काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउँदै निर्वाचन कार्यतालिका तत्काल स्थगित गर्न माग गरेका हुन् ।
रिट निवेदनमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ६ गतेदेखि सुरु हुने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्तासमेत रोक्न अन्तरिम आदेशको माग गरिएको छ । रिटमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाइएको छ ।
रिट निवेदकले संसद् विघटनको वैधतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकै बेला निर्वाचन कार्यक्रम सार्वजनिक गर्नु न्यायिक प्रक्रियामाथि हस्तक्षेप भएको दाबी गरेका छन् । सर्वोच्चमा विचाराधीन मुद्दाको फैसला नआउँदै निर्वाचनको मिति तोक्नु संविधानको मर्म र कानुनी व्यवस्थाविपरीत रहेको उनको जिकिर छ ।
रिटमा उल्लेख भएअनुसार संसद् विघटनसम्बन्धी मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि अगाडि बढाउनु संविधान तथा प्रचलित कानुनको बर्खिलाप हुने कार्य हो । त्यसकारण निर्वाचनसँग सम्बन्धित सबै निर्णय र कार्यतालिका प्रथम दृष्टिमा नै असंवैधानिक र गैरकानुनी भएकाले तत्काल खारेज गर्नुपर्ने माग गरिएको छ ।
रिट निवेदनमा सर्वोच्च अदालतको फैसलाअघि निर्वाचन प्रक्रिया अगाडि बढेमा यसले गम्भीर संवैधानिक संकट निम्त्याउने तथा भविष्यमा कानुनी जटिलता थपिने चेतावनीसमेत दिइएको छ ।
अब सर्वोच्च अदालतले यस विषयमा प्रारम्भिक सुनुवाइ गरी अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्णय गर्नेछ । निर्वाचनको मिति नजिकिँदै गर्दा दायर भएको यस रिटले राजनीतिक तथा संवैधानिक बहसलाई थप चर्काउने देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - १८:१२
काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको सम्भावना अझै जीवित रहेको बताएका छन् । संसद विघटनसम्बन्धी मुद्दा...
पौष २९ गते, २०८२ - १८:०२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले आगामी निर्वाचन आफ्नो पार्टीका लागि निर्णायक र अग्निपरीक्षा हुने बताएका छन् । उनले निर्वाचन...
पौष २९ गते, २०८२ - १७:५८
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताको समय आज साँझ साढे ७ बजेसम्म कायम रहने भएको छ । विशेष महाधिवे...
पौष २९ गते, २०८२ - १७:५७
काठमाडौं । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाई (एफआइयू–नेपाल) ले आर्थिक वर्ष २०८१/८२ (सन् २०२4/२५) को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको ...
पौष २९ गते, २०८२ - १७:५१
नेकपाका केन्द्रीय सदस्यले लिए सपथ
पौष २९ गते, २०८२ - १७:४७
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता ...
पौष २९ गते, २०८२ - १२:५२
काठमाडौं । भारतको हिमाचल प्रदेशको सोलन जिल्लामा ग्यास सिलिण्डर विष्फोटमा ९ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने नेपालीहरू सल्यान जोल्लाका भए...
पौष २९ गते, २०८२ - १२:३१
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमिसहित केही शीर्ष नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित हुने भएका छन् । बुधब...
पौष २९ गते, २०८२ - १२:२६
मुस्ताङ । चीनबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको २ करोड २४ लाख रुपैयाँभन्दा बढी मूल्यको विद्युतीय चुरोट (भेप) सशस्त्र प्रहरीले बरामद गरेको छ । घटन...
पौष २९ गते, २०८२ - १२:२३
काठमाडौं । गृहमन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ८ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार उपसचिव ज...




प्रतिकृया लेख्नुहोस्: