काठमाडौं । सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधन दर्तामा पूर्ण रोक लगाएको छ । अब अर्को सूचना नआएसम्म बस, माइक्रो, टेम्पोदेखि अन्य सार्वजनिक सवारीहरू नयाँ रूपमा दर्ता गर्न पाइने छैन ।
यातायात व्यवस्था विभागले सातै प्रदेश सरकार र देशभरका स्थानीय तहलाई पत्र पठाउँदै नयाँ सार्वजनिक सवारी दर्ता तत्काल रोक्न निर्देशन दिएको हो । सरकारले यो निर्णयलाई ‘वैज्ञानिक यातायात व्यवस्थापन’ को नाम दिएको भए पनि यसको प्रत्यक्ष असर भने यातायात व्यवसायी, लगानीकर्ता र रोजगारी खोजिरहेका चालक–सहचालकहरूमाथि पर्ने देखिएको छ ।
विभागका अनुसार देशभर सवारीको संख्या अनियन्त्रित रूपमा बढ्दा सडकमा ट्राफिक जाम असह्य बनेको, वायु प्रदूषण खतरनाक स्तरमा पुगेको र सार्वजनिक यातायात प्रणाली अस्तव्यस्त भएको निष्कर्ष निकालिएको छ । त्यसैमाथि महँगो इन्धनले यातायात क्षेत्र झन् थलिएको भन्दै सरकारले नयाँ सवारी थप्नुभन्दा पुरानै संरचना व्यवस्थापन गर्नुपर्ने तर्क अघि सारेको छ ।
सरकारले ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ उपदफा (३) प्रयोग गर्दै यो कदम चालेको हो । उक्त व्यवस्थाअनुसार वातावरण, सडकको अवस्था, सवारी चाप र सार्वजनिक हितलाई आधार बनाएर विभागले कुनै पनि सवारी साधनको दर्ता रोक्न सक्ने अधिकार राख्छ ।
रोचक कुरा के भने, प्रदूषण नियन्त्रणको तर्क गर्दै ल्याइएको यो निर्णय विद्युतीय सार्वजनिक सवारी (ईभी) मा समेत लागू गरिएको छ । अर्थात् धुवाँ नफाल्ने विद्युतीय बस र टेम्पोले पनि अब नयाँ दर्ता पाउने छैनन् ।
सरकारको निर्णयपछि यातायात क्षेत्रमा नयाँ बहस सुरु भएको छ— समस्या सवारी धेरै भएर हो कि सडक र व्यवस्थापन कमजोर भएर ?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ८ गते, २०८३ - ०९:२३
काठमाडौं । नेपाली राजनीतिमा पछिल्ला केही वर्षयता एउटा नयाँ शैली उदाएको छ । परम्परागत दल र नेताप्रति तीव्र आक्रोश, सामाजिक सञ्जालमार्फत सीधा जनतासँग सं...
जेष्ठ ८ गते, २०८३ - ०९:१३
रामेछाप । भूकम्पपछि गाउँमा स्वास्थ्य सेवा सहज बनाउने भन्दै सुरु गरिएको स्वास्थ्य चौकी निर्माण अहिले आफैं बिरामीजस्तै बनेको छ । रामेछापको उमाकुण्ड गाउँ...
जेष्ठ ८ गते, २०८३ - ०९:१२
रुपन्देही । लुम्बिनी प्रदेशसभामा आजदेखि सरकारको विनियोजन विधेयक २०८३ का सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने भएको छ । प्रदेशसभाको आज दिउँसो २ः०० बज...
जेष्ठ ८ गते, २०८३ - ०९:०९
काठमाडौं । संघीय संसद्अन्तर्गत आज एकैदिन १० वटा संसदीय समितिको बैठक बस्दैछन् । बजेटदेखि सुशासन, मानव अधिकारदेखि युद्धको असर, सञ्चारदेखि सामाजिक सुरक्ष...
जेष्ठ ८ गते, २०८३ - ०९:०७
जनकपुरधाम । कृष्णप्रसाद यादव आज मधेश प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । सत्ता समीकरण फेरिएपछि राजनीतिक तनाव बढेका बेला दिउँसो १ बजे प्रदेशसभा बैठक ...
जेष्ठ ८ गते, २०८३ - ०९:०२
काठमाडौं । जेठ लागेसँगै तरकारी तथा फलफूल बजारको भाउ फेरि उकालो लागेको छ । कालिमाटीमा संकलित दैनिक थोक मूल्यअनुसार सामान्य तरकारीदेखि फलफूल र च्याउसम्म...
जेष्ठ ८ गते, २०८३ - ०८:५६
मुस्ताङ । छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकको सहज पदयात्राका लागि राष्ट्रिय प्रकृति संरक्षण क...
जेष्ठ ८ गते, २०८३ - ०८:५३
म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय नभएर तरकारीको बीउ किन्न नसकेका बेनी नगरपालिका–२ खबराका ५० वर्षीय सोवित शर्माको जीवनमा माटोसँगको मित्रताले नाम, द...
जेष्ठ ८ गते, २०८३ - ०८:४८
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज शंखमुल फिडर अन्तर्गतका क्षेत्रमा दिउँसो चार घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । एक सूचना जार...



प्रतिकृया लेख्नुहोस्: