Khabar Dabali ८ जेष्ठ २०८३ शुक्रबार | 22nd May, 2026 Fri
Investment bank

छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदै

खबरडबली संवाददाता

मुस्ताङ । छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकको सहज पदयात्राका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले यहाँका पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति सुरु गरेको हो ।

एक्याप लोमान्थाङ र एक्याप जोमसोम कार्यक्षेत्र भित्र रहेका स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समिति (सिएमसी)ले बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङदेखि लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ ताङ्ग्यासम्मको पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति गरिरहेको हो । झण्डै नौ घण्टा पैदल दूरीको बारागुङ मुक्तिक्षेत्र–३ छुसाङदेखि पा हुँदै लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ सम्मको पर्यटकीय पदमार्गको मर्मत सुधार तथा स्तरोन्नतिका लागि एक्यापअन्तर्गत दुई समितिले अगलअलग रुपमा काम गरिएको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए ।

छुसाङदेखि पासम्मको दूरीमा छुसाङ समिति र ताङ्ग्यादेखि पासम्मको दूरीमा सुर्खाङ संरक्षण क्षेत्र व्यवस्थापन समितिले पदमार्गको मर्मत तथा स्तरोन्नति गरिरहेको प्रमुख पौडेलले जानकारी दिए । उपल्लो मुस्ताङ जाने पर्यटकीय पदमार्गको छुसाङदेखि पा हुँदै ताङ्ग्या पर्यटकीय पदमार्गको वैशाख १५ देखि पदमार्गको मर्मत तथा स्तरोन्नति कार्य थालिएको एक्यापले जनाएको छ ।

पदमार्गको मर्मत तथा स्तरोन्नतिका लागि स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समितिले घरेलु औजारसहित कामकाजमा जनशक्ति परिचालन गरेको हो । एक्याप लोमान्थाङ प्रमुख पौडेलका अनुसार छुसाङलेखि पा हुँदै ताङ्ग्यासम्मको पर्यटकीय पदमार्गको मर्मत सुधारलगायत कार्य दुई साताभित्र सम्पन्न हुने जानकारी दिए । बर्सेनि बर्खायामको वर्षाका कारण हुने भेलबाढी र पहिरोका कारण उक्त पदमार्ग भत्किने र बिग्रिने गरेको र पदमार्गलाई बर्सेनि मर्मत सुधारको कार्य गरिरहनुपर्ने प्रमुख पौडेलको भनाइ छ । छुसाङदेखि पा हुँदै ताङ्ग्या पदमार्गका कतिपय स्थानमा ग्याविक प्रोटेक्सन गरिएको छ भने पदमार्ग दुई स्थानमा काठेपुल निर्माण गरिन लागिएको छ ।

यसैगरी, लोघेकर दामोदरकुण्ड गाउँपालिकाले राष्ट्रिय रोजगार कार्यक्रमअन्तर्गत ध्ये खोलादेखि त्याङ्ग्यासम्मको पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति कार्य गरेको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिनुभयो । गाउँपालिकाले राष्ट्रिय रोजगार कार्यक्रमको कार्यविधिअनुसार दैनिक ज्यालादारी दिनेगरी पदमार्ग मर्मत सुधारको कामकाजमा खटाएको उनले बताए ।

पछिल्लो समय मुस्ताङका पर्यटकीय पदमार्ग सडक सञ्जालका कारण मासिँदै जान थालेका छन् । राष्ट्रिय गौरवको कोरला सडक र शाखा सडकको विकासले यहाँका पर्यटकीय पदमार्ग मासिन थालेको हो । कालीगण्डकी करिडोर सडकको पश्चिम छुसाङ, तेताङदेखि पा हुँदै ताङ्ग्या जोड्ने उपल्लो मुस्ताङको महत्वपूर्ण पर्यटकीय पदमार्ग हो । पछिल्लो समय त्यहाँको पर्यटकीय पदमार्ग बर्खायामको भेलबाढी र पहिरोले क्षति पुर्याउँदा उपल्लो मुस्ताङ जाने विदेशी पर्यटक पदयात्रीले निकै ठूलो जोखिम मोलेर यात्रा गर्नुपर्ने थियो ।

पदमार्गको मर्मत तथा स्तरोन्नति गर्नुपर्ने भन्दै विभिन्न ट्रेकिङ एजेन्सीलेसम्बन्धी निकायको ध्यानाकर्षण गराउँदै आइरहेका थिए । एक्याप लोमान्थाङ प्रमुख पौडेलले उपल्लो मुस्ताङ जाने छुसाङ–पा–त्याङ्ग्या पदमार्गको मर्मत तथा स्तरोन्नतिकार्यले विदेशी पर्यटकको पदयात्रा सहज हुने बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भाइरल राजनीतितर्फ रास्वपा : ‘बालेन प्रवृत्ति’ कति खतरनाक ?

काठमाडौं । नेपाली राजनीतिमा पछिल्ला केही वर्षयता एउटा नयाँ शैली उदाएको छ । परम्परागत दल र नेताप्रति तीव्र आक्रोश, सामाजिक सञ्जालमार्फत सीधा जनतासँग सं...

स्वास्थ्य चौकी अलपत्र, मजदुर भोकै : रामेछापमा ४ वर्षदेखि ‘कागजमै स्वास्थ्य सेवा’

रामेछाप । भूकम्पपछि गाउँमा स्वास्थ्य सेवा सहज बनाउने भन्दै सुरु गरिएको स्वास्थ्य चौकी निर्माण अहिले आफैं बिरामीजस्तै बनेको छ । रामेछापको उमाकुण्ड गाउँ...

लुम्बिनी प्रदेशसभा: विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

रुपन्देही । लुम्बिनी प्रदेशसभामा आजदेखि सरकारको विनियोजन विधेयक २०८३ का सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने भएको छ । प्रदेशसभाको आज दिउँसो २ः०० बज...

सिंहदरबारमा आज ‘बैठकको बाढी’ : एकैदिन १० संसदीय समिति सक्रिय

काठमाडौं । संघीय संसद्अन्तर्गत आज एकैदिन १० वटा संसदीय समितिको बैठक बस्दैछन् । बजेटदेखि सुशासन, मानव अधिकारदेखि युद्धको असर, सञ्चारदेखि सामाजिक सुरक्ष...

कुर्सी जोगाउन मधेशमा नयाँ गठबन्धन : आज विश्वासको मत लिँदै मुख्यमन्त्री यादव

जनकपुरधाम । कृष्णप्रसाद यादव आज मधेश प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । सत्ता समीकरण फेरिएपछि राजनीतिक तनाव बढेका बेला दिउँसो १ बजे प्रदेशसभा बैठक ...

जेठ लागेसँगै तरकारी बजार तातेको तात्यै : च्याउदेखि कागतीसम्म भाउ आकासियो

काठमाडौं । जेठ लागेसँगै तरकारी तथा फलफूल बजारको भाउ फेरि उकालो लागेको छ । कालिमाटीमा संकलित दैनिक थोक मूल्यअनुसार सामान्य तरकारीदेखि फलफूल र च्याउसम्म...

छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदै

मुस्ताङ । छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकको सहज पदयात्राका लागि राष्ट्रिय प्रकृति संरक्षण क...

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको पहिचान

म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय नभएर तरकारीको बीउ किन्न नसकेका बेनी नगरपालिका–२ खबराका ५० वर्षीय सोवित शर्माको जीवनमा माटोसँगको मित्रताले नाम, द...

आलु खेतीबाट आत्मनिर्भर बन्दै किसान

शीत भण्डार सञ्चालनमा नआउँदा मर्कामा

काठमाडौँका यी क्षेत्रमा आज ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज  शंखमुल फिडर अन्तर्गतका क्षेत्रमा दिउँसो चार घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।  एक सूचना जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending