Khabar Dabali ८ जेष्ठ २०८३ शुक्रबार | 22nd May, 2026 Fri
Investment bank

जङ्गली च्याउ खाँदा पाल्पामा दुई महिलाको मृत्यु

खबरडबली संवाददाता

पाल्पा। जङ्गली विषालु च्याउ खाँदा पाल्पामा दुई महिलाको मृत्यु भएको छ । रम्भा गाउँपालिका–५ की ६६ वर्षीया बिनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चा मगरको मृत्यु भएको हो ।

जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरूसहित ५० वर्षीया याममाया जर्घा मगर पनि बिरामी परेका थिए । गत जेठ १ गते साँझ च्याउ सेवनपछि वान्ता र झाडापखाला भएपछि उपचारका लागि उनीहरूलाई युनाइटेड मिसन अस्पताल तानसेन ल्याइएको थियो ।

कामु मगरको जेठ ४ गते र खाम्चा मगरको जेठ ५ गते उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।

जर्घा मगरको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए। मनसुन नजिकिँदै जाँदा जिल्लामा विषालु च्याउ सेवनबाट एक दर्जनभन्दा बढी बिरामी परेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

निस्दी गाउँपालिका–४ भिरपानीमा पनि विषालु च्याउ सेवनबाट दुई जना बिरामी भएका छन् । जेठ ४ गते जङ्गलको च्याउ सेवन गरेका उहाँहरूमा जेठ ५ गते लक्षण देखिएको थियो । उपचारका लागि मध्यविन्दु अस्पताल नवलपुर लगिएकोमा दुवैको अवस्था गम्भीर भएपछि थप उपचारका लागि भरतपुर, चितवन पठाइएको निस्दी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशाले जानकारी दिए।

यता तानसेन नगरपालिका–११ भालुवन घर भई तानसेन नगरपालिका–४ मा बस्दै आएका एकै परिवारका चार जना पनि विषालु च्याउ सेवनबाट बिरामी भएका छन् । उनीहरूको मिसन अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, माथागढी गाउँपालिका–३ कसेनी भैंसीकट्टाका विषालु च्याउ खाएर बिरामी परेका चार जना उपचारपछि घर फर्किएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधु भट्टराईले बताए।

तानसेन नगरपालिका–८ मदनपोखराको कोकलमा बस्ने दुई जना पनि उपचारपछि घर फर्केका छन् । उनीहरूको उपचार लुम्बिनी मेडिकल कलेज प्रभासमा गरिएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारलाई ३६ वटा नियम बनाउने अधिकार दिने प्रस्ताव

काठमाडौं । प्रस्तावित सङ्घीय निजामती सेवा ऐनअन्तर्गत सरकारलाई ३६ वटा नियम बनाउने अधिकार दिने प्रस्ताव गरिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन म...

नेकपा सुदूरपश्चिम संसदीय दलको बैठक जारी

धनगढी। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूको उपस्थितिमा सो पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक धनगढीमा जारी रहेको छ  । धनगढी...

जङ्गली च्याउ खाँदा पाल्पामा दुई महिलाको मृत्यु

पाल्पा। जङ्गली विषालु च्याउ खाँदा पाल्पामा दुई महिलाको मृत्यु भएको छ । रम्भा गाउँपालिका–५ की ६६ वर्षीया बिनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्च...

विश्वकप क्रिकेट लिग–२: नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको छ ।   कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तराष्ट्रिय ...

विपक्षीको नाराबाजीकै बीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रतिनिधिसभाबाट पारित

काठमाडौं । विपक्षी दलहरूको रोष्टम घेराबन्दी र नाराबाजीकै बीच प्रतिनिधिसभाले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित गरेको छ। बैठकमा अर्थम...

माग पूरा नभएको भन्दै श्रम संस्कृति पार्टीद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

काठमाडौं । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ। पार्टीले आफ्नो माग सम्बोधन नगरी सभामुखले संसद्को कारबाही अघि बढाएको भन्दै बैठ...

विपक्षीको नाराबाजीकै बीच निर्वाचनसम्बन्धी दुई विधेयक बहुमतले स्वीकृत

काठमाडौं । विपक्षी दलहरूको नाराबाजीकै बीच प्रतिनिधिसभामा ‘प्रतिनिधिसभा निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले...

विपक्षीलाई पेलेर अघि बढे सभामुख

काठमाडौं । विपक्षी दलहरूले राखेको मागलाई बेवास्ता गर्दै सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक अगाडि बढाएका छन्। प्रधानमन्त्रीको उपस्थितिको मा...

प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिनिधिसभामा विपक्षीको नाराबाजी

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले नाराबाजी गरेका छन्। प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले विरोध जनाएपछि सभामुखल...

सीमित स्रोतका बाबजुद खेलाडीको सम्मानमा कमी हुन दिँदैनौँ : मन्त्री पोखरेल

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताएको छन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending