Khabar Dabali ८ जेष्ठ २०८३ शुक्रबार | 22nd May, 2026 Fri
Investment bank

स्वास्थ्य चौकी अलपत्र, मजदुर भोकै : रामेछापमा ४ वर्षदेखि ‘कागजमै स्वास्थ्य सेवा’

खबरडबली संवाददाता

रामेछाप । भूकम्पपछि गाउँमा स्वास्थ्य सेवा सहज बनाउने भन्दै सुरु गरिएको स्वास्थ्य चौकी निर्माण अहिले आफैं बिरामीजस्तै बनेको छ । रामेछापको उमाकुण्ड गाउँपालिका–३ कुभुकास्थलीमा चार वर्षअघि सम्पन्न हुनुपर्ने स्वास्थ्य चौकी भवन अझै अधुरै छ ।

निर्माण कम्पनीको लापरबाहीले भवन मात्र अलपत्र परेको छैन, मजदुरहरू पाँच वर्षदेखि ज्याला नपाएर पीडित बनेका छन् । स्थानीयका अनुसार ‘स्काइ विवश निर्माण’ कम्पनीले काम गराएका मजदुरको १४ लाख रुपैयाँभन्दा बढी भुक्तानी अझै रोकिएको छ ।

स्थानीय कर्णबहादुर सुनुवार का अनुसार निर्माण व्यवसायी अहिले सम्पर्कविहीनजस्तै बनेका छन् । “फोनसमेत उठाउँदैनन्,” उनले गुनासो गरे ।

भवनको जग हाल्दादेखि काम गरेका प्रसाद सुनुवार ले चार वर्ष काठमाडौं बस्दा पनि पैसा नपाएको पीडा सुनाए । “पुरानो पैसा पाइन्छ कि भनेर फेरि यहीँ काम गरिरहेको छु,” उनले भने ।

अर्का मजदुर केशव सुनुवार ले निर्माण कम्पनीले पटक–पटक “पैसा पठाइदिन्छु” भन्दै आश्वासन मात्र दिएको आरोप लगाए ।

स्थानीय पवित्र कार्की का अनुसार निर्माण व्यवसायीको बदमासी र सरकारी निकायको फितलो अनुगमनले गाउँले दोहोरो मारमा परेका छन् । “समयमा काम नगर्ने ठेकेदार र चुप लागेर बस्ने कार्यालय दुवै दोषी हुन्,” उनले भने ।

यस विषयमा किरण थापा मगर ले काम नगरी मजदुर ठग्ने निर्माण व्यवसायीमाथि कारबाही गरिने बताएका छन् ।

रामेछापमा २०७२ सालको भूकम्पपछि क्षति पुगेका १९ वटा स्वास्थ्य संस्थाको भवन निर्माणको जिम्मा यही कम्पनीले लिएको थियो । तर तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत सुरु गरिएका अधिकांश भवन अझै पूरा भएका छैनन् ।

सघन सहरी तथा भवन निर्माण आयोजना का अनुसार कम्पनीले २०७८ वैशाख ८ गतेदेखि १५ महिनाभित्र काम सक्ने गरी सम्झौता गरेको थियो । ११ वटा स्वास्थ्य चौकी निर्माणका लागि करिब १९ करोड ३७ लाख रुपैयाँ र थप ८ वटा भवनका लागि २० करोड ५२ लाख रुपैयाँको ठेक्का दिइएको थियो ।

तर चार वर्ष बितिसक्दा पनि भवन अधुरै छन्, मजदुरको पसिना सुकिसकेको छ, र गाउँले अझै उपचारका लागि भौतारिन बाध्य छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भाइरल राजनीतितर्फ रास्वपा : ‘बालेन प्रवृत्ति’ कति खतरनाक ?

काठमाडौं । नेपाली राजनीतिमा पछिल्ला केही वर्षयता एउटा नयाँ शैली उदाएको छ । परम्परागत दल र नेताप्रति तीव्र आक्रोश, सामाजिक सञ्जालमार्फत सीधा जनतासँग सं...

स्वास्थ्य चौकी अलपत्र, मजदुर भोकै : रामेछापमा ४ वर्षदेखि ‘कागजमै स्वास्थ्य सेवा’

रामेछाप । भूकम्पपछि गाउँमा स्वास्थ्य सेवा सहज बनाउने भन्दै सुरु गरिएको स्वास्थ्य चौकी निर्माण अहिले आफैं बिरामीजस्तै बनेको छ । रामेछापको उमाकुण्ड गाउँ...

लुम्बिनी प्रदेशसभा: विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

रुपन्देही । लुम्बिनी प्रदेशसभामा आजदेखि सरकारको विनियोजन विधेयक २०८३ का सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने भएको छ । प्रदेशसभाको आज दिउँसो २ः०० बज...

सिंहदरबारमा आज ‘बैठकको बाढी’ : एकैदिन १० संसदीय समिति सक्रिय

काठमाडौं । संघीय संसद्अन्तर्गत आज एकैदिन १० वटा संसदीय समितिको बैठक बस्दैछन् । बजेटदेखि सुशासन, मानव अधिकारदेखि युद्धको असर, सञ्चारदेखि सामाजिक सुरक्ष...

कुर्सी जोगाउन मधेशमा नयाँ गठबन्धन : आज विश्वासको मत लिँदै मुख्यमन्त्री यादव

जनकपुरधाम । कृष्णप्रसाद यादव आज मधेश प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । सत्ता समीकरण फेरिएपछि राजनीतिक तनाव बढेका बेला दिउँसो १ बजे प्रदेशसभा बैठक ...

जेठ लागेसँगै तरकारी बजार तातेको तात्यै : च्याउदेखि कागतीसम्म भाउ आकासियो

काठमाडौं । जेठ लागेसँगै तरकारी तथा फलफूल बजारको भाउ फेरि उकालो लागेको छ । कालिमाटीमा संकलित दैनिक थोक मूल्यअनुसार सामान्य तरकारीदेखि फलफूल र च्याउसम्म...

छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदै

मुस्ताङ । छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकको सहज पदयात्राका लागि राष्ट्रिय प्रकृति संरक्षण क...

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको पहिचान

म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय नभएर तरकारीको बीउ किन्न नसकेका बेनी नगरपालिका–२ खबराका ५० वर्षीय सोवित शर्माको जीवनमा माटोसँगको मित्रताले नाम, द...

आलु खेतीबाट आत्मनिर्भर बन्दै किसान

शीत भण्डार सञ्चालनमा नआउँदा मर्कामा

काठमाडौँका यी क्षेत्रमा आज ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज  शंखमुल फिडर अन्तर्गतका क्षेत्रमा दिउँसो चार घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।  एक सूचना जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending