कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद्भाव बिगार्ने गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका–४ का २६ वर्षीय दुर्गेश यादव (राज) र कपिलवस्तु नगरपालिका–२ का २२ वर्षीय पवनकुमार गुप्ता रहेका छन्। प्रहरीले दिएको जानकारी अनुसार उनीहरूले कोदहवा चोकस्थित सार्वजनिक सडकमा गुडिरहेको मोटरसाइकल रोकी त्यसमा सवार व्यक्तिहरूमाथि लाठी, हेलमेट तथा मुक्काले आक्रमण गरेका थिए। उक्त आक्रमणका क्रममा मोटरसाइकल र मोबाइलमा समेत क्षति पुगेको बताइएको छ।
घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो। सोही भिडियोको आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले संलग्न ५–६ जनामध्ये यी दुई जनालाई पक्राउ गर्न सफल भएको जनाएको छ। पक्राउ परेकाहरूमाथि सार्वजनिक शान्ति खलल पारेको आरोपमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
यसैबीच, काली मन्दिरमा ढुंगामुढा गरी तोडफोड गरिएको घटनासँगै सामाजिक सञ्जालमार्फत घृणा र द्वेष फैलाउने कार्यमा संलग्न दुई जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा बुद्धभूमि नगरपालिका–६ का २१ वर्षीय मुस्ताक नाउ र कपिलवस्तु नगरपालिका–१ का २१ वर्षीय विनोद कहार रहेका छन्।
उनीहरूले विभिन्न जातजाति र समुदायबीचको सद्भाव खलल पुर्याउने उद्देश्यले सामाजिक सञ्जाल प्रयोग गरी भडकाउ सामग्री प्रसारण गरेको आरोप प्रहरीले लगाएको छ। यस सम्बन्धमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार, यसअघि नै उक्त घटनामा सार्वजनिक शान्ति खलल पारेको आरोपमा १० जनाविरुद्ध मुद्दा प्रक्रिया अघि बढाइसकिएको छ।
प्रहरीले घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको पहिचान र खोजी कार्य जारी रहेको जनाएको छ भने सर्वसाधारणलाई अफवाह नफैलाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...



प्रतिकृया लेख्नुहोस्: