मकवानपुर। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एल.पी. ग्यास कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गर्ने भएको छ ।
केही दिनदेखि एल.पी. ग्यास अभाव भइरहेको पाइएपछि मकवानपुर प्रशासनले एल.पी. ग्यास कृत्रिम अभाव सिर्जना गरेको र कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गरी सम्बन्धित व्यक्ति वा संस्थामाथि आवश्यक कानुनी कारबाही अगाडि बढाइने भएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले हाल जिल्लाभित्र एल.पी. ग्यासको आपूर्तिमा असहज अवस्था सिर्जना भई सर्वसाधारण उपभोक्ताले आवश्यक परिमाणमा खाना पकाउने ग्यास प्राप्त गर्न कठिनाइ भइरहेको तथा केही व्यक्तिहरूले आवश्यकता भन्दा बढी एल।पी। ग्यास सिलिण्डर सञ्चय (स्टक)गरेको गुनासो प्राप्त भएको जानकारी दिए।
उहाँले एल.पी. ग्यास सिलिण्डर सञ्चय आवश्यकता भन्दा बढी गरेको, कृत्रिम अभाव सिर्जना भएको र दर्ताविहीन रूपमा ग्यासको खरिद बिक्री भइरहेको जानकारीमा आएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सरोकारवाला निकायहरूको बैठकबाट टास्क फोर्स गठन गरिएको बताउनुभयो । उहाँका अनुसार गुनासो सुन्ने टास्क फोर्सको नम्बरमा सन्देशमार्फत जानकारी गराउन सकिने छ ।
विधिवत् दर्ता नगरी एल.पी.ग्यासको खरिद–बिक्री नगर्नेरनगराउने बैठकले निर्णय गरेको छ । सहायक प्रजिअ जोशीद्वारा सूचनामा जिल्ला प्रशासन कार्यालय, हेटौँडा उपमहानगरपालिका, मकवानपुर उद्योग वाणिज्य सङ्घ, उपभोक्ता हकहित संरक्षण मञ्च र ग्यास डिलर एशोसिएसनका प्रतिनिधिहरू सहभागी टास्क फोर्सबाट बजार अनुगमन तथा आवश्यक कारबाहीका लागि क्रियाशील भइसकेको उल्लेख छ ।
साथै जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनाको बेवास्ता गरी आवश्यकता भन्दा बढी एल।पी। ग्यास सिलिण्डर सञ्चय गरेको, कृत्रिम अभाव सिर्जना गरेको, कालोबजारी गरेको वा दर्ताविहीन रूपमा एल। पी। ग्यासको खरिद–बिक्री, भण्डारण तथा वितरण गरेको पाइएमा ग्यास सिलिण्डर जफत गरी सम्बन्धित व्यक्ति वा संस्थामाथि आवश्यक कानुनी कारबाही अगाडि बढाइने सहायक प्रजिअ जोशीले जारी गरेको सूचनामा भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - १७:३६
काठमाडौं। नेकपा (एमाले) ले आफ्ना सांसदहरूले परिवारका सदस्यलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न नपाउने व्यवस्था लागू गरेको छ। संसदीय दलको शुक्रबार बसेक...
श्रावण २२ गते, २०८३ - १७:२७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिध...
श्रावण २२ गते, २०८३ - १७:१४
मकवानपुर। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एल.पी. ग्यास कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गर्ने भएको छ । केही दिनदेखि एल.पी. ग्य...
श्रावण २२ गते, २०८३ - १६:५५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा आर्थिक प्रभाव, पहुँचको दुरुपयोग तथा कुनै...
श्रावण २२ गते, २०८३ - १६:४४
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण र आधुनिक प्रविधिको प्रभावकारी उपयोग सुनिश्चित गर्न दूरसञ्चार ...
श्रावण २२ गते, २०८३ - १६:३५
काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला स...
श्रावण २२ गते, २०८३ - १६:२२
काठमाडौं। विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको प्रहरी छापामारी प्रकरणमा नेपाल प्रहरी प्रधान कार्यालयले सूचनाको प्रमाणीकरण (भेरिफाइ) प्रक्रि...
श्रावण २२ गते, २०८३ - १३:५५
काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...
श्रावण २२ गते, २०८३ - १३:४८
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...
श्रावण २२ गते, २०८३ - १३:३३
काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...



प्रतिकृया लेख्नुहोस्: