काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा विशेष समयमा बोल्दै उनले राज्य प्रणालीलाई प्रभावकारी बनाउन सरकारले सिक्ने संस्कार र व्यवहारमा परिवर्तन ल्याउनुपर्ने धारणा राखे।
उनले अहिलेको सरकारको निष्ठा र नियतमाथि शंका नगरे पनि काम गर्ने ढंग अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको टिप्पणी गरे। “यदि तपाईंलाई के थाहा छैन भन्ने नै थाहा छैन भने तपाईंलाई साँच्चै केही पनि थाहा छैन,” भन्दै उनले गुगलका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुन्दर पिचाईको भनाइ उद्धृत गरे। सबै कुरा आफूलाई थाहा छ भन्ने मानसिकताले विकासको गति रोक्ने भएकाले निरन्तर सिक्ने संस्कृतिलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
सांसद झाले शिक्षित समाजले मात्र लोकतन्त्र, राजनीति, सामाजिक सन्तुलन र न्यायलाई मजबुत बनाउन सक्ने उल्लेख गरे।
मधेसको अवस्थाप्रति सरकार अझै संवेदनशील हुनुपर्ने उनको धारणा थियो। उनले सीमा क्षेत्रमा सामान्य सामान बोकेर आउने गरिब नागरिकमाथि कडाइ गरिने तर विमानस्थलबाट महँगा सामान ल्याउने धनीमाथि सहज व्यवहार गरिने अवस्था विभेदपूर्ण भएको बताए। “बोर्डरमा आउने गरिब र एयरपोर्टमा आउने धनीलाई किन फरक व्यवहाररु” भन्दै उनले सरकारसँग प्रश्न गरे।
अर्थतन्त्रलाई चलायमान बनाउन मधेस, प्रवासी नेपाली र निजी क्षेत्रलाई विकासको साझेदार बनाउनुपर्ने सुझाव पनि उनले दिए। भारतको उदाहरण प्रस्तुत गर्दै उनले प्रवासी नेपालीको लगानी आकर्षित गर्न नागरिकता, भिसा र लगानीसम्बन्धी नीतिमा थप लचकता आवश्यक रहेको बताए।
निजी क्षेत्र अहिले असुरक्षित महसुस गरिरहेको उल्लेख गर्दै उनले व्यवसायीहरूले प्रहरी देख्दा सुरक्षा होइन, छापा र धरपकडको त्रास महसुस गर्ने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - १७:३६
काठमाडौं। नेकपा (एमाले) ले आफ्ना सांसदहरूले परिवारका सदस्यलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न नपाउने व्यवस्था लागू गरेको छ। संसदीय दलको शुक्रबार बसेक...
श्रावण २२ गते, २०८३ - १७:२७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिध...
श्रावण २२ गते, २०८३ - १७:१४
मकवानपुर। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एल.पी. ग्यास कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गर्ने भएको छ । केही दिनदेखि एल.पी. ग्य...
श्रावण २२ गते, २०८३ - १६:५५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा आर्थिक प्रभाव, पहुँचको दुरुपयोग तथा कुनै...
श्रावण २२ गते, २०८३ - १६:४४
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण र आधुनिक प्रविधिको प्रभावकारी उपयोग सुनिश्चित गर्न दूरसञ्चार ...
श्रावण २२ गते, २०८३ - १६:३५
काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला स...
श्रावण २२ गते, २०८३ - १६:२२
काठमाडौं। विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको प्रहरी छापामारी प्रकरणमा नेपाल प्रहरी प्रधान कार्यालयले सूचनाको प्रमाणीकरण (भेरिफाइ) प्रक्रि...
श्रावण २२ गते, २०८३ - १३:५५
काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...
श्रावण २२ गते, २०८३ - १३:४८
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...
श्रावण २२ गते, २०८३ - १३:३३
काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...



प्रतिकृया लेख्नुहोस्: