Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

माओवादीकाे ‘ए’कता ?

विचारमा सवै भन्दा प्रष्ट कम्युनिष्टहरु नै हुने गर्छन् । तिनीहरुलाई लाग्छ विचारमा प्रष्ट भएपछि अरु आफसेआफ दूर हुन्छ । माओले सुत्रिकरण गरेको एक वाक्य छ, विचार ठीक वा वेठीक हुनुले नै सबैथोक निर्धारण गर्दछ । यसैलाई आधार मान्ने हो भने आजका मितिमा एक समय जनयुद्धको सिङ्गो हुरी थेगेको तात्कालीन एमाओवादीको वास्तविक वहुमत बोकेर मोहन वैद्य वाहिरिएका हुन् । तर आज निर्विवाद भन्न सकिन्छ उनीलाई केन्द्रीय समितिमा थेग्नेहरु हिजोको तात्कालीन माओवादी आन्दोलनको उद्देश्य र कार्यको प्रतिवाद र प्रतिरोध गर्नेहरु नै वहुसंख्यामा छन् । जो नेपालको राजनीतिमा बढाव होइन, वचावको–चढाव होइन, विलापको अन्तिम यात्रामा केही समयको राजनीतिक महत्वकांक्षा संरक्षणको अभिलाषासहित वैद्यगोठमा भित्रिएका हुन् । जसको घोडा चढेर न नेपालमा वैद्यभाषको सम्पन्न नभएको जनवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ न त खुम्चदो राष्ट्रिय स्वााधिनताको रक्षा संभव छ । वरु यसले माओवादी आन्दोलनका विभाजित घटकको मातहत रहेका हज्जारौ कायकर्ता र त्यसका सदस्यलाई यो आन्दोलनमा लागेवापत पश्चाताप गर्न र यसको नेतृत्वका विरुद्ध घृणा पैदा गर्न सिकाउँछ । जो आफैमा वैद्यले वोक्ने भनिएको माओ आदर्शको प्रतिकुल छ ।
उनीलाई केन्द्रीय समितिमा थेग्नेहरु हिजोको तात्कालीन माओवादी आन्दोलनको उद्देश्य र कार्यको प्रतिवाद र प्रतिरोध गर्नेहरु नै वहुसंख्यामा छन् । जो नेपालको  राजनीतिमा बढाव होइन, वचावको–चढाव होइन, विलापको अन्तिम यात्रामा केही समयको राजनीतिक  महत्वकांक्षा संरक्षणको अभिलाषासहित वैद्यगोठमा भित्रिएका हुन् । जसको घोडा चढेर न नेपालमा वैद्यभाषको सम्पन्न नभएको जनवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ न त खुम्चदो राष्ट्रिय स्वााधिनताको रक्षा संभव छ ।
[caption id=\"attachment_14615\" align=\"alignleft\" width=\"150\"]\"शैलेन्द्र शैलेन्द्र घिमिरे[/caption] आजको नेपाली क्रान्ति कहाँ छ भनेर विश्वले सोध्दा हामी हिजो जनयुद्ध लडेकाहरुको जवाफ के हुने ? वैद्यबाले भने झैं वर्वाद भो, धोका भो भनेर भन्ने हो भने मुलुकमा फेरिएको सत्ता र शासन विधिमाथि १५ हजार आदरणीयहरुको रगत हाम्रो होइन भनेर भन्नु पर्नेहुन्छ । माओवादी परिवर्तनको अभिभावक अहिलेको परिवर्तन माओवादी आन्दोलनका कारण आएको होइन भनेर भन्न सक्ने देशमा केही सिमित मनुवाहरु छन्, जसमध्ये यतिवेला एमाओवादीले वोकेर सत्ताको शिखरमा पुर्याइएका केपी ओली पनि एक हुन । तर अहिलेकै परिवेशमा केपी ओली पनि यसो भन्न सक्ने अवस्थामा छैनन् । केपी अ‍ोली समेत अहिलेका उपलव्धिलाई माओवादी आन्दोलनको उपलव्धी मान्न तयार हुँदा वैद्य बा तयार नहुने हो भने माओवादी आन्दोलनमा सदैब घुन पुत्लाको कामना गर्ने कनकमणि र किरण एकै ठाउँमा उभिन पर्छ । सायद किरण यो तितो मूल्यका लागि तयार हुनुहुन्न होला ।
केपी अ‍ोली समेत अहिलेका उपलव्धिलाई माओवादी आन्दोलनको उपलव्धी मान्न तयार हँुदा वैद्य बा तयार नहुने हो भने माओवादी आन्दोलनमा सदैब घुन पुत्लाको कामना गर्ने कनकमणि र किरण एकै ठाउँमा उभिन पर्छ  ।
हो, भनिए झै नभएकै हो, तर केही पनि नभएको भने होइन । जनताले महसुस नै गर्न सक्नेगरी केही परिवर्तनहरु भएका छन् । यसको अभिभावक माओवादी नभएर अरु कसैलाई घोषणा गरेर हिड्नु आफैमा आत्मघाती निष्कर्ष हो र हुन्छ । त्यसकारण यसको अभिभावक बनौं र यसको रक्षा र सम्वद्र्धन गरौं भन्ने प्रचण्ड परिभाषा नै नेपालको क्रान्ति कुन ठाउँमा पुग्यो भन्ने कुराको उत्तर हो । यसमा सहमत वनौं । मोटाएपछि संसारै साघँुरो देख्ने र दुव्लाएपछि देखेर हक्कानिने सायद माक्र्सवादीले गर्दैनन् र गर्न हुदैन । केहि बर्वाद अवश्य भो, आजको नेपाली क्रान्ति अध्ययन मण्डलीका फुस्रा तर्कहरुको अपहरण प्रयासवाट मुक्त भएन भने यो झनझन् ख्याउटे र निरीह हुनेछ । एकता सिद्धान्तनिष्ठ र क्रान्तिद्रष्टा एकता विल्कुल सिद्धान्तनिष्ठ र क्रान्तिद्रष्टा हुनै पर्दछ । कसैको घुच्चुकको लम्वाइ, कसैको जुँगाको मोटाइ र कसैको मनोदशा वा राजनैतिक पिपासाले माओवादी धाराहरुबीचको एकता धरापमा पर्नु हुदैन । कसैको तीव्र महत्वाकांक्षाको क्षणिक आपूर्तिले एकता वर्वाद हुँदा वैद्य–वादल र विप्लवले जित्दैनन् । एकताका लागि बनाइने सर्त र सिद्धान्तमा के राख्दा अहिलेको समयले माक्र्सवाद समात्छ वा समयले माक्र्सवाद माग्छ यो माक्र्सवादका पण्डितहरुले नै गरुन् । माक्र्सवाद र क्रान्ति हवाइ परिकल्पना मात्रै र डाँडापारीको जुन जस्तै मात्र वनाइरहने कुराले यसमा गति दिँदैन ।
घर फर्किदाँ तिनका छोराछोरी अदक्ष र कुपोेषीत मजदुरमा नफेरिउन, जवानी सिद्धिएको विलिनो स्वरमा दाँत खसेकाहरु वैश कल्पँदै नपछुताउन र देशलाई नसरापुन् ।
आजको माक्र्सवादी नेपाली सिद्धान्त विदेशी भूमीमा दास सरहको जीवन जिउन बाध्य ४० लाख नेपालीलाई स्वदेशमै रोजगारीसहित फिर्तीको सिद्धान्त हो । तिनका मसिना लालावालाहरुको विहान र वेलुकीको छाकको सिद्धान्त हो । तिनका तरुण आफन्तहरुको प्रकृतिजन्य आर्कषण र मनोविज्ञानको सम्मानसहित तिनको शीघ्र र सदैव पुनर्मिलनको सिद्धान्त हो । यो सिद्धान्तले लामो समय कुर्दैन । घर फर्किदाँ तिनका छोराछोरी अदक्ष र कुपोेषीत मजदुरमा नफेरिउन, जवानी सिद्धिएको विलिनो स्वरमा दाँत खसेकाहरु वैश कल्पँदै नपछुताउन र देशलाई नसरापुन् । यो हाम्रो माटोको सिद्धान्त हो । २१औ शताव्दीको पुस्ताले विज्ञान र प्रविधिको उपयोगका लागि अनगिन्ति बलीहरुको सर्त मन्जुर गरेर टुहुराहरुको पिँढी भनेर देशले रुन नपरोस । सिद्धान्त यहि हो, यो माओवादी आन्दोलनका धाराहरुवीचको एकतामा मात्र संभव छ । अहिले यो भन्दा अर्को सिद्धान्त खोज्नु भनेको माक्र्सवादलाई माया मानेझैँ गरेर यसको भव्य अपुतालीको कामना गर्नु हो । माक्र्सवादका पिठ्यूँमा वर्तमानको जवाफ हुन्छ र हुनुपर्दछ । तर नेताजनको सनकमा वुर्जुवाहरुले वताउने गरेझैं सपनामात्र हुन्छ भन्ने भ्रम नपार । आज खान नपाए भोलि मरिन्छ, लासले क्रान्ति गर्दैन । यहि सिद्धान्तको नजकिवाट माक्र्सवादलाई हिँडाउन नसकेको कारण माक्र्सवादको ब्याडमा शंका उपशंकाहरु हुर्किएका हुन, तिनको जवाफ नै आजको आवश्यकता हो ।
त्यो निर्धारण गर्न महाधिवेशनका भव्यतम मन्चहरु खुल्ला र सक्षम छन्  । जनता र कार्यकर्ताकाबीचमा त्यति पनि विस्वास गर्न नसक्नेले लगभग वालुवामा खेती गर्ने चुनौती जस्तै लाग्ने विस्मयकारी यात्राको नेतृत्व गर्न संभव छैन ।
माओको जसरी वा फिडेल क्यस्त्रोको जसरी माक्र्सवादलार्ई प्रत्येक मानिसका न्यायोचित आकांक्षाहरुको नजिकवाट दौडाउने कोशिश गर । वर्ग छउन्जेल वर्ग संघर्ष रहिरहन्छ त्यो संघर्षलाइ योजनावद्ध विकास र केन्द्रीकरण गर । सगरमाथा पट्टि फर्किएर हेर नयाँ विश्व जन्मिँदै छ भन्ने वाक्यमा आशंका गर्नेहरुले यो वाक्यप्रति फेरि नतमस्तक वन्नुपर्ने अवस्था सृजना हुनेछ । तव विश्वभरीका वन्धुहरुले भन्ने छन् जुट्नु फुट्नु र फेरि जुट्नुको विष्मयकारी परिघटना नेपालमा मात्र सम्भव छ । नेपाल हेर र माक्र्सवाद सिक । यो जितको संभावना हो, यसको सम्मान गर । १५ हजारको रगत,आँसु र पसिनाको यथोचित मुल्यको परिकल्पना गर, जो तिम्रो क्षणिक लालसाको पहाड भन्दा कयौँ गुणा भव्य र दिव्य छ । यो नै आजको एकताको सिद्धान्त हो । \"Maoist_unityएकताः संभावनाको ढोका एकताले संभावनाको ढोका उर्घाछ । संभावना र प्राप्तिले एकता रोकिएको हो भने त्यो गणित जनतालाई छाड् । जनता आफूले जित्ने मूल्यमा तिमीलाई काँध हाल्न तयार छ । तर जनतालाई यो पनि थाह छ नेतृत्व वर्गसंघर्ष र जनजवाफदेहीपनको मिश्रत अभिव्यक्ति हो । यो कतिपय आवश्यकतामा र कतिपय योजनावाट जन्मिन्छ । त्यो निर्धारण गर्न महाधिवेशनका भव्यतम मन्चहरु खुल्ला र सक्षम छन् । जनता र कार्यकर्ताकाबीचमा त्यति पनि विस्वास गर्न नसक्नेले लगभग वालुवामा खेती गर्ने चुनौती जस्तै लाग्ने विस्मयकारी यात्राको नेतृत्व गर्न संभव छैन । आजको विज्ञान र आजको अन्तरविरोधको हल माओवादी आन्दोलन मान्ने हो भने तिमी नै यो आन्दोलनका नेता हौ । एकता निःशर्त चाहना यतिवेला एकता एकता र निशर्त एकता जनताको चाहना हो । जनदुश्मनको चुलिदो हर्कतले यसलाई अनिवार्य वनाएको छ । यो अनिवार्यताको नजर अन्दाज आफैमा घातक हो । यो वा त्यो वाहनामा आन्दोलनका उपललब्धिहरु बाँदरलाई वुझाएर वर्तमानका धुमिल पहाडहरुमा भविश्यको श्राप ताप्ने तयारीले तिमीलाई माक्र्सवादी वनाउँदैन ।

प्रचण्ड ,निर्वाचन र माओवादी

माओवादी माथी थुप्रै प्रश्नहरु थिए ।आँपहरु जसरी खसाइएको थियो ,गर्भमा टिकापुरहरु थिए । नागरीकता वोकेर नागरीक नहुनुको उत्तेजनामा मधेश टायर ताप्थ्यो र पहा...

ओलीको नश्ल राजनीति र कालकुट पिइरहेका प्रचण्ड

यतिबेला एक बेनामी पल्टन बुटवलमा छ । लगभग हिटलरको नाजी फाँसिवादी नस्लराजनीतिको समकक्षी चिन्तन बोकेको यो भिडमा देखिने कमाण्डरहरु हिटलरले झैं कलम टेबुलमा...

प्रचण्ड गाँडलाई भाँडमा छोड !

यतिबेला म टेलिभिजनको सेटमा हिन्दी टेलिसिरयल ‘अशोका’ हेरिरहेको छु । भारतवर्षको एक महानायक ! युद्ध र शान्तिको एक अदभूतमिलन ! नायकहरु यसरी नै निर्माण हुन...

केसी अनसनको परकम्पन

सायद, यीनका दिमागमा सदैव म नै श्रेष्ठ भन्ने भावले राज गर्दछ । मानौं, यी अमुक शक्तिको दिव्य आशिर्वाद पाएकाहरु हुन । देशलाई यी रहेको धक्का महसुस हुन पाए...

माओवादीकाे ‘ए’कता ?

विचारमा सवै भन्दा प्रष्ट कम्युनिष्टहरु नै हुने गर्छन् । तिनीहरुलाई लाग्छ विचारमा प्रष्ट भएपछि अरु आफसेआफ दूर हुन्छ । माओले सुत्रिकरण गरेको एक वाक्य छ,...

मन्त्री ज्यू ! रिसानी माफ होस्

विदेशी डिजाइनलाई पराजित गर्दै नेपालको सरकार नेपालकै संसदवाट वनाउने लडाइँमा प्रचण्ड थिए । यी वाहेक अरु कोही नायक वा गायक वनेर वर्तमान समिकरण वनेको होइन...

नयाँ शक्तिः नयाँ गर्ने नाममा विरालो फुकाउने काम

मर्मत शक्तिको मर्मत सभा हेरियो । खासमा पुराना सामानको एकएक पुर्जा जोडेर वनाउन खोजिएको सेकेण्ड हेण्ड शक्तिको सभा । जनयुद्धमा फुस्केको ठानिएको विस्वासको...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies