Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

सधैँ रिक्त रहने स्थानीय तह निमित्तको भरमा

खबरडबली संवाददाता

काठमाडौं। ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा महिनौँदेखि शिक्षा सेवातर्फका कर्मचारीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको काम गर्दै आएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई पूर्ण रूपमा कामबारे जानकारी नहुँदा विकास निर्माण, सेवा प्रवाह, समन्वय र सहजीकरणमा समस्या पर्दै आएको छ । 

जाजरकोटको कुसे गाउँपालिकामा पनि पाँच महिनादेखि स्वास्थ्य सेवातर्फका कर्मचारी निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । यहाँ २०७४ सालदेखि अधिकांश समय निमित्त प्रमुख प्रशासकीय अधिकृतले नै काम गर्दै आएका छन् । 

बाराको महागढीमाई नगरपालिकामा एक वर्षदेखि इन्जिनियरिङ सेवाका निमित्त प्रमुख प्रशासकीय अधिकृतले नै सेवा प्रवाह गर्दै आएका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना कार्यान्वयन र सेवा प्रवाहमा समेत समस्या पर्दै आएको ती स्थानीय तहले जनाएका छन् । 

स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रशासन सेवाको हुनुपर्ने व्यवस्था छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका यी स्थानीय तह प्रतिनिधि मात्र हुन् । कुल ७५३ स्थानीय तहमा अहिले १८७ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त हुँदा इन्जिनियरिङ सेवा, स्वास्थ्य, कृषि, भेटेरिनरी, शिक्षालगायत सेवाका कर्मचारीले निमित्त अधिकृत भएर काम गर्दै आएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत गैरप्रशासन सेवाको हुँदा योजना तथा बजेट कार्यान्वयनमा समस्या, आवधिक तथा वार्षिक नीति निर्माणमा कठिनाइ, अन्तरतह समन्वयमा सुस्तता र सेवा प्रवाहमा अन्योललगायतका समस्या आउने गरेको स्थानीय तहका जनप्रतिनिधिले गुनासो गरेका छन् । 

मेरिङदेन गाउँपालिका अध्यक्ष युक हां वीर हाँगाम् (डम्बर) ले गाउँपालिकामा तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नभई निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेकाले विकास निर्माण र सेवा प्रवाहमा अपेक्षाकृत परिणाम हासिल गर्न नसकिएको बताए । 

“निमित्त प्रमुख प्रशासकीय अधिकृतबाट कामको परिणाम आउन सक्दैन, जसोतसो काम चल्ने मात्र हुन्छ । अहिले योजना धमाधम कार्यान्वयन गर्ने बेला भएकाले निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा नियमित सेवा प्रवाह र विकास निर्माण योजना सञ्चालनमा कठिनाइ हुने गरेको छ,” उनले भने ।

बाराको महागढीमाई नगरपालिकाका उपप्रमुख तारादेवी कानूले एक साताअघि मात्र इन्जिनियरिङ सेवाका कर्मचारीले एक निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएको बताए । उनले भने, “खाता सञ्चालन भएको छैन, योजनाको भुक्तानी दिने बेलामा लामो समयसम्म प्रमुख प्रशासकीय नहुँदा नियमित काममा नगरपालिकालाई चरम समस्या हुँदै आएको छ ।” स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त हुँदा कतिपय कर्मचारीले लामो समयदेखि तलब भत्तासमेत पाउन सकेका छैनन् । 

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले अहिले स्थानीय तहमा विकास निर्माण धमाधम चलिरहेकाले प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माण अलपत्र पर्दै आएको बताए। “स्थानीय तहमा अहिले कतिपय योजनाको भुक्तानी दिने बेला भएको छ, उपभोक्ता समितिका पदाधिकारीले स्थानीय तहमा भुक्तानीका लागि धर्ना दिने गरेका छन् तर कतिपय स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सम्पन्न योजनाको रकम भुक्तानी दिन सकिएको छैन,” पाण्डेले भने । 

सधैँ रिक्त स्थानीय तह 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार करिब दुई सय स्थानीय तहमा सधैँजसो प्रमुख प्रशासकीय अधिकृत रिक्त हुँदै आएका छन् । २०७४ सालमा पहिलो पटक भएको स्थानीय तह निर्वाचनदेखि अहिलेसम्म न्यूनतम दुई सयदेखि अधिकतम २८० स्थानीय तहमा सधैँजसो प्रमुख प्रशासकीय अधिकृत रिक्त हुँदै आएका छन् । 

मन्त्रालयका सचिव रविलाल पन्थले स्थानीय तहमा एकै पटक प्रमुख प्रशासकीय अधिकृत पठाउन कठिन हुने गरेको बताए । उनका अनुसार पछिल्लो समय ३९ जना उपसचिवलाई मन्त्रालयले स्थानीय तहमै पठाएको हो । पन्थले भने, “तर पुराना प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहबाट बाहिरिने र नयाँ कर्मचारीलाई स्थानीय तहमा पठाउने क्रम चलिरहँदा पूर्ण रूपमा स्थानीय तहमा भने प्रमुख प्रशासकीय अधिकृत पूर्ति गर्नै कठिन हुँदै आएको छ ।”  यो समाचार नगेन्द्र सापकोटाले गोरखापत्र दैनिकमा लेखेका छन् ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री हुँदा भएका घटनाकाे जिम्मेवारी लिने कि पन्छिने ? भदौ २३–२४ को घटनामा ओलीको बचाउ

काठमाडौं। भदौ २३ र २४ गतेको हिंसात्मक घटनाबारे एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘गोली चलाउने आदेश आफूले नदिएको’ भन्दै सार्वजन...

भदौ २३–२४ का घटनामा ओलीको प्रष्टीकरणः ‘गोली चलाउने आदेश मैले दिएको होइन’

काठमाडौं। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाबारे सार्वजनिक प्रष्टीकरण दिएका छन्। प्रधानमन्त्रीलाई आफ्नै नागर...

स्पष्टीकरणमा अटेर : महेश बस्नेतदेखि बालेनसम्म आयोगलाई अझै छैन जवाफ

काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले विभिन्न उम्मेदवार र संस्थालाई सोधेको स्पष्टीकरणमा अधिकांशले अझै जवाफ...

हिमपातकै बीच एमाले हुम्लाको चुनावी प्रचार सुरु

सिमकोट। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले हुम्लामा हिमपातकै बीच चुनावी प्रचार अभियानको औपचारिक सुरुवात गरेको छ।...

पश्चिमी न्यूनचापीय प्रणाली कमजोर बन्दै, भोलिदेखि देशभर मौसम खुल्ने

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको भए पनि भोलिदेखि देशभर मौसम पूर्ण रूपमा खुल्ने जल तथा मौसम विज्...

चुनावी आचारसंहिता उल्लंघन आरोपमा सीके राउतदेखि खगेन्द्र सुनारसम्मलाई आयोगको स्पष्टीकरण

काठमाडौँ। निर्वाचन आयोगले चुनावी आचारसंहिता उल्लंघन गरेको आरोपमा जनमत पार्टीका अध्यक्ष सीके राउतदेखि रास्वपाका उम्मेदवार खगेन्द्र सुनारसम्मलाई स्पष्टी...

अस्पतालबाट शव साटिएको घटना छानबिन गर्न समिति गठन

सिरहा । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समि...

चाबहिल यातायात कार्यालयमा अख्तियारको छापा, २५ मोबाइल बरामद

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भ्रष्टाचार प्रकरणमा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा हानेको छ। ...

सुक्खा हिउँद, डढेलो र बाली संकटको संकेत

काठमाडौं । हिउँद सकिनै लाग्दा पनि देशका अधिकांश भूभागमा एक झर पानीसमेत नपर्दा सुक्खापन गम्भीर बन्दै गएको छ । मंसिरदेखि माघसम्म पर्नुपर्ने हिउँदे वर्षा...

भोटबैंक बनेका शुक्लाफाँटा पीडित : लालपुर्जा कहिले पाउँछन् नागरिकता झैँ नागरिक अधिकार ?

कञ्चनपुर । साढे दुई दशक बितिसक्यो । शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको नाममा विस्थापित गरिएका हजारौँ परिवार अझै पनि टहरो, पाल र अस्थायी शिविरमै जीव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending