Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

आलु खेतीबाट आत्मनिर्भर बन्दै किसान

शीत भण्डार सञ्चालनमा नआउँदा मर्कामा

खबरडबली संवाददाता

बैतडी । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान केशव विष्ट यस वर्ष आलु राम्रो फल्ने आशामा छन् । वार्षिक आलु खेतीबाट आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका विष्ट उत्पादनसँगै आम्दानी पनि बढ्ने भएकाले दङ्ग छन् ।

“समयमै पानी परेका कारण उत्पादन राम्रो हुने आशामा छौँ । खेतहरू आलु खेतीले हरियाली भएका छन्”, विष्टले भने, “हामीले आलुसँगै अन्य सिजनअनुसारका तरकारी खेती पनि गर्दै आएका छौँ ।”

बैतडीको पाटन नगरपालिका–८, ९ र १० आलु खेतीका लागि पकेट क्षेत्र हुन् । विष्टजस्तै यहाँका अधिकांश किसान आलु खेतीसँगै अन्य मौसमअनुसारका तरकारी खेतीबाट नै आत्मनिर्भर बन्दै गएका छन् । बैतडीबाट मात्रै वार्षिक डेढदेखि दुई करोड रुपैयाँसम्मको आलु निर्यात हुने गरेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । यस वर्ष समयसमयमा पानी परेकाले विगतको तुलनामा २० प्रतिशतसम्म वृद्धि हुनसक्ने कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जोशीले जानकारी दिए ।

आलुसँगै अन्य मौसमी तथा बेमौसमी तरकारीका लागि यो पकेट क्षेत्र भए तापनि शीत भण्डार र सिँचाइको अभावमा किसानले प्रत्येक वर्ष घाटा व्यहोर्दै आएका छन् । यस क्षेत्रमा एउटा शीत भण्डार छैन, आलुको बीउ राख्नका लागि यहाँबाट डडेलधुरा लैजानुपर्ने बाध्यता रहेको किसानहरूले बताउँदै आएका छन् ।

शीत भण्डार सञ्चालनमा नआउँदा मर्कामा 

प्रदेश र सङ्घीय सरकारको लगानीमा पाटन–८ खोड्पे क्षेत्रमै बनेका दुई शीतभण्डारहरू वर्षौँदेखि प्रयोगविहीन छन् । वर्षौँदेखि अलपत्र अवस्थामा रहेको शीत भण्डार सञ्चालनमा नआउँदा कृषि उपजलाई सुरक्षित राख्न नपाएको र आलुको बीउसमेत राख्न समस्या हुने गरेको अर्का किसान नरबहादुर विष्ट बताउँछन् । यस क्षेत्रमा बनेका शीत भण्डार पनि प्रयोगमा छैनन्, शीत भण्डार सञ्चालन गर्न सरोकारवाला निकायले चासो नदेखाएको उनको गुनासो छ ।

पाटन नगरपालिका–८ खोडपेमा प्रदेश सरकारको सहयोगमा करिब ४२ लाख रुपैयाँ लागतमा बनेको शीत भण्डार सञ्चालनमा आएको छैन । आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारको सहयोगमा निर्माण सम्पन्न भएको शीत भण्डार सञ्चालनमा आउन सकेको छैन । शीत भण्डारका सञ्चालक मोहनदेव भट्टले प्रदेश सरकारको रु १५ लाख अनुदानमा निर्माण गरेको भए पनि प्रयोगमा ल्याएका छैनन् । शीत भण्डार निर्माणका क्रममा अनुदान पाएका भट्ट अहिले सम्पर्कमा नरहेको कृषि ज्ञान केन्द्रका प्रमुख जोशीले बताए ।

यसैगरी, खोडपे क्षेत्रमै बनेको अर्को शीतभण्डारको काम सम्पन्न हुन सकेको छैन । साबिकको नयाँ सहर आयोजनाको कार्यालयद्वारा ८४ लाख २९ हजार ८१ रुपैयाँ लागतमा बनेको शीत भण्डारमा विद्युत् जडान नहुँदा प्रयोगमा आउन सकेको छैन ।

विद्युत् जडानसँगै केही प्राविधिक उपकरण जडानको काम बाँकी छ । उक्त शीत भण्डारमा विद्युत् जडानका लागि बजेट नआएकाले आगामी वर्षका लागि माग गरिएको नयाँ सहर आयोजनाको कार्यालय गाभिएको सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयका सूचना अधिकारी विशाल श्रेष्ठले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न नपाएपछि शितलनिवासअघि आत्मदाह प्रयास

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक युवकले राष्ट्रपति भवन शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेका छन्। मंगलबार शरीरमा पेट्...

मुक्त कम्लहरी महिलाको सामूहिक खेती सफल, तीन वर्षदेखि धानदेखि तरकारीसम्म आत्मनिर्भरताको यात्रा

दाङ । दाङको घोराही उपमहानगरपालिका–८ का मुक्त कम्लहरी महिलाले सामूहिक खेतीमार्फत आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेका छन्। तीन वर्षअघि सुरु गरिएको अभिय...

ओली–प्रचण्ड ३ घण्टा वार्ता, एमाले–, नेकपा सहकार्यको औपचारिक सुरुआत

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार तीन घण्टाभन्दा लामो ...

यौन दुर्व्यवहार विवादपछि सुकुना विद्यालयको ठूलो निर्णय, तीन शिक्षक–कर्मचारी निलम्बित

विराटनगर । मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयले छात्रामाथि यौनजन्य दुर्व्यवहारको आरोपसँग जोडिएको घटनापछि तीन जना शिक्षक तथा कर्मचारीलाई...

वाग्मतीमा कांग्रेस–एमाले गठबन्धन टुट्यो, एमाले सरकारबाट बाहिरियो

काठमाडौं । वाग्मती प्रदेशमा नेपाली कांग्रेस–नेकपा (एमाले)बीचको सत्ता गठबन्धन अन्त्य भएको छ। एमालेले सरकारबाट बाहिरिने निर्णय गर्दै आफ्ना मन्त्रीहरूले ...

सुकुना विद्यालयमा यौन दुर्व्यवहारको आरोप: दुई शिक्षक र एक चालक पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई शिक्षक र एक सवार...

को हुन् कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका श्रेष्ठ ? कारमा कसरी लाग्यो आगो ?

काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा कारभित्रै जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृत्यु हुन...

कर्णालीको सत्ता समीकरणमा नेकपाको स्पष्ट सन्देश: केन्द्रबाट अझै कुनै निर्देशन आएको छैन

सुर्खेत । कर्णाली प्रदेशको सत्ता समीकरणबारे नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी केन्द्रबाट अहिलेसम्म कुनै निर्णय वा निर्देशन नआएको जनाएको छ। केन...

लुम्बिनीमा सत्ता समीकरण पेचिलो, कांग्रेस–एमाले–नेकपा सबै केन्द्रको संकेतको प्रतीक्षामा

बुटवल । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच प्रदेश तहको सत्ता सहकार्य अन्य प्रदेशमा संकटमा परे पनि लुम्बिनी प्रदेशमा भने गठबन्धनको भविष्य अझै अनिश्चित ...

‘संवैधानिक संकट आए मात्रै प्रदेश सरकारमा जान्छौँः नेकपा नेता दाहाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता लेखनाथ दाहाल राजन ले संवैधानिक संकट उत्पन्न हुने अवस्था वा आफ्नो पार्टीबिना सरकार गठन हुन नसक्ने प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending