Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

अब संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सेसन

  [caption id=\"attachment_80424\" align=\"alignnone\" width=\"750\"]\"तस्बिरः काठमाडौं, २८ भदौ । सांसदले अब प्रधानमन्त्री तथा मन्त्रीसाग संसद्मा प्रत्यक्ष प्रश्नोत्तर गर्न पाउने भएका छन् । सभामुख ओनसरी घर्तीले संसद्को काम–कारबाही प्रभावकारी र जनमुखी बनाउन विशेष व्यवस्था गर्न लागेकी हुन् ।[/caption] सभामुख घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर सहमति जुटाएपछि ‘प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी आन्तरिक कार्यविधि’ तयारी गरेकी छिन् । संसद् नियमावली ०७३ को नियम २५८ मा कार्यव्यवस्था परामर्श समितिको परामर्श र व्यवस्थापिका–संसद्को स्वीकृति लिएर सभामुखले आवश्यकताअनुसार आन्तरिक कार्यविधि बनाउन सक्ने व्यवस्था छ । संसद् नियमावलीको अधिकार प्रयोग गरी सभामुखले कार्यविधि बनाएको आजको नयाँ पत्रिकामा खबर छ । महिनामा एक दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर प्रधानमन्त्रीसँग सांसदले महिनामा एकपटक प्रश्नोत्तर गर्न पाउने गरी कार्यविधि तयार भएको छ । प्रधानमन्त्रीको कार्यक्षेत्रका मन्त्रालय र प्रधानमन्त्रीसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न पाइनेछ । संसद् बैठक चलेको प्रत्येक महिनाको एक दिन पहिलो एक घन्टाको समय प्रधानमन्त्रीसाग प्रश्नोत्तरको समय निर्धारण गर्ने गरी कार्यविधिको अन्तिम तयारी भइरहेको छ । सभामुखले कार्यसूचीको क्रमअनुसार प्रश्नकर्ता सदस्यको नाम बोलाउने र नाम बोलाइएका सदस्यले आफ्नो स्थानमा उभिएर प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउने व्यवस्था मिलाउन लागिएको छ । सांसदले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्रीले तत्काल दिनुपर्नेछ । तर, प्रधानमन्त्रीले सभामुखको अनुमतिमा आफ्नो कार्यक्षेत्रभित्रका मन्त्रालयसँग सम्बन्धित विषयको जवाफ आफूले तोकेको कुनै मन्त्रीबाट दिनसक्ने व्यवस्था पनि गर्न लागिएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले बताए । यस्तो छ प्रश्नोत्तरको विधि सांसदले प्रधानमन्त्री तथा मन्त्रीसाग प्रश्नोत्तर गर्न चाहेमा प्रश्नसँग सम्बन्धित मन्त्री र प्रश्नको मूल विषयको जानकारी ४८ घन्टाअघि व्यवस्थापिका–संसद्का महासचिव वा सचिवलाई दिनुपर्ने व्यवस्था गरिएको छ । संसद् नियमावलीमा उल्लेखित प्रश्नसम्बन्धी सर्त र प्रश्न गर्न नपाइने विषयमा भने सांसदले नियमावलीको नियम पालना गर्नुपर्ने हुन्छ । विवाद भएमा भने सभामुखले नै अन्तिम निर्णय गर्ने गरी कार्यविधि बनेको छ । तर, यो कार्यविधिअनुसार सदनमा प्रधानमन्त्री तथा मन्त्रीले दिएको जवाफमा कुनै छलफल भने नहुने व्यवस्था गरिएको सभामुखको निजी सचिवालयले जनाएको छ । यसअघि पनि थियो व्यवस्था सभामुख ओनसरी घर्तीले प्रत्यक्ष प्रश्नोत्तरका रूपमा सुरु गर्न लागेको व्यवस्थाको अभ्यास यसअघि पनि भएको थियो । २०४८ को संसद्ले यो अभ्यास गरेको कांग्रेस सांसद धनराज गुरुङले जानकारी दिए । ‘यो नयाा व्यवस्था होइन, अभ्यासमा आइसकेको व्यवस्था हो । बीचमा टुटेको मात्र हो,’ गुरुङले भने, ‘सभामुखको यो कदम सकारात्मक छ । यसले प्रधानमन्त्री, मन्त्रीलाई जवाफदेही बनाउाछ ।’ चालू अधिवेशनमा लागू गर्ने गृहकार्य सभामुख ओनसरी घर्तीले प्रश्नोत्तरको विशेष व्यवस्था चालू अधिवेशनबाटै कार्यान्वयनमा ल्याउने तयारी गरेकी छिन् । ‘चालू अधिवेशनबाट यो कार्यविधि लागू गर्ने सभामखुको जोड छ,’ उनका प्रेस सल्लाहकार बबिन शर्माले भने, ‘यसका लागि प्रधानमन्त्रीसँग छलफल भएर पनि सहमति जुटिसकेको छ ।’ संसद्को विशेष र शून्य समयमा उठाएका विषयमा मन्त्रीले चासो नदिएको गुनासो गरिरहेका सांसदले विशेष व्यवस्था प्रभावकारी हुने विश्वास गरेका छन् । बेलायत, भारतलगायत देशका संसद्मा पनि मन्त्रीसाग प्रश्नोत्तरको अभ्यास गरिएका छन् । एकपटकमा १० सांसदसँग मात्र प्रश्नोत्तर महिनामा एकपटकमा एक घन्टा हुने प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा १० सांसद मात्र सहभागी हुन पाउने गरी तयारी भएको छ । प्रश्न सोध्ने सांसदले प्रधानमन्त्रीको जवाफमा चित्त नबुझेमा मूल प्रश्नसँग सम्बन्धित एउटासम्म पूरक प्रश्न सोध्न पाउने व्यवस्था कार्यविधिको मस्यौदामा उल्लेख छ । मन्त्रीसँग सातामा एक दिन संसद् नियमावलीमा व्यवस्था गरिएका प्रश्नोत्तरसम्बन्धी व्यवस्थाको अतिरिक्त जरुरी र महत्वपूर्ण विषयमा सांसदले मन्त्रीसाग प्रश्न सोध्न पाउने भएका छन् । सभामुखले बैठक चलेको प्रत्येक साताको एक दिन पहिलो दुई घन्टाको समय मन्त्रीसँग प्रश्नोत्तरका लागि छुट्याउने योजना बनाएकी छिन् । कार्यसूचीको क्रमअनुसार सभामुखले नाम बोलाएपछि प्रश्नकर्ता सांसदले आफ्नो स्थानमा उभिएर सम्बन्धित मन्त्रीको कार्यक्षेत्रसँग सम्बद्ध विषयमा सीमित रहेर प्रश्न गर्न पाउने व्यवस्था कार्यविधि मस्यौदामा छ । एउटा बैठकमा बढीमा दुई मन्त्री तथा प्रत्येकसँग १०–१० सांसदले प्रश्नोत्तर गर्न पाउने गरी कार्यविधि बनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending