काठमाडौं । प्रस्तावित सङ्घीय निजामती सेवा ऐनअन्तर्गत सरकारलाई ३६ वटा नियम बनाउने अधिकार दिने प्रस्ताव गरिएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले तयार पारेको विधेयकको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो। मस्यौदा अर्थ मन्त्रालय बाट स्वीकृत भएर पुन: सङ्घीय मामिला मन्त्रालयमा फर्किएको छ भने अब कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय मा पठाउने तयारी भइरहेको छ।
विधेयकको मस्यौदाको दफा १४७ मा नियम बनाउने अधिकारसम्बन्धी व्यवस्था उल्लेख गरिएको छ। मस्यौदाअनुसार विभिन्न प्रशासनिक, प्राविधिक तथा सेवासम्बन्धी विषय नियमावलीमार्फत व्यवस्थित गरिनेछ।
सूचना प्रविधि समूहअन्तर्गत समेटिने नेपाल विविध सेवाका पद, विभिन्न सेवा तथा पदका लागि आवश्यक न्यूनतम योग्यता, सेवा समूह सञ्चालन, नियुक्ति, सरुवा र बढुवासम्बन्धी व्यवस्था नियमावलीबाट निर्धारण गरिने प्रस्ताव छ।
त्यस्तै, सङ्घीय निजामती सेवाका कर्मचारीको पदनाम, कार्यसम्पादन सम्झौता, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन, अस्थायी दरबन्दी सिफारिस समितिको व्यवस्था पनि नियममार्फत तय गरिनेछ।
मस्यौदामा तलबवृद्धि, कार्यसम्पादन मूल्याङ्कन, शैक्षिक योग्यता, कर्मचारीले पाउने सुविधा, पेन्सन, पारिवारिक निवृत्तिभरण, उपदान, बिदा तथा बेतलबी बिदासम्बन्धी विषयसमेत नियमावलीमा समेटिने उल्लेख छ।
यसैगरी, नेतृत्व परीक्षण, निजामती सेवा पुरस्कार, तहगत कर्मचारी व्यवस्थापन तथा कर्मचारी खटाउने विषय पनि नियममार्फत व्यवस्थित गरिने प्रस्ताव गरिएको छ।
कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम प्रदेश वा स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई पुन: सङ्घीय निजामती सेवामा पदस्थापन वा समायोजन मिलान गर्ने मापदण्डसमेत नियमावलीमार्फत तय गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ८ गते, २०८३ - १२:०२
काठमाडौँ। सरकारले बकर इद (इद–उल–अजहा) का अवसरमा आगामी जेठ १४ गते सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बिहीबार सूचना जा...
जेष्ठ ८ गते, २०८३ - ११:४८
पश्चिम नवलपरासी। सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा निगरानी कडा बनाएपछि पश्चिम नवलपरासीमा हुने अवैध कारोबार क्रमश: निरुत्साहित हुन थालेको छ । विशेष सू...
जेष्ठ ८ गते, २०८३ - ११:३८
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विकास निर्माणमा हुने ढिलासुस्तीका कारण परियोजनाहरूको लागत अस्वाभाविक रूपमा बढ्दै गएको ...
जेष्ठ ८ गते, २०८३ - १०:५८
काठमाडौं । प्रस्तावित सङ्घीय निजामती सेवा ऐनअन्तर्गत सरकारलाई ३६ वटा नियम बनाउने अधिकार दिने प्रस्ताव गरिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन म...
जेष्ठ ८ गते, २०८३ - १०:४३
धनगढी। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूको उपस्थितिमा सो पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक धनगढीमा जारी रहेको छ । धनगढी...
जेष्ठ ८ गते, २०८३ - १०:२९
पाल्पा। जङ्गली विषालु च्याउ खाँदा पाल्पामा दुई महिलाको मृत्यु भएको छ । रम्भा गाउँपालिका–५ की ६६ वर्षीया बिनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्च...
जेष्ठ ८ गते, २०८३ - १०:२०
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तराष्ट्रिय ...
जेष्ठ ७ गते, २०८३ - १७:५९
काठमाडौं । विपक्षी दलहरूको रोष्टम घेराबन्दी र नाराबाजीकै बीच प्रतिनिधिसभाले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित गरेको छ। बैठकमा अर्थम...
जेष्ठ ७ गते, २०८३ - १७:४१
काठमाडौं । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ। पार्टीले आफ्नो माग सम्बोधन नगरी सभामुखले संसद्को कारबाही अघि बढाएको भन्दै बैठ...
जेष्ठ ७ गते, २०८३ - १७:२२
काठमाडौं । विपक्षी दलहरूको नाराबाजीकै बीच प्रतिनिधिसभामा ‘प्रतिनिधिसभा निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले...



प्रतिकृया लेख्नुहोस्: