Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

रोकिएन तस्करी दैनिक भित्रिन्छन् अवैध सामान

खबरडबली संवाददाता

भैरहवा। रुपन्देहीको सीमानाकाबाट हुने तस्करीको जालो अझै रोकिन सकेको छैन । प्रहरीले दैनिक जसो तस्करीका अवैध सामान बरामद गर्दै आएको छ ।

भारतसँग खुला सीमा जोडिएको रुपन्देहीमा अवैध चोरीपैठारी तथा भन्सार छलीका गतिविधि बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले निगरानी कडा बनाएको छ । यही क्रममा प्रहरीले जिल्लाका विभिन्न स्थानमा चेकजाँचलाई तीव्रता दिँदै एक सातामा दुई करोड रुपियाँभन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार र मङ्गलबार मात्रै जिल्लाका विभिन्न नाका, बजार क्षेत्र तथा सीमावर्ती गाउँमा गरिएको विशेष चेकजाँचमा भन्सार छली गरी नेपाल भित्र्याइएका करिब २७ लाख रुपियाँ बराबरका सामान बरामद गरिएको हो । बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय बेलहिया तथा भन्सार कार्यालय बेलहियामा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले सिद्धार्थनगर, मायादेवी, रोहिणी, सियारी, गडाहवा, कोटहीमाई तथा बुटवल क्षेत्रबाट कपडा, कस्मेटिक सामग्री, किराना सामान, ब्रोइलर कुखुरा, केरालगायत दैनिक उपभोग्य वस्तु नियन्त्रणमा लिएको छ । सीमावर्ती क्षेत्रमा साना साना समूहमार्फत सामान ओसारपसार गर्ने प्रवृत्ति बढ्दै गएको प्रहरीको निष्कर्ष छ ।

सबैभन्दा बढी मूल्यको सामान रोहिणी गाउँपालिका–७, टिकर क्षेत्रबाट बरामद भएको प्रहरीले जनाएको छ । उक्त स्थानबाट करिब पाँच लाख ९५ हजार रुपियाँ बराबरका माला, कानबाली, टप, हार, ब्रासलेट तथा प्याकिङ प्लास्टिक बरामद गरिएको छ । त्यसै गरी मेउडिहवा क्षेत्रबाट दुई लाखभन्दा बढी मूल्यका कस्मेटिक सामग्री, केरालगायत दैनिक उपभोग्य सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले कपडा तथा फेन्सी सामग्रीको अवैध आयात अत्यधिक रहेको जनाएको छ । सिद्धार्थनगरका विभिन्न स्थानबाट लेडिज सुट, साडी, कुर्ता, टिसर्ट, लुङ्गी, स्यान्डल, कस्मेटिक सामग्री र सजावटका सामान बरामद गरिएको छ । कतिपय सामान मोटरसाइकल प्रयोग गरी सीमाबाट भित्र्याइएको पाइएको प्रहरीको भनाइ छ ।

मायादेवी गाउँपालिका र सियारी क्षेत्रमा भने मोटरसाइकलमा राखेर ल्याइँदै गरेका ब्रोइलर कुखुरा नियन्त्रणमा लिइएको छ । प्रहरीले दुई वटा मोटरसाइकलसहित दर्जनौँ ब्रोइलर कुखुरा बरामद गरेको जनाएको छ । खुला सीमाको फाइदा उठाउँदै पशुजन्य वस्तु अवैध रूपमा भित्र्याउने क्रम बढेको भन्दै प्रहरीले यसले स्वास्थ्य तथा राजस्व दुवै क्षेत्रमा असर पार्ने जनाएको छ ।   

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रेबिज खोप अभावको कारण जुम्लाकी ८ वर्षीया बालिकाको मृत्यु

जुम्ला। तातोपानी गाउँपालिका–१ राँकाकी ८ वर्षीया समिता कामीको रेबिज विरुद्धको खोप समयमै नपाउँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आ...

प्रधानमन्त्री बालेनलाई विश्वप्रकाशको आग्रह: मन्त्रीहरूको बोलीमा नियन्त्रण गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन प्रधानमन्त्री बालेन्द्र शाह लाई आग्र...

सुस्ता समस्या समाधानको पहल, सुस्तावासीसँग छलफल

पश्चिम नवलपरासी। एक साताअघि भारतीय सशस्त्र सिमा बल(एसएसबी) को टोली हतियारसहित पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरेको विषयलाई लिएर सम...

मधेश प्रदेशले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट

जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सो...

ढिलासुस्तीमा नागरिकलाई क्षतिपूर्ति दिने मधेस सरकारको घोषणा

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीका कारण सेवाग्राहीलाई क्षतिपूर्ति दिने व्यवस्था लागू गर्ने जनाएको छ। आर्थिक वर्ष २०८३...

मधेस प्रदेशका कर्मचारीको तलब १० प्रतिशतले बढ्ने

काठमाडौँ । मधेस प्रदेश सरकारले प्रदेशमा कार्यरत कर्मचारीको तलब १० प्रतिशतले बढाउने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत सरकारले उक्त निर...

प्रतिनिधिसभामा सार्वजनिक शिक्षा सुधारका लागि बजेट बढाउन माग

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षा क्षेत्रको बजेट बढाउन माग गरेको छन् । बैठकमा ‘विनियोजन विधेयक, ...

एमालेलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध गर्न पुनर्गठन आवश्यक : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई नयाँ ढङ्गले अघि बढाउन वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउनु आवश्यक रहेको बताएक...

रास्वपा कर्णाली प्रदेश सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेश सभापति पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ। पार्टी स्रोतका अनुसार वर्तमान सभापति मदन खड...

मन्त्री लम्सालको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे ज्ञानबहादुर शाहीको टिप्पणी: कडा सन्देश हो, हिंसा होइन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले दिएको ‘खुट्टा भाँच्ने’...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending