Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

शङ्कास्पद कारोबार प्रतिवेदन ३० प्रतिशतले बढ्यो, वित्तीय जानकारी इकाईको वार्षिक प्रतिवेदन सार्वजनिक

खबरडबली संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाई (एफआइयू–नेपाल) ले आर्थिक वर्ष २०८१/८२ (सन् २०२4/२५) को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले नेपालमा सम्पत्ति शुद्धीकरण निवारण, आतङ्ककारी गतिविधिमा हुने वित्तीय लगानी नियन्त्रण तथा आमविनाशका हातहतियार निर्माण र विस्तारमा हुने लगानी रोकथाम (एएमएल/सीएफटी) का क्षेत्रमा इकाईले गरेका नीतिगत, संस्थागत र सञ्चालनगत प्रगतिलाई समेटेको छ ।

वार्षिक प्रतिवेदनअनुसार इकाईमा प्राप्त हुने शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ । गत आर्थिक वर्षमा इकाईले आठ हजार ५६५ वटा शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदन प्राप्त गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी हो ।

प्रतिवेदनमा इकाईले प्राप्त गरेका सूचनाको विश्लेषण, त्यसको आधारमा सम्बन्धित कानुन कार्यान्वयन गर्ने निकायमा सम्प्रेषित तथ्याङ्क, आन्तरिक तथा अन्तर्राष्ट्रिय समन्वयका प्रयास र आगामी रणनीतिक प्राथमिकतासमेत समावेश गरिएको छ ।

इकाईले आर्थिक वर्ष २०८१/८२ मा सूचनाको सुरक्षा, गोपनीयता र प्रयोगसम्बन्धी मार्गदर्शन तयार गरेको जनाएको छ । साथै ‘गो–एएमएल अपरेसन गाइडलाइन’ जारी तथा अद्यावधिक गर्ने, शङ्कास्पद कारोबार र सीमा कारोबारसम्बन्धी मार्गदर्शन परिमार्जन गर्ने जस्ता महत्वपूर्ण कार्य सम्पन्न गरिएको उल्लेख छ । वर्षभरि सूचक संस्था, नियामक निकाय, कानुन कार्यान्वयन गर्ने निकाय तथा अन्य सरोकारवाला संस्थालाई लक्षित गर्दै क्षमता विकास, अभिमुखीकरण र सचेतना कार्यक्रम सञ्चालन गरिएको प्रतिवेदनमा जनाइएको छ ।

गो–एएमएल प्रणालीमार्फत वित्तीय सूचना सङ्कलनमा उल्लेख्य वृद्धि भएको प्रतिवेदनले देखाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा गो–एएमएल प्रणालीमा आबद्ध सूचक संस्थाहरूको सङ्ख्या एक हजार ६३८ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा यो सङ्ख्या तीन हजार ४८७ पुगेको छ ।

त्यस्तै, गत आर्थिक वर्षमा इकाईले प्राप्त गरेका प्रतिवेदनहरूको विश्लेषण करिब ४० प्रतिशतले वृद्धि भएको छ । विश्लेषणपछि ८४५ वटा शङ्कास्पद कारोबार तथा गतिविधिसम्बन्धी वित्तीय जानकारी नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायहरूमा पठाइएको छ । यसबाट वित्तीय अपराधको पहिचान, अनुसन्धान र अभियोजन प्रक्रियामा प्रत्यक्ष सहयोग पुगेको विश्वास इकाईले व्यक्त गरेको छ ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा इकाईले विदेशी वित्तीय जानकारी इकाईहरूसँग ६४ वटा सूचना आदानप्रदान गरेको छ । यसले सीमापार वित्तीय कारोबारबाट उत्पन्न जोखिम, अन्तरदेशीय अपराध सञ्जाल, साइबर ठगी तथा नयाँ प्रकृतिका वित्तीय अपराधविरुद्ध अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ बनाएको प्रतिवेदनमा उल्लेख छ ।

एसिया प्यासिफिक ग्रुप (एपीजी) ले सन् २०२३ मा गरेको नेपालको पारस्परिक मूल्याङ्कनपछि नेपाल ग्रे–लिस्टमा परेपछि इकाईमार्फत गरिएका समन्वयात्मक प्रयासहरूलाई पनि प्रतिवेदनमा समेटिएको छ ।

वार्षिक प्रतिवेदनले जोखिममा आधारित दृष्टिकोण अवलम्बन, प्रविधिमा आधारित विश्लेषण प्रणालीको विकास, अन्तरनिकाय समन्वय सुदृढीकरण तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधारका प्रयासलाई आगामी प्राथमिकताका क्षेत्रका रूपमा अघि सारेको छ । वित्तीय सूचनाको विश्लेषणको गुणस्तर अभिवृद्धि गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ प्रभावकारी बनाउने दिशामा इकाईको आगामी कार्यदिशा केन्द्रित रहने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद भंग गरेर संविधानलाई जबरजस्ती लिकबाहिर पुर्‍याइयो, विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुन सक्छः सभामुख घिमिरे

काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको सम्भावना अझै जीवित रहेको बताएका छन् । संसद विघटनसम्बन्धी मुद्दा...

चुप लागेर बस्ने अवस्था छैन, आगामी निर्वाचन हाम्रो पार्टीका लागि अग्निपरीक्षा हाेः माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले आगामी निर्वाचन आफ्नो पार्टीका लागि निर्णायक र अग्निपरीक्षा हुने बताएका छन् । उनले निर्वाचन...

कांग्रेस विशेष महाधिवेशन: उम्मेदवारी दर्ताको समय साँझ साढे ७ बजेसम्म, समय थप नहुने स्पष्ट

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताको समय आज साँझ साढे ७ बजेसम्म कायम रहने भएको छ । विशेष महाधिवे...

शङ्कास्पद कारोबार प्रतिवेदन ३० प्रतिशतले बढ्यो, वित्तीय जानकारी इकाईको वार्षिक प्रतिवेदन सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाई (एफआइयू–नेपाल) ले आर्थिक वर्ष २०८१/८२ (सन् २०२4/२५) को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको ...

भ्रष्टाचारमुक्त समाजको परिकल्पना बनाएरै छाड्छु’ : प्रचण्ड

नेकपाका केन्द्रीय सदस्यले लिए सपथ

प्रतिनिधिसभा निर्वाचन रोक्न सर्वोच्चमा रिट, सम्पूर्ण निर्वाचन कार्यक्रम स्थगनको माग

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता ...

भारतमा ग्यास सिलिण्डर विष्फोट हुँदा ९ जना नेपालीकाे मृत्यु

काठमाडौं । भारतको हिमाचल प्रदेशको सोलन जिल्लामा ग्यास सिलिण्डर विष्फोटमा ९ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने नेपालीहरू सल्यान जोल्लाका भए...

राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमिसहित नेताहरू नेकपा प्रवेश गर्दै

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमिसहित केही शीर्ष नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित हुने भएका छन् । बुधब...

चीनबाट तस्करी हुँदै आएको २ करोड २४ लाखको भेप बरामद, चालक पक्राउ

मुस्ताङ । चीनबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको २ करोड २४ लाख रुपैयाँभन्दा बढी मूल्यको विद्युतीय चुरोट (भेप) सशस्त्र प्रहरीले बरामद गरेको छ । घटन...

गृहमन्त्रालयद्वारा ४ जिल्लामा सीडीओ हेरफेर, ८ उपसचिवको सरुवा

काठमाडौं । गृहमन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ८ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार उपसचिव ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending