Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

मन्त्री ज्यू ! रिसानी माफ होस्

विदेशी डिजाइनलाई पराजित गर्दै नेपालको सरकार नेपालकै संसदवाट वनाउने लडाइँमा प्रचण्ड थिए । यी वाहेक अरु कोही नायक वा गायक वनेर वर्तमान समिकरण वनेको होइन । यसको जस–अपजसका भागी मात्रै प्रचण्ड हुन् । प्रचण्डको यो खतरा मोलाई कहीँ न कहीँ खिइएको माओवादीलाई पुर्न पहिलो स्थानमा पुर्याउने योजना अन्तरगत भएको हो । उनकै योजनामा जनसेनाका कमाण्डर उपराष्ट्रपति, रोल्पाको सुदूर गाउंकी मगर्नी सभामुख  भएका हुन् ।  यसका लागि प्रचण्डले पेलेको पापड त्यो कुर्चीमा वस्नेले देखेका होलान् वा नहोलान् तर यो जव्बर निर्णय प्रचण्डको हो । सरकारमा सम्मानजनक सहभागीताका लागि  अहिलेका  मन्त्री वा केन्द्रीय सदस्यले लडेनन् वरु केही मेटासिट र गलवन्दी बोकेर लाजिम्पाटको आँगनमा रुन गए । जनताको कानले सुनेको यहि हो  । [caption id=\"attachment_14615\" align=\"alignleft\" width=\"150\"]\"शैलेन्द्र शैलेन्द्र घिमिरे[/caption] यो धम्की र झम्कीको डरलाग्दो कुइनेटो काटेर वनेको सरकार कसरी चल्ला ? प्रचण्डलाई सायद त्यसको अग्रिम भान हुँदो हो । नहुँदा भोकले र हुँदा हैजाले मर्न सक्ने माओवादी मनोरोगलाई प्रचण्डले  चिनेका  थिए । त्यसकारण सरकार सञ्चालनको संयन्त्र वनेको हो । तर यही  संयन्त्र मन नपरेका मन्त्रीमाथि रिस पोख्ने र मनपरेकालाई चिल्लो घस्ने चौपारी पो वन्यो की भन्ने गम्भीर आशंका उव्जनु आफैमा माओवादी आन्दोलन अपेक्षा विपरीतको कुरा हो । यो कामकाजी वनोस्, तर कामकाजी वन्ने नाममा प्रचण्डको फेरोलाई वदनाम गराउँन एकातिर गलत कामका लागि वाटो छोडिदिने र गलत काम गरेको कुरा प्रचण्डको स्नेहले हो भनेर त्यसलाई एमाओवादीको हेडक्वाटरतिर सोझ्याएर आफू चोखिने हुर्मतले राजनीतिको जिम्मेवार प्यारातिर न्याय गर्न सक्दैन । संयन्त्रको काम वर्तमान मन्त्रीहरुलाई निर्देशित गर्ने हो, नाकावन्दी र वन्दले आहत जनमनहरुमा मल्हम लगाउन सकिने उपायको खोजी गर्ने हो ।
यो धम्की र झम्कीको डरलाग्दो कुइनेटो काटेर वनेको सरकार कसरी चल्ला ? प्रचण्डलाई सायद त्यसको अग्रिम भान हुँदो हो । नहुँदा भोकले र हुँदा हैजाले मर्न सक्ने माओवादी मनोरोगलाई प्रचण्डले  चिनेका  थिए । त्यसकारण सरकार सञ्चालनको संयन्त्र वनेको हो ।
मन्त्री जो जसरी भएका हुन्, त्यो जनतालाई चाहिएन, तिनीहरु जनताप्रति जवाफदेही वनुन् । भर्खरै सत्तावाट पाल, जस्तापाता र राहतको भण्डार सकाएर झरेकाहरु एउटा जहाजको टिकटका लागि कहिँ कतैवाट गरिएको नियोजित लोभले पखाालिन खोज्नु मुलुक, जनता र माओवादी आन्दोलनका लागि गम्भीर चुनौती हो । प्रचण्डको छोरीतिरको नातिनी कुनै मुलुकको भ्रमणमा जान नसक्ने पात्र होइनन् तर यो नाम रोज्नुका पछाडि कहिँ न कहिँ प्रचण्डलाई मुछ्ने र वर्तमान संविधान कार्यान्वयन र राष्ट्रियताको पक्षमा लडिएको आन्दोलनलाई फितलो वनाउने प्रपञ्च नै हो, यो प्रपञ्चमा वर्तमान मन्त्रीहरुद्वारा रोजिएका र मन्त्रालय चलाउनका लागि विश्वास मानिएका एमाले र काग्रेस समर्थित कर्मचारीको हात रहेको मन्त्रीले किन नवुझेका हुन् । यस्ता स–साना गल्तीले एमाओवादीलाई आक्रमक र विशाल वनाउन सक्दैन । यसले प्रचण्डको अर्को २ वर्षमा एक नम्वर पार्टी वनाउने सपनालाई सहयोग गर्दैन । कमरेड प्रचण्डको यो सपनाको हत्या गर्ने छुट कोही कसैलाई हुन सक्दैन । आफ्नाले गरेको गल्तीलाई अग्रिम पर्दा लगाउन जनताको अगाडि प्रचण्डको पहाड उभ्याउदा यो आन्दोलन सकिन्छ । यो अभियानमा सहयोगी बन्न होइन, व्यपारी, कर्मचारी र केही तस्करका लागि मात्र मन्त्री वनेको हो भने यो गम्भीर घात हो । यो दुश्साहस नगर, जसले यो आन्दोलनको अपेक्षालाई मृत वनाउने छ । तिम्रा कोटरीका आफन्त चिल्लो हुने कुराले माओवादीलाई चिल्लो वनाउंदैन । यसो गर्नु अगाडि खल्तीमा मेटासिटको शिशी बोकेर प्रचण्डकोमा रुन जाँदा तिमीले गरेको प्रतिवद्धतालाई सम्झ । एमाओवादी सरकारमा जाने कुरा कुनै उत्सव होइन, यो त एक अन्तिम अग्नीपरीक्षा हो, जुन परीक्षा एमाओवादीलाई पटक पटक मिल्दैन । अहिले नजितिए फेरि जितको अवसर आउदैन ।
प्रचण्डको छोरीतिरको नातिनी कुनै मुलुकको भ्रमणमा जान नसक्ने पात्र होइनन् तर यो नाम रोज्नुका पछाडि कहिँ न कहिँ प्रचण्डलाई मुछ्ने र वर्तमान संविधान कार्यान्वयन र राष्ट्रियताको पक्षमा लडिएको आन्दोलनलाई फितलो वनाउने प्रपञ्च नै हाे ।
मुलुकको वारेमा जानाकार बन । आयल निगमका हाकिमहरु मन्त्री चीन गएको सूचना बेचेर भारु संकलन गरिरहेका छन् भन्ने जुन तहसम्म आइपुगेको सूचना के हो जवाफ देउ । देशभक्तिको लडाइँ चलिरहेको वखत देशघातीको चेहरा चिनिएला भनेरै तिमीलाई मन्त्री वनाएको हो । देश तस्करीले चल्दोरहेछ भन्ने कुरा नाकावन्दीले स्पष्ट पारेको छ, त्यसलाई रोक । कुनै एक तस्कर रिसाएर  माओवादी दुव्लो बन्दैन । अझ मिल्छ यो जटिल परिस्थितिमा मुलुक चलाउन तस्करीलाई व्यवस्थित वनाउ र कालावजारीलाई नियन्त्रण गर । खाने मुखले तस्करी भन्दैन तस्करी नै सहि जनतालाई सस्तो देउ । जनतामा त्रासको खेती गरेर रातारात करोडपति वनेकाहरुकावारेमा चर्चा गर । वन्दुक चलाएर आएका जवानहरु मन्त्री वनेका वेलामा केही त्यस्ता डनहरुवाट मुुलुकलाई मुक्त पार्नेबारेमा सोच । भरतीयहरुले हाम्रो छातीलाई आफ्नो आँगन सम्झेका छन्, तिनका परेड खेल्ने खुट्टालाई अन्तर्राष्ट्रियकरण गर । हिजो माओवादीमाथि दमन गर्न सरकारले जम्मा गरेका एम १६ राइफल यो देशको सीमा रक्षार्थ प्रयोग गर । सवै भारतीय हाम्रा पाउना हुन् तर वन्दुक वोकेर हाम्रो भूमिमा परेड खेल्नेहरुलाई  पाउना आएको ज्वाइँ सरह सम्मान गरेर मुलुकमा हुर्कँदै गरेको राष्ट्रियता उँभो लाग्दैन । तिनलाई दण्डीत गर्दा तिमीले खुट्टा कमाउनु पर्दैन, यसले युद्धकै चरणमा मुलुकलाई होमेछ भने नौजवान पुस्ता यसका लागि पनि तयार रहेको कुरामा हेक्का राख । राष्ट्रियताको युद्धमा होमिनु भनेको सम्पूर्ण क्रान्ति पुरा हुनु हो, क्रान्तिको वाँकी कार्यभार पूरा गर्न भनेर सपथ खाएका माओवादी आन्दोलनका सारथिहरुले यसलाई कुनै पहाड खसेको अनर्थका रुपमा नवुझ  ।
तिम्रा कोटरीका आफन्त चिल्लो हुने कुराले माओवादीलाई चिल्लो वनाउंदैन । यसो गर्नु अगाडि खल्तीमा मेटासिटको शिशी बोकेर प्रचण्डकोमा रुन जाँदा तिमीले गरेको प्रतिवद्धतालाई सम्झ ।
पुलिसका प्यादाहरुको सरुवाबढुवामा आत्मसन्तोष नगर । तिनका हाकिमको एैयासी जीवनको श्रोतसम्म पुग्ने पहल गर । तीस हजारको जागीर खाएर एकै सेकेण्डमा दश करोड ओकल्न सक्ने भनेको एक भयानक रोगको प्रमाण हो, ती भन्दा मुनि भूकम्पमा आमा भेट्न जान नपाएका र यो चिसोमा घरमा एउटा कम्मल लैजान नपाएकाहरु पनि छन्, अख्तियारीको दुरुपयोगको यो कहालीलाग्दो चरणलाई वुझ । मुलुकको कानून किनिन्छ, मुलुकको न्याय किनिन्छ, मुलुकको स्वभिमान किनिन्छ भन्ने सत्यवाट यो मुलुकलाई मुक्त पार । न कि तिनका छिनछिनका सलोटले मख्ख पर्दै घरमा घरकी मन्त्रीको रिझानमा उनीद्वारा गरिएको खर्चको भव्यताको आधारमा उनका कतुर्तहरु नबिर्स । यतिवेलाका मन्त्री तिमी हौ, तिमीलाई काम गर्न के अप्ठ्यारो परेको हो एक पटक टेलिभिजनमा त्यो समस्या बताएर त्यसको उचित विकल्प जनतालाई सुनाउ । जनता  कानूनले जनपक्षीय काम गर्न दिदैन भने ती कानूनकाविरुद्ध तिम्रो पक्षमा उभिन तयार छन् । जनता नै तिम्रा कानून हुन् । जाबो केरुङ जोड्ने २० किलोमिटर वाटो तीन महिनामा खोल्न नसक्ने तराईको नौ किलोमिटर बाटो राज्यका लागि आपतकालमा पनि सूचारु गर्न नसक्ने वहादुरलाई समयले हुति भएको भन्न सक्दैन ।
हिजो माओवादीमाथि दमन गर्न सरकारले जम्मा गरेका एम १६ राइफल यो देशको सीमा रक्षार्थ प्रयोग गर । सवै भारतीय हाम्रा पाउना हुन् तर वन्दुक वोकेर हाम्रो भूमिमा परेड खेल्नेहरुलाई  पाउना आएको ज्वाइँ सरह सम्मान गरेर मुलुकमा हुर्कँदै गरेको राष्ट्रियता उँभो लाग्दैन ।
तिमी पार्टी भएको हुनाले मन्त्री भएका हौ । तिमी पार्टीका हौ पार्टी तिम्रो होइन, यसमा विराटनगर सम्मेलनमा किटान भएका तीन लाख सदस्यको उति नै हक र जिम्मेवारी छ । तिम्रो काममा राज्य जनता र पार्टीलाई सर्वोपरी मान । प्रचण्डले तीन वटा सचिवालय फेरिसक्दा तिमीलाई ज्वाइँ, जेठान, सालो र भतिजोमोह त्याग्न परिरहेको कठिनाई तिम्रो उचाइँ होच्याउन काफी हुन्छ । तिनले मन्त्रीवाट स्वार्थ पूरा गर्न नपाएपछि मन्त्रालयका गोप्य सूचना वेच्छन् र पत्रिकामा छद्म नामद्वारा लेखिएका समाचारहरु छपाउछन् । माओवादी मन्त्रीहरुका लागि असफलताको पहिलो ढोका यहि हो । मन्त्रीका असाध्यै निकटहरु भनिएकाहरु पनि आज भन्दा पचास वर्ष अगाडि ढिकीच्याउँ खेल्दा वर्तमानका मन्त्रीको ‘जाँगे’ झरेको कथा पत्रकारका कानमा फुक्छन् र अचम्मको प्रचार स्टण्ड गर्दै निष्कर्ष निकाल्छन्, मन्त्री नाङ्गै छन् । तिनीहरु आन्दोलनका घुन–पुत्ला हुन् । तिनीद्वारा तिमीवाट गरिएको गल्तीमा तीन लाख सदस्य शहीद हुने कुरा मन्जुर हुदैन । यो घरको मानोले अर्काको घरको छानो सजाउने अल्बेस्रो सपना सरासर अपराध हो । कण, रंग रातो वनाउ, ढंग छरितो र न्यायसंगत पार ।

प्रचण्ड ,निर्वाचन र माओवादी

माओवादी माथी थुप्रै प्रश्नहरु थिए ।आँपहरु जसरी खसाइएको थियो ,गर्भमा टिकापुरहरु थिए । नागरीकता वोकेर नागरीक नहुनुको उत्तेजनामा मधेश टायर ताप्थ्यो र पहा...

ओलीको नश्ल राजनीति र कालकुट पिइरहेका प्रचण्ड

यतिबेला एक बेनामी पल्टन बुटवलमा छ । लगभग हिटलरको नाजी फाँसिवादी नस्लराजनीतिको समकक्षी चिन्तन बोकेको यो भिडमा देखिने कमाण्डरहरु हिटलरले झैं कलम टेबुलमा...

प्रचण्ड गाँडलाई भाँडमा छोड !

यतिबेला म टेलिभिजनको सेटमा हिन्दी टेलिसिरयल ‘अशोका’ हेरिरहेको छु । भारतवर्षको एक महानायक ! युद्ध र शान्तिको एक अदभूतमिलन ! नायकहरु यसरी नै निर्माण हुन...

केसी अनसनको परकम्पन

सायद, यीनका दिमागमा सदैव म नै श्रेष्ठ भन्ने भावले राज गर्दछ । मानौं, यी अमुक शक्तिको दिव्य आशिर्वाद पाएकाहरु हुन । देशलाई यी रहेको धक्का महसुस हुन पाए...

माओवादीकाे ‘ए’कता ?

विचारमा सवै भन्दा प्रष्ट कम्युनिष्टहरु नै हुने गर्छन् । तिनीहरुलाई लाग्छ विचारमा प्रष्ट भएपछि अरु आफसेआफ दूर हुन्छ । माओले सुत्रिकरण गरेको एक वाक्य छ,...

मन्त्री ज्यू ! रिसानी माफ होस्

विदेशी डिजाइनलाई पराजित गर्दै नेपालको सरकार नेपालकै संसदवाट वनाउने लडाइँमा प्रचण्ड थिए । यी वाहेक अरु कोही नायक वा गायक वनेर वर्तमान समिकरण वनेको होइन...

नयाँ शक्तिः नयाँ गर्ने नाममा विरालो फुकाउने काम

मर्मत शक्तिको मर्मत सभा हेरियो । खासमा पुराना सामानको एकएक पुर्जा जोडेर वनाउन खोजिएको सेकेण्ड हेण्ड शक्तिको सभा । जनयुद्धमा फुस्केको ठानिएको विस्वासको...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies