Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

जहाँ समुदायले तोक्छ काम गर्ने समय

खबरडबली संवाददाता

हुम्ला  ।  हुम्लाको नाम्खा–६ मा पर्छ हल्जी गाउँ, जहाँ ९० घरधुरीको बसोबास छ । उनीहरूले जति पनि र जुनसुकै बेला पनि खेतीपातीलगायतका काम गर्न पाउँदैनन् । कुन काम कति समयसम्म गर्ने भनेर समुदायले तोकिदिन्छ । ६० वर्ष नाघेका र १२ वर्ष मुनिकालाई भने काममा लगाउन नपाइने नियम छ ।

हल्जीमा उवा र जौ बाली मात्रै उत्पादन हुन्छ । खेती लगाउने र काट्ने बेला कामको धेरै चाप हुन्छ । त्यति बेला पनि दिनमा ५ घण्टा मात्र काम गर्ने समयसीमा तोकिएको छ । ‘यो बेला बिहान ६ देखि ११ बजेसम्म मात्र बारीको काम गर्न मिल्छ,’ वडाध्यक्ष पाल्जोर तामाङले भने, ‘बिहानै कोही पनि काममा निस्किन पाउँदैन । काममा ढिला निस्किए फरक पर्दैन तर ११ बजेपछि काम गर्न पाइँदैन ।’ बिहानदेखि बेलुकीसम्म काम गर्दा बिरामी पर्न सक्ने हुनाले निश्चित समय तोक्ने गरिएको उनले बताए । हल्जीमा प्रायः काम सामूहिक रूपमा गर्ने चलन छ ।

हरेक वर्ष चैत–वैशाखतिर समुदायको भेला गरेर खेतीपातीदेखि चरिचरनसम्मका काममा समयसीमा तोक्ने गरिन्छ । नियमित घरायसी र सामान्य काममा भने यस्तो बाध्यता नभएको वडाध्यक्ष तामाङ बताउँछन् । नियम पालना भए–नभएको हेर्न ४ महिला र ३ पुरुषको समिति बनाइएको हुन्छ । अहिलेको समिति पछिल्लो स्थानीय तहको चुनावकै बेला गठन गरिएको हो । समितिमा वडाध्यक्ष र सदस्यहरू संरक्षकको भूमिकामा हुन्छन् ।

खेतीपातीबाहेकका काममा पनि बिहान कुन समयमा निस्कने र दिउँसो वा साँझ कति बेला फर्किने भनेर सामूहिक छलफलबाटै टुंगो लगाइन्छ । केही काम ८ घण्टासम्म गर्न सकिने नियम पनि हुन्छ । काम गर्ने समयावधि

तोक्ने चलनबाट स्थानीय खुसी नै रहेको स्थानीय लुन्डुप तामाङले बताए । उनका अनुसार नियम मिच्नेलाई कारबाही पनि हुन्छ । बालबालिकाले १८ वर्ष पुगेपछि मात्र सामाजिक काम गर्न पाउँछन् । वृद्धवृद्धा र बालबालिकाले सक्दैनन् भनेर काममा लगाइँदैन ।

स्थानीय छिरिङ न्यान्डक तामाङका अनुसार गाउँमा ड्रोङग्पा, मेरे र बोम्ता गरी तीन प्रकारले परिवारको विभाजन गरिएको हुन्छ । पहिलो नम्बरमा राखिने हुने–खानेको परिवारलाई ड्रोङग्पा भनिन्छ । सामूहिक रूपमा गरिने काममा ड्रोङग्पाको घरबाट एक जना मात्र सहभागी भए पुग्छ । मेरेको घरबाट दुई जना जानुपर्छ । बोम्ताको घरबाट दुई जनाभन्दा बढी सहभागी हुनुपर्ने चलन छ । स्थानीयले वर्षमा दुई पटक बैठक बसेर गाउँमा भएका काम र नीति–नियम पालनाबारे समीक्षा गर्छन् ।

समुद्री सतहबाट ३ हजार ६ सय ६० मिटर उचाइमा रहेको हल्जीका बासिन्दा बसाइँ सर्दैनन् । बसाइँ सरेर अन्त गए राम्रो हुँदैन भन्ने उनीहरूको मान्यता छ । व्यापार, व्यवसाय तथा अन्य कामका सिलसिलामा बाहिर गए पनि गाउँ फर्कनुपर्ने मान्यता स्थानीयमा छ । घरपरिवारमा अशान्ति हुने, बालबच्चाको शिक्षादीक्षा रोकिने, आँटेको र सञ्चालन भइरहेको व्यापार व्यवसायमा असफलता भोग्नुपर्ने डरले बसाइँसराइ नगर्ने चलन रहेको स्थानीय बताउँछन् ।

हल्जीमा एक हजार वर्षभन्दा पुरानो हल्जी गुम्बा छ । त्यसलाई धार्मिक तथा ऐतिहासिक रूपले निकै महत्त्वपूर्ण मानिन्छ । गुम्बा जीर्ण बन्दै गए पनि पुनर्निर्माण गर्न स्थानीय डराउँछन् । मुख्य गुम्बालाई बलियो बनाइराख्न काठको टेको लगाइएको छ ।

हल्जी गाउँका बासिन्दा कुनै समय भेडा, च्यांग्रा, चौंरीपालन पनि गर्थे । स्थानीय उत्पादनलाई हुम्ला बजार र तिब्बततिर पठाउँथे । अचेल उनीहरूले पशुपालन छाडेका छन् । मजदुरीका लागि तिब्बततिर जाने चलन छ । ‘मजदुरीबाटै धेरैले जीवन निर्वाह गरिरहेका छन्,’ वडाध्यक्ष तामाङले भने  । याे समाचार वीरेन्द्रनगरबाट तृप्ति शाहीले कान्तिपुर दैनिकमा लेखेकी  छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकार र लघुवित्त पीडितबीच सात बुँदे सम्झौता, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार सात बुँदे सम्झौता भएको छ। सम्झौतासँगै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले आफ...

कांग्रेससँगको सहकार्य महत्वपूर्ण रह्यो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार सञ्चालनमा नेपाली कांग्रेसले गरेको सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छ...

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending