जनकपुरधाम । कृष्णप्रसाद यादव आज मधेश प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । सत्ता समीकरण फेरिएपछि राजनीतिक तनाव बढेका बेला दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।
यसअघि जनमत पार्टीले वैशाख २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव दबाबमा परेका थिए । त्यसपछि जेठ १ गते नै विश्वासको मत लिने तयारी गरिएको थियो । तर आफ्नै दल नेपाली कांग्रेस भित्र असन्तुष्टि बढ्नुका साथै जनता समाजवादी पार्टी नेपाल ले समर्थनबारे निर्णय नगर्दा यादव पछि हटेका थिए ।
तर अहिले परिस्थिति पूरै फेरिएको छ । विश्वासको मत लिनुअघि नै मधेशको सत्ता समीकरण उल्टिएको छ । यादवले जसपा नेपाललाई सरकारबाट बाहिर निकाल्दै नेकपा एमाले लाई सरकारमा भित्र्याएका छन् ।
मुख्यमन्त्री यादवले जसपा नेपालका तीन मन्त्रीलाई बर्खास्त गर्दै एमालेका मोहम्मद समिर लाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् ।
बर्खास्त हुनेमा जसपाका भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा र श्रम तथा यातायात मन्त्री मनिष सुमन रहेका छन् । यसअघि नै जनमत पार्टीका अर्थमन्त्री महेशप्रसाद यादव र खेलकुद तथा समाज कल्याणमन्त्री बसन्त कुशवाहा ले राजीनामा दिएका थिए ।
नयाँ समीकरणसँगै अब मधेशमा कांग्रेस, एमाले र नेपाल कम्युनिष्ट पार्टी को गठबन्धन बनेको छ । १०७ सदस्यीय प्रदेशसभामा सरकार जोगाउन ५४ मत आवश्यक पर्छ भने नयाँ गठबन्धनसँग ६१ सांसदको समर्थन रहेको दाबी गरिएको छ ।
राजनीतिक अंकगणित हेर्दा मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना बलियो देखिए पनि मधेशको राजनीति फेरि कति दिन स्थिर रहन्छ भन्ने प्रश्न भने अझै बाँकी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ४ गते, २०८३ - ०९:२६
काठमाडौं । स्पेनले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेसँगै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रतियोगिताका उत्कृष्ट खेलाडी र टोलीलाई प्रदान गर...
श्रावण ४ गते, २०८३ - ०९:२२
जनकपुरधाम । मधेशका गाउँबस्तीमा वर्षा सुरु भएसँगै बालबालिकाका लागि अर्को अदृश्य खतरा पनि सक्रिय हुन्छ—पानीले भरिएका खाल्डाखुल्डी। इँटा उद्योगले माटो नि...
श्रावण ४ गते, २०८३ - ०९:१२
इलाम । पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य अन्तु पछिल्ला दिनमा अव्यवस्थित र विवादित बन्दै गएको छ। पर्यटकको बढ्दो आकर्षणसँगै होटल, होमस्टे र कटेजको ...
श्रावण ४ गते, २०८३ - ०९:०९
बारा । बाराको सुवर्ण गाउँपालिका–७ चौरहियामा धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा महागढीमाई नगरपालिका–९ ...
श्रावण ४ गते, २०८३ - ०८:५७
बेनी (म्याग्दी) । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको विकासका लागि सडक र स्वास्थ्य पूर्वाधारलाई प्राथमिकतामा राखेर काम अघि ...
श्रावण ४ गते, २०८३ - ०८:५१
जनकपुरधाम । मधेस प्रदेश सरकारमा साउन १५ भित्र मन्त्रिपरिषद् पुनर्गठन हुने संकेत देखिएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल ...
श्रावण ४ गते, २०८३ - ०८:४७
काठमाडौं । लगातारको वर्षापछि चितवनको फिस्लिङ र धादिङको जवाङ खोलामा पहिरो खसेपछि पृथ्वी राजमार्ग प्रभावित भएको छ। सडक अवरुद्ध भएपछि काठमाडौं–धादिङ सीमा...
श्रावण ४ गते, २०८३ - ०८:३६
काठमाडौं । काठमाडौं उपत्यकामा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले पछिल्लो २४ घण्टामा ७० जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका प...
श्रावण ४ गते, २०८३ - ०८:३०
दाङ । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित एक सामुदायिक वनमा विश्वकै सबैभन्दा लामो विषालु सर्प राज गोमन (किङ कोब्रा) को दुर्लभ गुँड फेला परेको छ। नेपा...
श्रावण ४ गते, २०८३ - ०८:२३
काठमाडौं । नदी किनारका सुकुम्बासी बस्ती बाढीको उच्च जोखिममा रहेको भन्दै सरकारले केही महिनाअघि काठमाडौंका विभिन्न स्थानमा डोजर चलाएर हजारौं परिवारलाई व...



प्रतिकृया लेख्नुहोस्: