ गते, २०८२ - १२:५२
काठमाडौं । भारतको हिमाचल प्रदेशको सोलन जिल्लामा ग्यास सिलिण्डर विष्फोटमा ९ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने नेपालीहरू सल्यान जोल्लाका भए...
पौष २९ गते, २०८२ - १२:३१
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमिसहित केही शीर्ष नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित हुने भएका छन् । बुधब...
पौष २९ गते, २०८२ - १२:२६
मुस्ताङ । चीनबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको २ करोड २४ लाख रुपैयाँभन्दा बढी मूल्यको विद्युतीय चुरोट (भेप) सशस्त्र प्रहरीले बरामद गरेको छ । घटन...
पौष २९ गते, २०८२ - १२:२३
काठमाडौं । गृहमन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ८ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार उपसचिव ज...




प्रतिकृया लेख्नुहोस्: