काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवी केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७६/७७ मा सहकारी संस्था छनोट कार्यविधिविपरीत योग्यता नै नपुगेको आठबीसकोट दुग्ध सहकारी संस्था लिमिटेडलाई चिस्यान केन्द्र निर्माणका लागि अनुदान उपलब्ध गराइएको तथा सोही संस्थाका लागि नगरपालिकाबाट गाडी खरिद गराएर अनियमितता गरिएको आरोप छ।
आयोगले नगरप्रमुख केसीविरुद्ध ८० लाख २३ हजार ५१ रुपैयाँ बिगो दाबी गरेको छ। यस्तै तत्कालीन निमित्त कार्यालय प्रमुख सुवर्ण सिंह ठकुरी, ज्ञानुकुमार शर्मा, पशु सेवा अधिकृत शेरबहादुर खड्का, लेखा अधिकृत यमबहादुर पुन, कृषि अधिकृत मिनबहादुर केसी र प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहविरुद्ध जनही ९१ लाख १७ हजार ८७३ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ।
त्यसैगरी आठबीसकोट दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष जनक बटाला, उपाध्यक्ष वीरबहादुर रोकाय, सचिव प्रकाश खड्का र कोषाध्यक्ष जुनकुमारी चनेलविरुद्ध पनि चिस्यान केन्द्र निर्माणतर्फ ९१ लाख १७ हजार ८७३ रुपैयाँ तथा गाडी खरिदतर्फ ८० लाख २३ हजार ५१ रुपैयाँ बिगो दाबी गरिएको आयोगले जनाएको छ।
उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कैद, बिगो असुल तथा जरिवानाको माग गर्दै बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २१ गते, २०८३ - २३:२७
पहाडी गाउँको एउटा कुनामा जन्मिएको थियो विराज। घरमा अभाव थिएन। खेतबारी, गाईवस्तु, परिवारको माया—सबै थियो। गाउँलेहरू भन्थे, "यो केटो भाग्यमानी छ।" तर भा...
श्रावण २१ गते, २०८३ - २३:१४
कपिलवस्तु । प्रविधिलाई सही रूपमा प्रयोग गर्न सके त्यसले जीवन नै बदल्न सक्छ भन्ने उदाहरण बनेका छन् कपिलवस्तुको शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्...
श्रावण २१ गते, २०८३ - २२:५२
काठमाडौं । बिहान ६ बज्न नपाउँदै ध्रुव तिवारी नियमित स्वास्थ्य परीक्षणका लागि मीनभवनस्थित निजामती अस्पताल पुगे। उनको योजना स्पष्ट थियो—छिट्टै टिकट लिने...
श्रावण २१ गते, २०८३ - २२:४८
काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्ने सहमति भएको १२ दिन बितिसक्दा पनि अधिकांश प्रदेशमा नय...
श्रावण २१ गते, २०८३ - २२:३१
काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व विवादसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले नयाँ मोड ल्याएको छ। विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको न...
श्रावण २१ गते, २०८३ - २२:३०
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको संसद्प्रतिको व्यवहारलाई लिएर प्रतिनिधिसभाभित्र र बाहिर प्रश्नहरू थप चर्किन थालेका छन्। संसद्मा निरन्तर उनको उपस्थ...
श्रावण २१ गते, २०८३ - २२:२१
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवी केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।...
श्रावण २१ गते, २०८३ - १७:४७
काठमाडौँ। नेपाली काङ्ग्रेसको विवादसम्बन्धी मुद्दालाई पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ। काङ्ग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारि...
श्रावण २१ गते, २०८३ - १७:१०
काठमाडौं। नेपालभरका प्रहरी कार्यालय र हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख निश्चित अवधिसम्म सुरक्षित राख्ने व्यवस्था ...
श्रावण २१ गते, २०८३ - १६:०९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका क्रममा हङकङमा रहेका थिए। उनी साउन २६ गते राति स्वदेश फर्किने त...



प्रतिकृया लेख्नुहोस्: