Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

कीर्तिपुरमा गोली चल्याे, एकजना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंको ककिर्तिपुुरमा प्रहरीले गोली चलाएर हत्या अभियोगका मुख्य आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विपिन घिमिरे हत्या प्रकरणमा संलग्न मुख्य अभियुक्त सुजन साहीलाई नियन्त्रणमा लिन खोज्दा गोली प्रहार गरिएको हो ।

प्रहरीले उनलाई घुँडामुनि गोली हानेर नियन्त्रणमा लिएको जनाएको छ । पक्राउका क्रममा अभियुक्तले भाग्न खोजेपछि बाध्य भएर गोली चलाउनुपरेको प्रहरी स्रोतको दाबी छ ।

गोली लागेर घाइते भएका शाहीलाई उपचारका लागि अस्पताल पठाइएको छ । उनको अवस्था नियन्त्रणमा रहेको बताइएको छ ।

विपिन घिमीरे हत्या प्रकरण यतिबेला काठमाडौं उपत्यकामा चर्चाको विषय बनेको छ । यसअघि पनि प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिसकेको थियो ।

मुख्य अभियुक्त पक्राउ परेसँगै प्रहरीले अब घटनाको योजनादेखि संलग्न समूहसम्मको विस्तृत अनुसन्धान अघि बढाउने जनाएको छ । घटनापछि कीर्तिपुर क्षेत्रमा केही समय तनावको अवस्था बनेको थियो । गोली चलेको खबर फैलिएपछि स्थानीयहरू घटनास्थल वरपर भेला भएका थिए ।

प्रहरीले भने “अभियुक्तलाई नियन्त्रणमा लिन न्यूनतम बल प्रयोग गरिएको” दाबी गरेको छ । अब घटनाबारे थप विवरण सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ ।

काठमाडौं- कीर्तिपुरमा गोली चलेको छ । प्रहरीले कीर्तिपुरमा गोली चलाएर हत्याका अभियुक्तलाई नियन्त्रणमा लिएको हो । प्रहरीले विपिन घिमिरे हत्याकाण्डका मुख्य अभियुक्त सुजन शाहीको घुँडामुनी गोली प्रहर गरी नियन्त्रणमा लिएको हो ।

गोली प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि पठाइएको छ । यसअघि प्रहरीले विपिन घिमिरे हत्याकाण्डमा तीन जनालाई नियन्त्रणमा लिएको थियो ।ख

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

तुलसीपुरमा खानेपानी संकट : धारामा पानी नआएपछि ट्यांकरबाट वितरण

दाङ । तुलसीपुरमा खानेपानीको चरम अभाव भएपछि खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रभावित क्षेत्रमा ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ। केही दिनदेख...

धान दिवसमा भीष्मराज आङदेम्बेको आह्वान : कृषिलाई सम्मानित र आत्मनिर्भर बनाऔँ

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ...

खुम्चियो, ‘रक्तिम’को स्वर अझै बुलन्द

रुपन्देही । राजनीतिक उतारचढाव, विभाजन र संगठनात्मक संकुचनका कारण राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)को प्रभाव पहिलेको जस्तो व्यापक नरहे पनि त्यससँग जोडि...

राष्ट्रपतिको आह्वान : बाँझो जमिन नराखौं, कृषिलाई आधुनिक र व्यावसायिक बनाऔँ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन...

सरकारी विद्यालयको पीडा : एउटै कोठामा तीन कक्षा, शौचालय र खानेपानीसमेत छैन

मुगु । दुर्गम जिल्ला मुगुको सोरु गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षाकोठाको अभावले विद्यार्थी संयुक्त कक्षामा पढ्न बाध्य छन्। ए...

धनकुटाबाट सुरु भयो ६० करोड बिरुवा रोप्ने राष्ट्रिय अभियान

धनकुटा । नेपाललाई हराभरा बनाउने दीर्घकालीन लक्ष्यसहित सरकारले अघि सारेको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को औपचारिक शुभारम्भ आइतबार धनकुटाको सहिदभूमि ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending