कालीकोट। कालीकोटको पलाँता गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा वाइफाइ चलाउन नदिएको भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
कालीकोट प्रहरीले शुक्रबार पलाँता गाउँपालिका–९ स्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि हातपात गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटले जारी गरेको विज्ञप्तिमा अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि दुर्व्यवहार र अभद्र व्यवहार गर्ने तथा अस्पतालमा अनधिकृत रूपमा प्रवेश गरी सामान तोडफोड गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुरेश खत्रीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब १ बजे १४ र १५ वर्षका एकाघरका दुई भाइ अस्पतालको वाइफाइमा मोबाइल जोडेर ओपीडी नजिकै गेम खेलिरहेका थिए । चिकित्सकले अस्पताल परिसरबाहिर गएर मोबाइल चलाउन भनेपछि उनीहरूले चिकित्सकसँग विवाद गरेका थिए ।
त्यसपछि उनीहरूको परिवारका अन्य सदस्यसमेत आएर चिकित्सकमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ । राति पुन: अस्पतालमा तोडफोडसमेत भएको प्रहरीको भनाइ छ । घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै स्वास्थ्यकर्मी तथा विभिन्न संघसंस्थाले विरोध जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १५:००
काठमाडौँ। ३२औँ विश्व आदिवासी दिवसको अवसरमा आइतबार विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ । ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको सम...
श्रावण २४ गते, २०८३ - १४:४४
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति नागरिकमा तीन प्रकारको धारणा देखिएको बताएका छन्। उनले नागरिकसँगको संवादका...
श्रावण २४ गते, २०८३ - १४:३३
लमजुङ। लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा एक वृद्वाको घाँटी रेटेर हत्या भएको छ । ७५ वर्षीया काली सार्की घरभित्रै हत्या भएको अबस्थामा फेला परेको ह...
श्रावण २४ गते, २०८३ - १४:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, सुझाव र अपेक्षालाई सरकारको नीति निर्माण तथा कार्यान्वयनसँग जोड्न ‘नागरिक, नीति र ने...
श्रावण २४ गते, २०८३ - १३:४०
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालले हालै गम्भीर राजनीतिक अस्थिरताको चरण पार गरेको बताएका छन्। उनले देशभित्रको असन्तोषलाई उपयोग...
श्रावण २४ गते, २०८३ - १३:३२
काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालको आईभीएफ सेन्टरमा १७ वर्षीया किशोरीको डिम्ब निकालिएको घटनामा वरिष्ठ स्त्रीरोग तथा आईभीएफ विशेषज्ञ ...
श्रावण २४ गते, २०८३ - १३:१०
दैलेख। दैलेखमा एक युवक आफ्नै डेराको कोठामा मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–६ स्थित डेराको कोठा...
श्रावण २४ गते, २०८३ - १२:४८
बुटवल । तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह गोरुसिंगे जंगलमा मृत फेला परेका छन्। ६५ वर्ष...
श्रावण २४ गते, २०८३ - १२:१९
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताएको छन् ।...
श्रावण २४ गते, २०८३ - ११:४८
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पुन: प्रतितोला ३ लाख रुपैयाँको सीमा पार गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य प्र...



प्रतिकृया लेख्नुहोस्: