Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

ओलीको नश्ल राजनीति र कालकुट पिइरहेका प्रचण्ड

यतिबेला एक बेनामी पल्टन बुटवलमा छ । लगभग हिटलरको नाजी फाँसिवादी नस्लराजनीतिको समकक्षी चिन्तन बोकेको यो भिडमा देखिने कमाण्डरहरु हिटलरले झैं कलम टेबुलमा ठोकेर भिडलाई उत्तेजित बनाइरहेका छन् । आँगन खोसियो भन्ने तिनको आर्तनादमा हिटलरको लेनिनग्रादलाई रगतको पोखरी बनाउने र जीत्ने अभिलासा छ । केन्द्रमा प्रचण्ड छन् र एक्लै छन् । जजस्ले जे जे भनेपनि यो देश लडाउने र नेता उभिने राजनीति फेरि जमेको छ । मधेस, बालुवाटारमा उत्तेजित हुने र लैनचौरमा सितलिने गोलचक्करमा रम्दै रमिताको छिर्केदाउमा भारतीय पोल्टो भरिन्छ कि भन्ने आशयमा गौरवान्वित छ । राजनीतिको यो जटिल पोयोले भन्छ, –यो अन्तिम सम्भावना हो, कि मुलुक एकतावद्ध बन्छ कि सिद्धिन्छ ।
यो सबैको बीचमा प्रचण्ड छन् । उनि यसरी उभिएका छन् मानौं पृथ्वी मन्थन सुरु भएको छ र छिट्टै कालकुट विष जन्मिएर नेपाल ढाकीने वा सकिने छ । कालकुट पिउन सक्ने महानायक प्रचण्ड नै हुन् । यो यिनले नै पिउनुपर्नेछ । फरक यत्ति हो विष घाँटीमा अड्याएर राख्न सके यी नायक हुने छन् घाँटीमा अड्याउन नसके मुलुक जोगाएर यि सकिनेछन् । असलमा माओवादीहरु पनि यो बुझ्दैनन् । विचारका बलिया फलामे पिल्लर भनिएकाहरु पनि उत्तेजनाको सामान्य प्रवाहमा निगालो सरी झुक्छन् र आफ्नो अस्तित्वमाथि गरिएको बलात्कारलाई बलियो राष्ट्रियताको प्रजनन ठान्छन् ।
भारत योजनामै छ । बंगाल भाषा मान्यताको आन्दोलन बढाउँदै जाँदा पाकिस्तानबाट पूर्वी पाकिस्तान टुक्रिएको थियो । भुटानमा राष्ट्रियताको कथित नेपाली खेद आन्दोलन सफलतामा पु¥याउँदा नै भूटान भारतको उपग्रहीय हैसियतमा पुगेको थियो । यी अनुभवहरुको सार खिचेर बसेको भारतले अहिलेको नेपाललाई त्यो भन्दा परबाट बुझेको होला भनेर अन्दाज गर्नु गल्ती हुनेछ । मधेसको मनोविज्ञान मुख्य राजनीतिक दलले अहिलेसम्मै बुझेका छैनन् । मधेश भारतीयको आफ्नै दास हो भन्ने जवर्जस्त निष्कर्र्ष र काठमाडौंको भारत निर्देशित भोट बैंक हो भन्ने अत्यासलाग्दो बुझाईको चेपुवामा छ । तर पनि सिमा सुरक्षा देखि नेपाली संस्कृती र पहिचानको रक्षा अहिलेसम्म मधेसले नै गरिरहेको छ । जव यो मनोविज्ञान वा यथार्थता सहि ढंगले बुझिंदैन न मधेस बुझिनेछ न त राष्ट्रियता । जरुर, भारत मधेसलाई आफुतिर हरेक प्रपन्चद्धारा आफ्नो मुठ्ठिीमा राख्न र तान्न खोज्छ । काठमाडौंले के गर्छ यो जठिल प्रश्न हो । प्रचण्ड मधेस तान्नमै छन् ,बल्खु घचेट्नुपर्ने निष्कर्ष सहित बुटवलमा छ । वुटवलको यो दृश्य राजनीतिको अराजनितीक पाटोले भन्छ –यो तान्ने र धकेल्ने मेलोमा जसले जित्छ नेपालको आकार त्यस्तै हुनेछ । [caption id=\"attachment_93751\" align=\"alignleft\" width=\"250\"] लेखक[/caption] बुटवलमा उभिने जनता जरुर सलामका हकदार होलान् तर तिनका अगाडी सत्य चपाएर बोल्ने नेताहरु बुटवलका आफन्त होइनन् । प्रत्येक आँगनको सूरक्षा सतर्कताले नै बलियो राष्ट्रियता बन्छ तर भिडले निर्देशित गर्ने वहावमा बहकिने नेताले मुलुकलाई भड्खालोमा हाल्छ । बुटवल देश जोगाउँछु भन्दै देश टुक्राउने भद्दा खेलमैदान बनाउँन खोजिदैँछ । बुटवलको जनमानसमा भारतविरोधी, मधेसविरोधी जे भाव हालिएको छ, यदि यो सफल भयो भने अवस्यै मधेशबाट पहाड उक्लिँदा राहदानीमा छाप लगाउनुपर्ने हविगतको सामना अनिवार्य गर्नुपर्नेछ । काठमाडौं केही डरलाग्दा पहाडहरुको मुखियावास जस्तै बन्नेछ । ओली, प्रचण्ड र देउवा साँघुरा हुनेछन् । झापा र डडेल्धुरा जान तिनलाई भिषाको जरुरत पर्नेछ । भारत त्यही चाहन्थ्यो । मधेशले पहाडलाई आफन्त नदेखोस् र पहाडले मधेशलाई आफन्त नदेखोस् । काठमाडौंले मधेशमा नेपाल नखोजोस् र मधेशले काठमाडौंमा जिवन नदेखोस् । संविधन जारी हुने बेलामा भारतले मधेशलाई काठमाडौंसँग लड्न पठायो । अहिले काठमाडौंको कान्छो छोरो जस्तै गरेर केही नेता मधेशसँग साइनो नगाँस्न बुटवल पुगेका छन् । असलमा यी दुवै भारतीय पुतलीहरु हुन् । फरक यति हो , यी फरक औंलामा छन् र एउटै परिणाम आउने भारत निर्देशित समिकरण हल गर्ने यत्नमा छन् । यो सबैको बीचमा प्रचण्ड छन् । उनि यसरी उभिएका छन् मानौं पृथ्वी मन्थन सुरु भएको छ र छिट्टै कालकुट विष जन्मिएर नेपाल ढाकीने वा सकिने छ । कालकुट पिउन सक्ने महानायक प्रचण्ड नै हुन् । यो यिनले नै पिउनुपर्नेछ । फरक यत्ति हो विष घाँटीमा अड्याएर राख्न सके यी नायक हुने छन् घाँटीमा अड्याउन नसके मुलुक जोगाएर यि सकिनेछन् । असलमा माओवादीहरु पनि यो बुझ्दैनन् । विचारका बलिया फलामे पिल्लर भनिएकाहरु पनि उत्तेजनाको सामान्य प्रवाहमा निगालो सरी झुक्छन् र आफ्नो अस्तित्वमाथि गरिएको बलात्कारलाई बलियो राष्ट्रियताको प्रजनन ठान्छन् ।
जरुर, भारत मधेसलाई आफुतिर हरेक प्रपन्चद्धारा आफ्नो मुठ्ठिीमा राख्न र तान्न खोज्छ । काठमाडौंले के गर्छ यो जटिल प्रश्न हो । प्रचण्ड मधेस तान्नमै छन् ,बल्खु घचेट्नुपर्ने निष्कर्ष सहित बुटवलमा छ । वुटवलको यो दृश्य राजनीतिको अराजनितीक पाटोले भन्छ –यो तान्ने र धकेल्ने मेलोमा जसले जित्छ नेपालको आकार त्यस्तै हुनेछ ।
  प्रचण्ड राष्टियताको पक्षमा छन् वा छैनन्, त्यो इतिहासले प्रमाणीत गर्ला । तर उनी नेपालमा नदेखीएका सपनाहरुका सार्थक पहलकर्ता र निष्कर्षकर्ता हुन् । भारतिय दादागीरीलाई अजंगको देखेर विहान र वेलुकी दिल्लीमा सिटामोल खान जाने निरन्तरता विरुद्धका पहिलो अपवाद हुन् । भारतको नेपालमा सत्ता राजनीति वेजोडको हुदाँ फुत्त बाहिर निस्केर झलनाथ र केपिलाई प्रधानमन्त्री बनाउने उनै हुन्। मधेसमा माओवादी शक्तिमा रहँदा रौतहटमा भरतीय डाँका लगाएर एमाओवादीका २८ कार्यकर्ता मारिएको पिडा भोगेका पात्र पनि हुन् । भारतीय राजदुतलाई स्टेजमा राखेर कांग्रेस एमालेले जिव्रो काड्ने गरी सातोखाने पनि उनै हुन् । त्यसकारण भारत र उनको प्रतिनीधी एमाले प्रचण्डलाई कुरुप पारेर मुलुकको विलो लगाउन चाहन्छ । सबै दोषहरुको भारी प्रचण्डलाई बोकाएर आफू भारतविरोधी छविका साथ भारतीय हनुमानगिरी चाहन्छ । यसो हुँदा नेपालमा राजनीति गरिरहने मैदान बाँच्छ भन्ने उनीहरुको ठहर छ । अहिलेको संसद अवरुद्धताले ओलीको चलाखीलाई शान्दार ढंगले उजागर गरेको छ । संसदमा लोकमानको मुद्धा संविधान संशोधन अगाडी प्रवेश गरेको हो । जब यो छलफलमा जाँदै थियो एमालेले लोकमानसँग सम्झौता ग¥यो र राजनीतिलाई अर्को अनर्गल उत्तेजनाको कित्तामा प्रवेश गरायो । असलमा लोकमान पनि भारतकै हुन् । चर्को विरोधमार्फत भारतको स्वार्थ सिद्धि गर्नु एमालेको विशेषता हो । आकाशमा वाण तेर्साएर जमिनमा शिकार गर्ने र जनतालाई गुमराहमा राख्नसक्ने कला नै एमालेको परीचय हो । त्यसो त नेताहरु जो संविधान पढेर आए । जो आधुनिकता देख्छन्, नेताहरु जो एकदेशमा दुई देश हुँदैन भन्ने जान्दछन् । तिनीहरुनै रनभुल्लमा परेको नाटकले हामीलाई हुतु र तुत्सी बनाउँछन ,सहि यही हो । संघीयतामा अनुकुलता चाहिन्छ, सबैले बुझेका छन् । त्यसो भए किन १०–११ र १४ प्रदेशमा नजाने । ओली र शेरबहादुरहरुले किन नमानेका । त्यसो हुँदा मगरलाई अर्काको आँगनमा भतेर खाए जस्तो हुँदैन, लिम्बुवानका लिम्बुले पराया भए जस्तो अनुभती गर्दैन । राजनीतिको गणितलाई आफ्नो मात्र कलमले लेख्न खोज्दा मुलुक विग्रिएको हो ।
संसदमा लोकमानको मुद्धा संविधान संशोधन अगाडी प्रवेश गरेको हो । जब यो छलफलमा जाँदै थियो एमालेले लोकमानसँग सम्झौता ग¥यो र राजनीतिलाई अर्को अनर्गल उत्तेजनाको कित्तामा प्रवेश गरायो । असलमा लोकमान पनि भारतकै हुन् । चर्को विरोधमार्फत भारतको स्वार्थ सिद्धि गर्नु एमालेको विशेषता हो । आकाशमा वाण तेर्साएर जमिनमा शिकार गर्ने र जनतालाई गुमराहमा राख्नसक्ने कला नै एमालेको परीचय हो ।
आज बुटवलमा एमाले छ, माओवादी, कांग्रेस र राप्रपा पनि छ । यो आन्दोलनको आगो एमालेले फुकेको हो । तर एमालेलाई थाहा छ कि छैन– माओवादी ११/१४ प्रदेशको अडानमा उभिदै गर्दा अहिलेको प्रस्तावित स्वरुपको प्रदेश खाकामा आउन कांग्रेस एमालेले नै माओवादीलाई बोलाएका हुन् । यदि मधेसी दलका नेतालाई मान्ने हो भने यो प्रस्तावमा समेत मधेसवादीहरु सहमत छैनन् । यसको अर्थ उनीहरुलाई झापा र मोरङ, कैलाली र कन्चनपुर पनि चाहिएको छ । यो बेला एक जिम्मेवार दलले उनीहरुलाई थप उत्तेजित गराउने हो कि फकाउने हो ? त्यो जिम्मेवारी एमालेले पूरा गर्न पर्दैन ? देश सँधै बन्धनमा राखेर समृद्धिको सपना यात्रामा कसरी पुगिन्छ । आफै लडेर तेल र रेल कसले उभ्याउँछ ? संघीयतामा केही विग्रिएको छैन । व्यवहारमा नआएको निर्णयलाई परिमार्जन गर्दा केही विग्रिदैन । अहिले ५ नं. बाट ४ नं. मा ल्याइएको प्रदेशलाई भोली अर्को प्रदेश नै पनि बनाउन सकिन्छ । तर बुटवल मुख्यालको नियोजित विद्रोहका कमाण्डरहरु अर्को विकल्प खोज्दैनन् । उनीहरु राष्ट्रियताको गैडाखास्टो ओडेर भित्र विखण्डन आशयको वेद फलाक्छन् । यो मुलुक चौपट पार्ने विधि हो । हिजो जानेर वा नजानेर मधेश आन्दोलनको हवलामा भुकम्पको दुइ गुणा क्षति बेहोरियो । अव फेरि अर्को राजनीतिक स्टण्डले सोही आकारको क्षति दिँदैछ । पहाडबाट मधेश झरेका युवामाथी मधेशप्रतिको घृणा रोपिँदैछ । मधेशी दलहरु पनि त्यही रोप्दैछन् । घरकै साँधका भाइहरुका बीचमा बालकोट मुख्यालयका महामहिमले रोपेको यो घृणाशास्त्रले मुलुक एकतावद्ध कसरी बन्छ । मुलुक भुगोल र सिमारेखा मात्र होइन यो त भावना, प्रेम, स्नेह र दायित्ववोधको संवेदनशिल धागो पनि हो । त्यसमा आगो लगाएर मुलुक रहँदैन । नेतृत्व इतिहासका संकटहरुको निधान हो । संकटबाटै नेतृत्व जन्मिन्छ । प्रचण्ड प्रधानमन्त्री छन् । मधेश अलग हुन सक्ने सम्भावना फलाक्छ, अहिलेको प्रस्ताव मधेशलाई देशमै राख्ने प्रचण्ड प्रयत्न हो । तर बालकोट मुख्यालयका महामहिम मधेश सुन्दै सुन्दैनन् । उनलाई मधेश बाहेकको देश बनाएर राजा हुने रहरले गिजोलेको छ । उनका कमाण्डरहरु मधेशसँग देशको साइनो टुटाउने अन्तिम यत्नमा सकृय छन् । माओवादीहरु चुपचाप छन् । तिनका प्रिय कमाण्डरको टाउको काट्ने बालकोटे कार्यकर्ता छुब्द उत्तेजनामाथि उनीहरुको प्रतिवाद छैन । उनीहरु संगठनमा भइरहेका काम प्रति न जानकार छन् न त जानेको कुरा जनतालाई भन्छन् । इतिहासका खासखास समयमा लिइने निर्णय अडान र गतिशिलताले नै राजनीतिमा दिर्घजिवन प्राप्त हुन्छ । बुटवलको आन्दोलन जुन आवरणमा देखिएको भएपनि त्यो नश्ल राजनीतिको विषालु गन्ध हो । छन्द जतिनै मिलाएको भएपनि यसले देशको घाँटीमा दाम्लो लगाउँछ र कस्छ । यसलाई जित्न मधेश पहाडको भूगोलले होइन मनले जित्नुपर्छ । प्रचण्डले मधेश र पहाड जोड्दै गर्दा यसको विपक्षमा उभिनेहरु राष्ट्रघाती हुन् । जनताका दुखेको मनमा मलम लगाउन र सत्यकुरा भन्न नमान्नेहरु जनद्रोही हुन् र मुलुक जोड्न आफ्नो गतिशिलता र संगठनात्मक कला प्रयोग नगर्नेहरु लम्पट र कायर हुन् । यो मुलुक जोगाउने अवसर र एमाले श्रृजीत चुनौतिको सबै मोर्चामा सामना गर ।

प्रचण्ड ,निर्वाचन र माओवादी

माओवादी माथी थुप्रै प्रश्नहरु थिए ।आँपहरु जसरी खसाइएको थियो ,गर्भमा टिकापुरहरु थिए । नागरीकता वोकेर नागरीक नहुनुको उत्तेजनामा मधेश टायर ताप्थ्यो र पहा...

ओलीको नश्ल राजनीति र कालकुट पिइरहेका प्रचण्ड

यतिबेला एक बेनामी पल्टन बुटवलमा छ । लगभग हिटलरको नाजी फाँसिवादी नस्लराजनीतिको समकक्षी चिन्तन बोकेको यो भिडमा देखिने कमाण्डरहरु हिटलरले झैं कलम टेबुलमा...

प्रचण्ड गाँडलाई भाँडमा छोड !

यतिबेला म टेलिभिजनको सेटमा हिन्दी टेलिसिरयल ‘अशोका’ हेरिरहेको छु । भारतवर्षको एक महानायक ! युद्ध र शान्तिको एक अदभूतमिलन ! नायकहरु यसरी नै निर्माण हुन...

केसी अनसनको परकम्पन

सायद, यीनका दिमागमा सदैव म नै श्रेष्ठ भन्ने भावले राज गर्दछ । मानौं, यी अमुक शक्तिको दिव्य आशिर्वाद पाएकाहरु हुन । देशलाई यी रहेको धक्का महसुस हुन पाए...

माओवादीकाे ‘ए’कता ?

विचारमा सवै भन्दा प्रष्ट कम्युनिष्टहरु नै हुने गर्छन् । तिनीहरुलाई लाग्छ विचारमा प्रष्ट भएपछि अरु आफसेआफ दूर हुन्छ । माओले सुत्रिकरण गरेको एक वाक्य छ,...

मन्त्री ज्यू ! रिसानी माफ होस्

विदेशी डिजाइनलाई पराजित गर्दै नेपालको सरकार नेपालकै संसदवाट वनाउने लडाइँमा प्रचण्ड थिए । यी वाहेक अरु कोही नायक वा गायक वनेर वर्तमान समिकरण वनेको होइन...

नयाँ शक्तिः नयाँ गर्ने नाममा विरालो फुकाउने काम

मर्मत शक्तिको मर्मत सभा हेरियो । खासमा पुराना सामानको एकएक पुर्जा जोडेर वनाउन खोजिएको सेकेण्ड हेण्ड शक्तिको सभा । जनयुद्धमा फुस्केको ठानिएको विस्वासको...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies