कञ्चनपुर। कञ्चनपुरका पत्रकार खेम भण्डारी कारागारबाट रिहा भएको छन् । उनले एक महिना सात दिन कैद भुक्तान गरेपछि शनिबार रिहा भएको हो । निर्मला पन्त हत्या प्रकरणका विषयमा पत्रकार भण्डारीविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा गालीबेइज्जतीको मुद्दा दायर भएको थियो । अदालतले विसं २०८२ जेठ १ गते उनलाई दोषी ठहर गरेको थियो । तत्कालीन न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उनलाई कैद सजाय सुनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका पूर्वप्रहरी उपरीक्षक दिल्लीराज विष्टका छोरा किरण विष्टले निर्मला प्रकरणमा आफ्नो नाम जोडेर समाचार लेखेको भन्दै पत्रकार भण्डारीविरुद्ध अदालतमा गालीबेइज्जतीको मुद्दा दायर गरेका थिए ।
समाचारको विषयमा खण्डन प्रकाशित गराउन तथा प्रेस काउन्सिलमा उजुरी दिन सकिने व्यवस्था रहे पनि अदालतको फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालयले गत असार १८ गते पत्रकार भण्डारीलाई भीमदत्त नगरपालिका–१८, कटानबाट पक्राउ गरेको थियो ।
भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको विसं २०७५ साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । अघिल्लो दिन किताब पढ्न साथीको घरमा जानुभएकी पन्तको निम्बुखेडा खोलाको किनारमा रहेको उखुबारीमा शव फेला परेको थियो । घटनास्थलबाटै प्रमाण नष्ट गर्न खोजिएको भन्दै स्थानीयले आन्दोलन गरेका थिए ।
यस प्रकरणमा मुख्य अभियुक्तलाई संरक्षण गर्न खोजिएको भन्दै आन्दोलित स्थानीयका मागका विषयमा समाचार प्रकाशन गरेको मानसखण्ड दैनिकका प्रकाशक तथा सम्पादक भण्डारीले बताए।
निर्मलाको शरीरमा रहेको सुरुवाललगायतका कपडा प्रमाण सङ्कलन गर्नुअघि नै पानीले धोएर प्रमाण मेट्न खोजिएको, घटनास्थललाई सुरक्षित राख्न घेराबन्दी नगरिएको तथा निर्मलाको गुप्ताङ्ग पखालेर डीएनएको मुख्य प्रमाण नष्ट गरेको आरोप प्रहरीमाथि लागेको थियो ।
घटनास्थल वरपर देखिएका शङ्कास्पद व्यक्तिका पैतालाका डोब तथा निर्मलाका किताब–कापीमा रहेका औँठाछापको प्राविधिक सङ्कलन नगरिएको गृह मन्त्रालयको छानबिन प्रतिवेदनले देखाएको थियो ।
यस प्रकरणमा संलग्न व्यक्तिको प्रहरीले अझै पहिचान गर्न सकेको छैन । यद्यपि घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २३ गते, २०८३ - १२:५५
तनहुँ। तनहुँको व्यास नगरपालिका र देवघाट गाउँपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइ...
श्रावण २३ गते, २०८३ - १२:४१
इलाम। मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड एक महिनादेखि अवरुद्ध छ । गत असार २३ गते इलाम नगरपालिका ९ स्थित इलाम(राजदुवाली खण्डमा पहिरो गएपछि अव...
श्रावण २३ गते, २०८३ - १२:१०
कञ्चनपुर। कञ्चनपुरका पत्रकार खेम भण्डारी कारागारबाट रिहा भएको छन् । उनले एक महिना सात दिन कैद भुक्तान गरेपछि शनिबार रिहा भएको हो । निर्मला पन्त हत्या ...
श्रावण २३ गते, २०८३ - ११:५९
काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र देखिएको पछिल्लो विवाद र आगामी केन्द्रीय कार्यसमिति बैठकका विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ। बैठक ...
श्रावण २३ गते, २०८३ - ११:४०
सल्यान। जंगलमा सिकार खेल्न गएको समयमा भरुवा बन्दुकबाट चलेको गोली लागेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कालिमा...
श्रावण २३ गते, २०८३ - ११:३१
कालीकोट। कालीकोटको पलाँता गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा वाइफाइ चलाउन नदिएको भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छ...
श्रावण २३ गते, २०८३ - ११:१८
जनकपुरधाम। मधेश प्रदेश सरकारले बर्सेनि बजेटको आकार बढाउँदै गौरवका आयोजना अघि सारे पनि बजेट कार्यान्वयनमा भने अपेक्षित सफलता हासिल गर्न सकेको छैन । मधे...
श्रावण २२ गते, २०८३ - १७:३६
काठमाडौं। नेकपा (एमाले) ले आफ्ना सांसदहरूले परिवारका सदस्यलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न नपाउने व्यवस्था लागू गरेको छ। संसदीय दलको शुक्रबार बसेक...
श्रावण २२ गते, २०८३ - १७:२७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिध...
श्रावण २२ गते, २०८३ - १७:१४
मकवानपुर। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एल.पी. ग्यास कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गर्ने भएको छ । केही दिनदेखि एल.पी. ग्य...



प्रतिकृया लेख्नुहोस्: