पोखरा । नेपाली कांग्रेस भित्रको संस्थापन इतर समूहले शनिबार पोखरामा प्रदेशस्तरीय बृहत् भेला गर्ने भएको छ । गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट नेता–कार्यकर्तालाई उतारेर शक्ति प्रदर्शन गर्ने तयारी भइरहेका बेला कांग्रेसभित्र नयाँ तरंग पैदा भएको छ ।
कांग्रेस गण्डकीका उपसभापति मेखलाल श्रेष्ठ का अनुसार पोखराको न्यूरोडस्थित दीपसागर होटलमा हुने भेलामा प्रदेश समिति, जिल्ला सभापति, क्षेत्रीय सभापति, नगर सभापति, महासमिति सदस्यदेखि पूर्व केन्द्रीय सदस्यसम्मलाई बोलाइएको छ ।
भेलाको समय पनि अर्थपूर्ण मानिएको छ । एकातिर शेरबहादुर देउवा पक्षले अनामनगरमा छुट्टै सम्पर्क कार्यालय खोलेको छ, अर्कोतर्फ पार्टीको नाम र चुनाव चिन्ह परिवर्तनसम्मको चर्चा बाहिरिएको छ । यहीबीच संस्थापन इतर समूह पोखरामा भेला हुन लागेपछि कांग्रेस विभाजनको अड्कलबाजी झन् चुलिएको छ ।
तर आयोजक पक्ष भने विभाजनको हल्ला अस्वीकार गरिरहेको छ । श्रेष्ठले “पार्टी विभाजन कुनै हालतमा हुँदैन” भन्दै अहिलेको भेला “कांग्रेसको बृहत्तर एकता र १५औँ महाधिवेशनको रणनीति” का लागि भएको दाबी गरेका छन् ।
विशेष महाधिवेशनपछि गगन थापा सभापति बनेयता देउवा समूह समानान्तर गतिविधिमा सक्रिय देखिएको छ । यही कारण कांग्रेसभित्र अहिले “नेतृत्वको संघर्ष” सतहमा देखिन थालेको टिप्पणी हुन थालेको छ ।
पूर्व केन्द्रीय सदस्य पुष्प अधिकारी ले कांग्रेसभित्र विचारको प्रतिस्पर्धा हराउँदै गएको भन्दै त्यसलाई पुनर्जीवित गर्न भेला आवश्यक परेको बताएका छन् । उनका अनुसार अहिले पार्टीभित्र वैचारिक बहस कमजोर बन्दै गएको छ ।
त्यस्तै, पूर्व केन्द्रीय सदस्य गुरु बराल ले क्रियाशील सदस्यता नवीकरण प्रक्रियामै प्रश्न उठाएका छन् । उनले अहिलेको नेतृत्वले सदस्यता अद्यावधिक प्रक्रिया व्यवस्थित गर्न नसकेको र नेतृत्वबीच सहमति अभाव हुँदा विवाद बढेको आरोप लगाए ।
संस्थापन इतर समूहको यो भेला केवल “विचार मन्थन” हो कि आगामी महाधिवेशन लक्षित शक्ति प्रदर्शन — कांग्रेस वृत्तमा अहिले यही प्रश्न चर्चामा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ८ गते, २०८३ - ०९:२३
काठमाडौं । नेपाली राजनीतिमा पछिल्ला केही वर्षयता एउटा नयाँ शैली उदाएको छ । परम्परागत दल र नेताप्रति तीव्र आक्रोश, सामाजिक सञ्जालमार्फत सीधा जनतासँग सं...
जेष्ठ ८ गते, २०८३ - ०९:१३
रामेछाप । भूकम्पपछि गाउँमा स्वास्थ्य सेवा सहज बनाउने भन्दै सुरु गरिएको स्वास्थ्य चौकी निर्माण अहिले आफैं बिरामीजस्तै बनेको छ । रामेछापको उमाकुण्ड गाउँ...
जेष्ठ ८ गते, २०८३ - ०९:१२
रुपन्देही । लुम्बिनी प्रदेशसभामा आजदेखि सरकारको विनियोजन विधेयक २०८३ का सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने भएको छ । प्रदेशसभाको आज दिउँसो २ः०० बज...
जेष्ठ ८ गते, २०८३ - ०९:०९
काठमाडौं । संघीय संसद्अन्तर्गत आज एकैदिन १० वटा संसदीय समितिको बैठक बस्दैछन् । बजेटदेखि सुशासन, मानव अधिकारदेखि युद्धको असर, सञ्चारदेखि सामाजिक सुरक्ष...
जेष्ठ ८ गते, २०८३ - ०९:०७
जनकपुरधाम । कृष्णप्रसाद यादव आज मधेश प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । सत्ता समीकरण फेरिएपछि राजनीतिक तनाव बढेका बेला दिउँसो १ बजे प्रदेशसभा बैठक ...
जेष्ठ ८ गते, २०८३ - ०९:०२
काठमाडौं । जेठ लागेसँगै तरकारी तथा फलफूल बजारको भाउ फेरि उकालो लागेको छ । कालिमाटीमा संकलित दैनिक थोक मूल्यअनुसार सामान्य तरकारीदेखि फलफूल र च्याउसम्म...
जेष्ठ ८ गते, २०८३ - ०८:५६
मुस्ताङ । छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकको सहज पदयात्राका लागि राष्ट्रिय प्रकृति संरक्षण क...
जेष्ठ ८ गते, २०८३ - ०८:५३
म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय नभएर तरकारीको बीउ किन्न नसकेका बेनी नगरपालिका–२ खबराका ५० वर्षीय सोवित शर्माको जीवनमा माटोसँगको मित्रताले नाम, द...
जेष्ठ ८ गते, २०८३ - ०८:४८
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज शंखमुल फिडर अन्तर्गतका क्षेत्रमा दिउँसो चार घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । एक सूचना जार...



प्रतिकृया लेख्नुहोस्: