Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

सरकार, आधा सिलिण्डर मात्रै भए पनि ग्यास दिने कि !

\"LP_gas_cilinder-648x430-390x351\"काठमाडौं । भारतले अघोषित रुपमा गरेको नाकाबन्दी अघोषित रुपमा नै खुलेको भनिएको एक झण्डै एक महिना भए पनि इन्धन आपूर्ति अझै सहज भएको छैन । भारतले गरेको नाकाबन्दी खुलेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली फागुनको पहिलो साता भारत भ्रमणमा गएका थिए । प्रधानमन्त्री ओलीले नाकाबन्दीपछि भारतसँग विग्रिएको सम्बन्ध सुधार गरेर फर्किएको बताए पनि उनी स्वदेश फर्किए लगत्तै भारतबाट आयात हुने मुख्य रक्सौल नाकाबाट अझै इन्धन आपूर्ति असहज भएको छ । भारतीय नाकाबन्दी खुलेको र इन्धन आपूर्ति पनि सहज भएको भन्दै सरकारले आधा सिलिण्डर ग्यास रोकेर पूरा सिलिण्डर बाँड्ने घोषणा गरेको पनि एक हप्ता भइसकेको छ । ग्यास आपूर्ति सहज भएकाले अब पूरा ग्यास सिलिण्डर वितरण गरिने आपूर्ति मन्त्री गणेशमान पुनले नै पत्रकार सम्मेलन गरी जानकारी दिएका थिए । पूरा सिलिण्डर ग्यास पाइने उपभोक्ताले विश्वास गरे पनि मन्त्रीले घोषणा गरेको एक हप्ता भइसक्दासमेत आधा सिलिण्डर ग्यास पाउन सकेका छैनन् । भारतीय आयल कर्पोरेशन (आईओसी)ले मागको ४० प्रतिशत ग्यास आयात हुने बरौनी डिपोबाट गत सोमबारदेखि आपूर्ति बन्द गरेको छ । बरौनी डिपोमा लोडिङ नपाएर सयौं बुलेट लाममा बसेको एलपी ग्यास उद्योग संघले जनाएको छ । ग्यासको अभाव नहुने भन्दै पूरा सिलिण्डर ग्यास बाँड्ने भनेर सरकारले झुठो बोल्नु भन्दा आधा सिलिण्डर ग्यास वितरण गरेर भए पनि आंशिक राहत दिन उपभोक्ताले माग गरेका छन् । स्रोतका अनुसार माथिको आदेश भन्दै आईओसीले इन्धन लोडिङमा अवरोध गर्दै आएको छ । इन्धन आपूर्ति सहज भएको भन्दै सबै पेट्रोल पम्पबाट पेट्रोल डिजल वितरण गरिए पनि उपभोक्ताले सजिलै तेल भर्न पाएका छैनन् । ऋहिले पनि मागभन्दा ३५ प्रतिशत कम मात्रै इन्धन आयात भएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार मुलुकभर दैनिक पेट्रोल ११ लाख लिटर र डिजेल २७ लाख लिटरको माग रहेकोले नाकाबन्दीअघि मागको ६६ प्रतिशत इन्धन रक्सौल नाकाबाट आपूर्ति हुने गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: