काठमाडौं । यस वर्ष चैत–वैशाखमै लगातार पानी पर्दा धेरैले मनसुन सुरु भइसक्यो जस्तो अनुभव गरे । सामान्यतया अत्यधिक गर्मी हुने समयमा वर्षा, असिना र हिउँसमेत परेपछि मौसम अस्वाभाविक बनेको हो ।
मौसमविद्का अनुसार यसपटक सक्रिय पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण प्रिमनसुन अवधि असाध्यै सक्रिय बनेको छ । यही कारण काठमाडौंसहित देशका धेरै ठाउँमा सामान्यभन्दा धेरै वर्षा भएको हो ।
तथ्यांकअनुसार काठमाडौंमा प्रिमनसुनमा औसत १०० मिलिमिटर पानी पर्ने भए पनि यस वर्ष वैशाखमै २३० मिलिमिटरभन्दा बढी वर्षा भइसकेको छ । यो सामान्यभन्दा झन्डै तीन गुणा बढी हो ।
लगातार बादल लाग्ने, घाम नलाग्ने र बेलाबेला पानी पर्ने अवस्थाले गर्मीयाममै चिसोपन बढेको मौसमविद बताउँछन् । तर अहिलेको वर्षाले तत्काल राहत दिए पनि आगामी मनसुनलाई लिएर भने चिन्ता बढेको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसुनमा सरदरभन्दा कम वर्षा र बढी गर्मी हुने पूर्वानुमान गरेको छ ।
विशेषगरी एलनिनो प्रभावका कारण दक्षिण एशियामा खडेरीको जोखिम बढ्न सक्ने मौसमविदहरूको चेतावनी छ ।
विज्ञहरूका अनुसार मनसुन अवधिमा कतै लामो सुक्खा र कतै छोटो समयमा अत्यधिक वर्षा हुने “अस्थिर मौसम” को जोखिम बढ्दो छ ।
लगातारको प्रिमनसुन वर्षाले वन डढेलो कम भए पनि किसानले बाली भित्र्याउन समस्या भोगेका छन् । कतिपय ठाउँमा असिना र हावाहुरीले मकै, केरा र तरकारी बालीमा क्षति पुगेको छ ।
मौसमविदहरूले अबको केही महिना मौसम अझ अनिश्चित हुन सक्ने भन्दै बाढी, पहिरो, खडेरी र अत्यधिक गर्मी सबै जोखिमप्रति सतर्क रहन आग्रह गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - ०९:०३
काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...
जेष्ठ ३ गते, २०८३ - ०९:००
काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...
जेष्ठ ३ गते, २०८३ - ०८:५७
काठमाडौं । वर्षायाम सुरु भएसँगै कैलाश मानसरोवर दर्शनका लागि जाने भारतीय धार्मिक पर्यटकको चहलपहल सिमकोट मा बढ्न थालेको छ । नेपालगन्ज–सिमकोट–हिल्सा म...
जेष्ठ ३ गते, २०८३ - ०८:५५
काभ्रेपलान्चोक । महाभारत गाउँपालिका–६ का ७१ परिवारलाई ६ हजार ८०० कफीको बिरुवा वितरण गरिएको छ । ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ नारालाई...
जेष्ठ ३ गते, २०८३ - ०८:५२
दाङ । दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । साथै उनीहरू बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर ...
जेष्ठ ३ गते, २०८३ - ०८:५०
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसर...
जेष्ठ ३ गते, २०८३ - ०८:४७
काठमाडौं । यस वर्ष चैत–वैशाखमै लगातार पानी पर्दा धेरैले मनसुन सुरु भइसक्यो जस्तो अनुभव गरे । सामान्यतया अत्यधिक गर्मी हुने समयमा वर्षा, असिना र हिउँसम...
जेष्ठ ३ गते, २०८३ - ०८:४६
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख १७ हजार रुपैयाँ राजस्व दाखिला ...
जेष्ठ ३ गते, २०८३ - ०८:३९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले जननेता मदन भण्डारी लाई सम्झँदा एउटा नेता वा मित्र गुमाएको मात्रै होइन, “युगद्रष्टा सहयोद्धा गुमाएको...
जेष्ठ ३ गते, २०८३ - ०८:३७
काठमाडौं । भारतले चिनी निर्यातमा रोक लगाएपछि नेपाली बजारमा अभाव र मूल्यवृद्धिको चिन्ता बढिरहेका बेला सरकारले भने तत्काल आत्तिनुपर्ने अवस्था नरहेको दाब...



प्रतिकृया लेख्नुहोस्: