Khabar Dabali ४ श्रावण २०८३ सोमबार | 20th July, 2026 Mon
Investment bank

सर्लाहीमा इँटा उद्योगमा पुरिएर तीन मजदुरको मृत्यु

खबरडबली संवाददाता

सर्लाही। इँटा भट्टा भित्रबाट पोलेको इँटा बाहिर निकाल्ने क्रममा इँटाको चाङ ढलेर थिच्दा तीन मजदुरको मृत्यु भएको छ । इँटा उद्योगमा शुक्रबार दिउँसो दुई नेपाली र एक भारतीय मजदुरको मृत्यु भएको हो । 

सर्लाहीको गोडैता नगरपालिका–७, रामवनका ५० वर्षीय फिताइ मन्सुर, गोडैता नगरपालिका–९ का ३५ वर्षीय शम्भु राउत र भारत लखेमपुरका ३५ वर्षीय अङ्गद कुमारको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ । सर्लाही इँटा व्यवसायी सङ्घका अध्यक्ष जगर्नाथ रायले सर्लाहीमा पहिलो पटक यस प्रकारको दु:खद घटना भएको बताए। व्यवसायी वीरेन्द्र चौधरीले हरिपुर नगरपालिका–५, मजुर्वामा सञ्चालन गरेको कृष्ण इँटा उद्योगमा मजदुरको मृत्यु भएको हो ।  कौडेना गाउँपालिका निवासी चौधरीले मजुर्वामा लामो समयदेखि इँटा उद्योग सञ्चालन गर्दै आएको थिए। 

यो वर्ष बारम्बारको बेमौसमी वर्षाले क्षति बेहोरिरहेका सर्लाहीका इँटा उद्योगीले पुन: अर्को ठुलो क्षति बेहोर्नु परेको छ । यो वर्ष अनेपक्षित रूपमा बेमौसमी वर्षा भएर काँचो इँटा नष्ट गर्दा करोडौँ क्षति बेहोरिरहेका व्यवसायीलाई यो घटनापछि झनै निराश बनाएको रायले बताए। घटनास्थलको प्रकृति हेर्दा चर्को घाम लाग्ने र बेलाबेलामा पानी पर्ने भइरहेकाले इँटा भट्टाभित्र अचानक ग्यास बनेर विस्फोट हुँदा थुपारिएको इँटाको चाङ लडेको इँटा व्यवसायी सङ्घका अध्यक्ष रायको भनाइ छ । 

उनले मृतकको परिवारलाई नियम अनुसार क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । उनले भने, “मृतक मजदुरको परिवारलाई राज्यको नियम अनुसार क्षतिपूर्ति दिन र पीडित व्यवसायीलाई भरथेक गर्न समन्वय गरिरहेका छौँ ।” 

पोलेको इँटा धमाधम बाहिर निकाल्ने क्रममा इँटाको चाङ ढलेको समय मजदुर भाग्न नपाएको हुन सक्ने अध्यक्ष रायको भनाइ छ । प्रहरी र इँटा व्यवसायी सङ्घले मृतकको शव परिवारलाई बुझाउन समन्वय गरिरहेका छन् । इँटा उद्योगी चौधरी भने घटनापछि सम्पर्कमा आएको छैन । 

इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शिव कटेलले इँटा व्यवसायी सङ्घमार्फत नै आफूहरूले पनि मृतकको परिवारसँग समन्वय गरिरहेको जानकारी दिए। उनका अनुसार दुर्घटनामा घाइते भएका दुई जनामध्ये एक जनाको जनकपुरमा उपचार भइरहेको छ भने एक जना डिस्चार्ज भइसकेका छन् । तीन मजदुरको मृत्यु भएपछि उद्योगपरिसरमा सन्नाटा छाएको छ ।    

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा समूहका पाँच सर्तबारे कांग्रेस संस्थापन मौन, सहमतिका लागि संवाद जारी: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र एकता कायम राख्न नेतृत्व तहमा निरन्तर संवाद भइरहेको बताएका छन्। तर, निवर्तमान सभा...

पुँजी बजारका समस्या समाधान गर्न प्रधानमन्त्री शाहको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पुँजी बजार र धितोपत्र व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ...

बाजुरामा जिप दुर्घटना, चालकसहित ९ जना घाइते

काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। प्रहरीका अनुसार हिमाली गाउँपालिका–५, क्युडीस्थित कुवाडी–क...

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, कम गुणस्तर र गैर–खाद्य पदार्थ मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्यवस्तुको बिक्री नग...

पाँचथरको फालेलुङमा भिषण पहिरो, जोरपोखरी–एकतिन–मेमेङ सडक पूर्ण रूपमा अवरुद्ध

फिदिम। पाँचथरको फालेलुङ गाउँपालिका–२ एकतिन स्थित जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा भीषण पहिरो गएको छ । पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । ...

पछिल्लो २४ घण्टामा विपद्का ६२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर विपद्जन्य ६२ वटा घटना भएका छन् । सो अवधिमा मुलुकका विभि...

बुधबारदेखि वर्षा कम हुने

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश: कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न...

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

चितवन। दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै बस्न थालेको छ । ध्रुर्वे जङ्गली हात्ती हो । यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ ।  हात्तीले ग...

विराटनगर भन्सार : निर्यातमा प्रशोधित भटमास तेलको बर्चस्व, १ अर्ब ४० करोडको जुत्ता निर्यात

विराटनगर। विराटनगर भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापारमा प्रशोधित भटमासको तेल सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा पहिलो स्थान रहेको छ ।  ...

सेयर बजारमा निरन्तर उछाल, नेप्से २७१९ अंकमा पुग्यो

काठमाडौं । नेपाली सेयर बजारले वृद्धिको लयलाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्दै २७१९ अंकमा पुगेको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending