Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

शङ्कास्पद कारोबार प्रतिवेदन ३० प्रतिशतले बढ्यो, वित्तीय जानकारी इकाईको वार्षिक प्रतिवेदन सार्वजनिक

खबरडबली संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाई (एफआइयू–नेपाल) ले आर्थिक वर्ष २०८१/८२ (सन् २०२4/२५) को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले नेपालमा सम्पत्ति शुद्धीकरण निवारण, आतङ्ककारी गतिविधिमा हुने वित्तीय लगानी नियन्त्रण तथा आमविनाशका हातहतियार निर्माण र विस्तारमा हुने लगानी रोकथाम (एएमएल/सीएफटी) का क्षेत्रमा इकाईले गरेका नीतिगत, संस्थागत र सञ्चालनगत प्रगतिलाई समेटेको छ ।

वार्षिक प्रतिवेदनअनुसार इकाईमा प्राप्त हुने शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ । गत आर्थिक वर्षमा इकाईले आठ हजार ५६५ वटा शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदन प्राप्त गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी हो ।

प्रतिवेदनमा इकाईले प्राप्त गरेका सूचनाको विश्लेषण, त्यसको आधारमा सम्बन्धित कानुन कार्यान्वयन गर्ने निकायमा सम्प्रेषित तथ्याङ्क, आन्तरिक तथा अन्तर्राष्ट्रिय समन्वयका प्रयास र आगामी रणनीतिक प्राथमिकतासमेत समावेश गरिएको छ ।

इकाईले आर्थिक वर्ष २०८१/८२ मा सूचनाको सुरक्षा, गोपनीयता र प्रयोगसम्बन्धी मार्गदर्शन तयार गरेको जनाएको छ । साथै ‘गो–एएमएल अपरेसन गाइडलाइन’ जारी तथा अद्यावधिक गर्ने, शङ्कास्पद कारोबार र सीमा कारोबारसम्बन्धी मार्गदर्शन परिमार्जन गर्ने जस्ता महत्वपूर्ण कार्य सम्पन्न गरिएको उल्लेख छ । वर्षभरि सूचक संस्था, नियामक निकाय, कानुन कार्यान्वयन गर्ने निकाय तथा अन्य सरोकारवाला संस्थालाई लक्षित गर्दै क्षमता विकास, अभिमुखीकरण र सचेतना कार्यक्रम सञ्चालन गरिएको प्रतिवेदनमा जनाइएको छ ।

गो–एएमएल प्रणालीमार्फत वित्तीय सूचना सङ्कलनमा उल्लेख्य वृद्धि भएको प्रतिवेदनले देखाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा गो–एएमएल प्रणालीमा आबद्ध सूचक संस्थाहरूको सङ्ख्या एक हजार ६३८ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा यो सङ्ख्या तीन हजार ४८७ पुगेको छ ।

त्यस्तै, गत आर्थिक वर्षमा इकाईले प्राप्त गरेका प्रतिवेदनहरूको विश्लेषण करिब ४० प्रतिशतले वृद्धि भएको छ । विश्लेषणपछि ८४५ वटा शङ्कास्पद कारोबार तथा गतिविधिसम्बन्धी वित्तीय जानकारी नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायहरूमा पठाइएको छ । यसबाट वित्तीय अपराधको पहिचान, अनुसन्धान र अभियोजन प्रक्रियामा प्रत्यक्ष सहयोग पुगेको विश्वास इकाईले व्यक्त गरेको छ ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा इकाईले विदेशी वित्तीय जानकारी इकाईहरूसँग ६४ वटा सूचना आदानप्रदान गरेको छ । यसले सीमापार वित्तीय कारोबारबाट उत्पन्न जोखिम, अन्तरदेशीय अपराध सञ्जाल, साइबर ठगी तथा नयाँ प्रकृतिका वित्तीय अपराधविरुद्ध अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ बनाएको प्रतिवेदनमा उल्लेख छ ।

एसिया प्यासिफिक ग्रुप (एपीजी) ले सन् २०२३ मा गरेको नेपालको पारस्परिक मूल्याङ्कनपछि नेपाल ग्रे–लिस्टमा परेपछि इकाईमार्फत गरिएका समन्वयात्मक प्रयासहरूलाई पनि प्रतिवेदनमा समेटिएको छ ।

वार्षिक प्रतिवेदनले जोखिममा आधारित दृष्टिकोण अवलम्बन, प्रविधिमा आधारित विश्लेषण प्रणालीको विकास, अन्तरनिकाय समन्वय सुदृढीकरण तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधारका प्रयासलाई आगामी प्राथमिकताका क्षेत्रका रूपमा अघि सारेको छ । वित्तीय सूचनाको विश्लेषणको गुणस्तर अभिवृद्धि गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ प्रभावकारी बनाउने दिशामा इकाईको आगामी कार्यदिशा केन्द्रित रहने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending